• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे

    शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खामेनीको अन्त्येष्टिसँगै इरानमा जनलहर, अमेरिका-इजरायलविरुद्ध आक्रोश चुलियो

metakhabar by metakhabar
२१ असार २०८३,
0
खामेनीको अन्त्येष्टिसँगै इरानमा जनलहर, अमेरिका-इजरायलविरुद्ध आक्रोश चुलियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि सुरु भएसँगै राजधानी तेहरानमा लाखौं नागरिकको सहभागिता देखिएको छ। इरानी सञ्चारमाध्यमका अनुसार शनिबारदेखि सुरु भएको ६ दिने अन्त्येष्टि कार्यक्रमको पहिलो दिन नै श्रद्धाञ्जली अर्पण गर्न ठूलो जनसमूह ‘इमाम खुमेनी ग्रान्ड मुसल्ला’ मस्जिदमा भेला भएको थियो।

फेब्रुअरी २८ मा भएको आक्रमणमा ज्यान गुमाएका खामेनी र उनका परिवारका सदस्यहरूको पार्थिव शरीर इरानी राष्ट्रिय झन्डाले ढाकेर सार्वजनिक श्रद्धाञ्जलीका लागि राखिएको थियो। अन्तिम दर्शनका क्रममा उपस्थित सर्वसाधारण भावुक बनेका थिए भने समारोहभरि अमेरिका र इजरायलविरुद्ध चर्का नाराबाजी सुनिएको बताइएको छ।

प्रदर्शनकारीहरूले ‘अमेरिका मुर्दावाद’ र ‘इजरायलमाथि ईश्वरको कहर’ जस्ता नारा लगाउँदै बदलाको माग गरेका पोस्टर प्रदर्शन गरेका थिए। इरानी अधिकारीहरूले यो कार्यक्रम देशकै इतिहासमा सबैभन्दा ठूलो अन्त्येष्टि समारोहमध्ये एक हुन सक्ने बताएका छन्। उनीहरूका अनुसार पूरै कार्यक्रममा करिब १ करोड ५० लाखदेखि २ करोडसम्म मानिस सहभागी हुन सक्ने अनुमान गरिएको छ।

खामेनीको अन्तिम यात्रा जुलाई ६ मा तेहरानबाट सुरु हुने तालिका छ। त्यसपछि पार्थिव शरीरलाई कोम, इराकका नजफ र कर्बला हुँदै अन्ततः जुलाई ९ मा इरानको मशहदस्थित इमाम रजा दरगाह परिसरमा राजकीय सम्मानसहित समाधिस्थ गरिने कार्यक्रम तय गरिएको छ। उक्त दरगाह शिया मुस्लिम समुदायका लागि अत्यन्त पवित्र धार्मिक स्थल मानिन्छ।

यसैबीच, इरानले अमेरिकासँग जारी अप्रत्यक्ष वार्तालाई अस्थायी रूपमा स्थगित गरेको छ। साथै, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आईएईए०का निरीक्षकहरूलाई फोर्डो, नतान्ज र इस्फहानस्थित प्रमुख आणविक केन्द्रहरूको निरीक्षण गर्न अनुमति नदिने निर्णय पनि गरेको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मानवीय आधारमा इरानलाई अन्त्येष्टि सम्पन्न गर्न एक साताको समय दिइएको दाबी गर्दै त्यसपछि अमेरिकी प्रस्तावप्रति इरानले स्पष्ट निर्णय लिनुपर्ने बताएका छन्।

खामेनीको निधनपछि इरानको सुरक्षा र सैन्य रणनीतिमा पनि परिवर्तनको संकेत देखिएको विश्लेषण भइरहेको छ। नयाँ नेतृत्वमा तेहरानले क्षेत्रीय सुरक्षा नीति अझ कडा बनाउन सक्ने अनुमान गरिएको छ। भूराजनीतिक विश्लेषकहरूका अनुसार इरानले विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज जलडमरूमध्यलाई आफ्नो रणनीतिक दबाबको प्रमुख साधनका रूपमा प्रयोग गर्ने संकेत दिएको छ।

इरानको पछिल्लो सन्देशले क्षेत्रीय तनाव अझ बढ्न सक्ने चिन्ता अन्तर्राष्ट्रिय समुदायमा बढाएको छ।

Previous Post

ब्लु बस राज्यकोषबाट सन्चालन कि पार्टीको खल्तीबाट ?

Next Post

साताको सुरुवातमै सुन र चाँदीको भाउ ओरालो, तोलामा कति घट्यो ?

metakhabar

metakhabar

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आर्थिक

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

२२ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता
आर्थिक

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

२२ अशोज २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

२२ अशोज २०८३,
साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
आर्थिक

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

२२ अशोज २०८३,
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
आर्थिक

शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

२२ अशोज २०८३,
चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा
आवाज

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

२२ अशोज २०८३,
Load More
Next Post
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको सुरुवातमै सुन र चाँदीको भाउ ओरालो, तोलामा कति घट्यो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In