• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

metakhabar by metakhabar
१६ असार २०८३,
0
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काँक्रेविहार (सुर्खेत), १६ असारः कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । हालसम्म १२ हजार १५५ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको प्रदेशस्थित कृषि विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायका अनुसार सम्भावित धानखेती हुने क्षेत्रफलको करिब २८ दशमलव १५ प्रतिशतमा रोपाइँ सम्पन्न भइसकेको छ । सबैभन्दा बढी जुम्लामा ९५ प्रतिशत, डोल्पामा ९२ प्रतिशत, हुम्लामा ७५ प्रतिशत र मुगुमा ६८ प्रतिशत रोपाइँ सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

निर्देशक रोकायका अनुसार कालिकोटमा ४८ प्रतिशत, सल्यानमा ४३ प्रतिशत, रुकुम पश्चिममा ३५ प्रतिशत, जाजरकोटमा २० प्रतिशत, दैलेखमा १२ प्रतिशत र सुर्खेतमा छ प्रतिशत मात्र रोपाइँ भएको छ । उहाँले सिँचाइको अभाव तथा मनसुनी वर्षा ढिलो सुरु हुँदा रोपाइँले अपेक्षित गति लिन नसकेको बताउनुभयो ।

असार १५ गते राष्ट्रिय धान दिवस मनाइरहँदा कर्णालीका धान उत्पादनका हिसाबले प्रमुख मानिने जिल्लाहरूमा पर्याप्त वर्षा नहुँदा रोपाइँ कम भएको उहाँको भनाइ छ । माथिल्लो कर्णालीमा उच्च चिसो सहन सक्ने चन्दननाथ–१ र चन्दननाथ–३ तथा केही स्थानीय तहमा कालीमार्सी धानको रोपाइँ हुने गरेको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशका मध्यपहाडी क्षेत्रमा खुमल–४, खुमल–८, खुमल–११, छोमरोङ तथा भित्री क्षेत्रमा राधा–४, राधा–१२, मन्सुली, सावित्री, बिन्धेश्वरी र चैते धानका जातको खेती हुने गरेको निर्देशक रोकायले जानकारी दिनुभयो ।

नेपालमा विसं २०६१ देखि असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार विसं २०६२ असार १५ गतेदेखि यस दिनलाई औपचारिक रूपमा राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो ।

जुम्लामा भने प्रत्येक वर्ष चैत १२ गते ‘मार्सी धान दिवस’ मनाउने गरिन्छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले जुम्लामा परम्परादेखि मनाउँदै आएको ‘बारुवा’ पर्वलाई मान्यता दिँदै चैत १२ गतेलाई आधिकारिक रूपमा धान दिवस मनाउने निर्णय गरेपछि यो परम्परा स्थापित भएको हो ।

नेपालमा ४१ लाख ३१ हजार कृषक परिवारमध्ये २७ लाख ६५ हजार परिवार धानखेतीमा आबद्ध रहेको निर्देशक रोकायले जानकारी दिनुभयो । कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा धानखेती हुने गरेको छ ।

धानबाली समुद्री सतहबाट ६० मिटरदेखि विश्वकै उच्च स्थानमध्ये एक मानिने कर्णालीको जुम्लामा तीन हजार ५० मिटर उचाइसम्म खेती गरिन्छ । नेपालमा आर्थिक वर्ष २०८१÷८२ मा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा ५९ लाख ५५ हजार ४७६ मेट्रिकटन धान उत्पादन भएको थियो । विगत पाँच वर्षमा धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ८० मेट्रिकटनबाट बढेर चार दशमलव १९ मेट्रिकटन पुगेको जनाइएको छ ।

कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८२÷८३ मा कुल ४० हजार ८८४ हेक्टर क्षेत्रफलबाट करिब एक लाख ४७ हजार २५० मेट्रिकटन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ ।

“अन्य प्रदेशको तुलनामा कर्णालीको रोपाइँ विशेष महत्वपूर्ण र फरक छ । माथिल्लो कर्णालीमा हुने मार्सी धान संसारकै अग्लो स्थानमा फल्ने र चिसो सहने जात हो । त्यहाँ रोपाइँ करिब सकिएको छ भने तल्लो जिल्लामा भर्खरै रोपाइँ सुरु भएको छ”, निर्देशक रोकायले भन्नुभयो ।

विश्वव्यापी समस्याका रूपमा रहेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै धानको उत्पादन दिगो र उच्च बनाइराख्नु अहिलेको प्रमुख चुनौती भएको उहाँको भनाइ छ । उहाँले जलवायु अनुकूलित जात तथा जलवायुमैत्री सिँचाइ प्रविधिको विकास र विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

जलवायु अनुकूलित खेती प्रणाली विकासका लागि नेपाल कृषि अनुसन्धान परिषद्ले सुक्खा सहन सक्ने सुक्खा–१, २, ३, ४, ५ र ६ तथा डुबान सहन सक्ने सावा मसुली सब–१ र सेहराङ सब–१, साथै सुक्खा र डुबान दुवै सहन सक्ने बहुगुणी–१ र २ जात विकास गरी किसानस्तरमा प्रवद्र्धन गर्दै आएको निर्देशक रोकायले बताउनुभयो ।

उहाँका अनुसार धानबालीका दुई हजार ५०० भन्दा बढी आनुवंशिक स्रोत राष्ट्रिय जीन बैंकमा सुरक्षित राखी जैविक विविधता संरक्षण, संवद्र्धन तथा जातीय विकासमा प्रयोग गरिएको छ । कालो धान, शुद्धोधन कालानमक, हरियो काउचिन, कालो पात्ले, रातो अनदी, जोरायल बासमती, झिनुवा र एक्ले लगायतका जात दर्ता गरी पोषणयुक्त रैथाने धानको मूल्य शृङ्खला विकास गर्ने प्रयास भइरहेको छ ।

यस्ता रैथाने तथा स्थानीय जातको सूचीकरण गर्न कृषक समूह तथा समुदायलाई प्राविधिक र आर्थिक सहजीकरणसमेत गर्दै आइएको छ । कर्णाली प्रदेशमा धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

उन्नत तथा स्थानीय अनुकूल बीउबिजन वितरण, साना सिँचाइ संरचनाको विस्तार, रासायनिक तथा जैविक मलको उपलब्धता सुनिश्चित, प्रविधि प्रसार तथा कृषक तालिमलाई प्राथमिकता दिइएको छ । साथै, खडेरी सहन सक्ने तथा कम पानीमा उत्पादन हुने धानका जातको प्रवद्र्धन, साना सिँचाइ व्यवस्थापन र वर्षाको पानी सङ्कलनजस्ता जलवायु अनुकूलन प्रविधिलाई समेत प्रोत्साहन गरिँदै आएको निर्देशक रोकायले बताउनुभयो ।

धान अनुसन्धान, उन्नत जातको विकास तथा प्रयोग, मलको उपलब्धता र पहुँच विस्तारजस्ता कार्यक्रममार्फत उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सहकार्य महत्वपूर्ण हुने उहाँको भनाइ छ । कर्णालीका जुम्लाबाहेक अन्य जिल्लामा सोमबार राष्ट्रिय धान दिवस मनाइएको छ ।

Previous Post

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

Next Post

जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

metakhabar

metakhabar

सम्बन्धित खबर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
फिचर-ब्यानर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

१६ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

१६ असार २०८३,
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

१६ असार २०८३,
Load More
Next Post
जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In