• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गमलैगमलाको सहर भक्तपुर

    गमलैगमलाको सहर भक्तपुर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्टभूमिकाका छ जना उम्मेदवार

    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

    मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बुढापाकाले धानेको घुम्ती गोठ

metakhabar by metakhabar
१३ असार २०८३,
0
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी, १३ असारः धवलागिरि गाउँपालिका–१ गुर्जाका ८० वर्षीय नरबहादुर छन्त्यालले ६५ वर्षसम्म घुम्ती गोठमा भैँसीपालन गर्नुभयो । स्वास्थ्यमा समस्या देखिएपछि नरबहादुरले १५ वर्षको किशोराअवस्थाको उमेरदेखि सुरु गरेको घुम्ती गोठमा भैँसीपालन गर्ने पेशालाई बिट मार्ने तयारी गर्नुभएको छ ।

“मेरो बाल्यकालमा गाईंभैँसीको गोठ नहुने घरै हुँदैनथे,” नरबहादुरले भन्नुभयो “अहिले भएका दुई÷चार वटा गोठ पनि हामी वृद्धहरुले छाडेपछि हराउने अवस्था छ ।” पहिले हरेकजसो घरको घुम्ती गोठ हुँदा बुकी क्षेत्रमा चहलपहल हुने भए पनि पछिल्लो समय भने बुकीमा गोठ लैजानेको सङ्ख्या घट्दै गएको छ ।

बुकीका खर्क र पाटन सुनसान हुन थालेका छन् । गोठालाले गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ भने लेकका चरन क्षेत्रलाई बुकी पाटन । खर्कमा रहेका ढुङ्गाको पर्खालमा काठ र निगाला तेर्साएर त्रिपाल र पाल राखेर अस्थायी गोठ बनाइन्छ ।

यस क्षेत्रका किसानले पाल्दै आएको लिमे र पारकोटे जातको भैँसीको आनुवांशिक स्रोत घुम्ती गोठसँगै लोप हुने खतरा बढेको छ । धवलागिरी गाउँपालिका–५ बगरका कृषक किर्तबहादुर घर्तीमगरले जेठमा बेशीबाट उकालो लागेका गोठ साउनमा हिमालको फेदीका बुकी पाटनमा पु¥याउने र असोजमा बेशी झार्ने चलन रहेको बताउनुभयो ।

“बेशीका फाँटमा बर्खेबाली लगाएपछि हप्ता÷दश दिनको अन्तरमा घुम्ती गोठ सार्दै हिमालतिर जान्छौँ,” उहाँले भन्नुभयो “पाँच हजार मिटर उचाइको बुकी पाटनमा बर्खामा पोषिलो घाँस खुवाएर चिसो बढ्न थालेपछि गोठ बेशी झार्ने गर्छौँ ।”

पशुचौपायाको सङ्ख्या घटेपछि बुकी क्षेत्रमा स्थानीयले आलोपालो लगाएर गोठमा बस्न थालेका धवलागिरी गाउँ कार्यपालिकाका प्रवत्ता रहेका वडा नम्बर ३ का वडा अध्यक्ष देवेन्द्र रोकाले बताउनुभयो ।

“दुई दशक अघिसम्म गाउँका सबै घरपरिवार घुम्ती गोठ राखेर गाईंभैँसी, भेडाबाख्रापालन पेसामा आबद्ध थिए,” उहाँले भन्नुभयो “परम्परागत पशुपालन व्यावसायिक बन्न नसकेपछि युवाहरू विदेश पालन हुन थालेका छन् भने घुम्ती गोठको परम्परालाई गाउँका बूढापाकाले मात्र धानेका छन् ।”

वडा अध्यक्ष रोकाका अनुसार हिजोआज गोठमा युवायुवती भेटिन छाडेका छन् । वृद्धवृद्धा अवस्थाका पाका पुस्तामात्र घुम्ती गोठमा भेटिन्छन् । युवायुवतीहरु वैदेशिक रोजगारीमा आकर्षित भएका छन् ।

खेतीपाती, घाँसदाउरा र गोठधन्दाको काम गर्न नयाँ पुस्ता इच्छुक नदेखिएको मुनाका गाईंपालक किसान हर्कबहादुर रोकाले बताउनुभयो । घुम्ती गोठमा गरिने पशुपालन व्यावसायिक नबने पनि खेतीका लागि मल र पुर्खाले गरेको परम्परा धान्नका लागि गोठ राख्ने चलनले निरन्तरता पाएको उहाँको भनाइ छ ।

परिवारको गुजारा खेती किसानी र पशुपालनबाटै चलाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । “गोठमा गाईंभैँसी पाल्नु भनेको दुःखको धन हो, खेतीपाती गर्ने भएपछि मलका लागि पनि पशुपालन गर्नैप¥यो, पशुचौपाया बिक्री गरेर हुने आम्दानी नगन्य हुन्छ,” उहाँले भन्नुभयो “तीन–चार वर्ष पालेपछि मात्रै बहर गोरु बिक्री हुन्छन् ।” भैँसी र बाख्रापालन गर्ने किसानले भने गाईंपालन गर्नेहरूको तुलनामा बढी नगद आम्दानी गर्छन् ।

विसं २०७४ मा गरिएको सर्वेक्षण प्रतिवेदनअनुसार धवलागिरीमा गाईंगोरु छ हजार ७५६, रागाभैँसी दुई हजार ३८३, बाख्रा तीन हजार ६६४, भेडा दुई हजार २८, घोडा २२९ थियो ।

सात वडा रहेको धवलागिरि मा हाल गाईं चार हजार ४११, भैँसी दुई हजार ८४७, बाख्रा पाँच जहार ९८६, भेडा दुई हजार १९५, बङ्गुर ११९, कुखुरा १६ हजार २२६, खरायो ६७०, घोडा खच्चर २६६को सङ्ख्यामा रहेका गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख चन्द्रकला दाहालले बताउनुभयो ।

नयाँ पुस्ता वैदेशिक रोजगारीमा आकर्षित हुँदा जिविकोपार्जन, स्वरोजगार र आयआर्जनको सम्भावना भएपनि दुःख गर्नुपर्ने भएका कारण नयाँ पुस्ताको आकर्षण कम हुँदा घुम्तीगोठसँगै स्थानीय जातका गाईंगोरु सङ्कटमा परेका हुन् ।

Previous Post

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

Next Post

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

metakhabar

metakhabar

सम्बन्धित खबर

गमलैगमलाको सहर भक्तपुर
आर्थिक

गमलैगमलाको सहर भक्तपुर

२१ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

२१ अशोज २०८३,
मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण
आर्थिक

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

२१ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
आवाज

कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्टभूमिकाका छ जना उम्मेदवार

२१ अशोज २०८३,
वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
जीवन शैली

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

२१ अशोज २०८३,
मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने
आवाज

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

२१ अशोज २०८३,
Load More
Next Post
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In