• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

    नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१३ असार २०८३,
0
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ल्हासा, १३ असारः नेपालमा लगानी, व्यापार र पर्यटन विस्तारका अवसर तथा नेपाल–चीन आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा चीनको सिचाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासामा छलफल भएको छ ।

त्यहाँस्थित नेपाली महावाणिज्यदूतावासले हालै आयोजना गरेको कार्यक्रममा चीनको सिचाङ स्वायत्त क्षेत्रीय जन सरकारका कार्यकारी उपाध्यक्ष चाओ पेङ, सिचाङ सरकारका विभिन्न निकायका उच्च अधिकारी, नेपालमा लगानी गरिरहेका तथा लगानी गर्न इच्छुक चिनियाँ लगानीकर्ता, नेपालसँग व्यापारमा संलग्न चिनियाँ व्यवसायी, ल्हासास्थित नेपाली व्यवसायी, पर्यटन व्यवसायी तथा अन्य सरोकारवालासहित ११३ जनाको सहभागिता रहेको थियो ।

महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा वाणिज्यदूत सविन भट्टराईले नेपालको व्यापार, पर्यटन र लगानीका सम्भावनाबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा नेपालका लगानी, व्यापार र पर्यटनका अवसरसम्बन्धी विस्तृत विवरण समावेश गरी तयार पारिएको ‘भिडियो’ देखाइएको थियो ।

महावाणिज्य दूतावासले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रमुख अतिथि चाओ पेङले चीन र नेपालबीचको सम्बन्ध थप सुदृढ बनाउन नेपाली महावाणिज्यदूतावासले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले नेपाल चीनको सच्चा मित्र रहेको उल्लेख गर्दै दुवै देशले एकअर्काको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्दै आएकाधारणा व्यक्त गर्नुभयो ।

उहाँले सिचाङ सरकारले नेपाली महावाणिज्यदूतावासलाई आवश्यक सबै प्रकारका सहयोग उपलब्ध गराउन तयार रहेको बताउँदै हालैको आफ्नो नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ भएको विश्वास व्यक्त गर्नुभयो । नेपाल सुन्दर, शान्तिपूर्ण र चीनको हितैषी मुलुक भएकाले त्यहाँ भ्रमण, व्यवसाय र लगानी गर्न चिनियाँ लगानीकर्तालाई उहाँले आह्वान गर्नुभयो ।

महावाणिज्यदूत निरौलाले चीनको केन्द्रीय सरकार, सिचाङ स्वायत्त क्षेत्रीय सरकार तथा चिनियाँ जनताबाट नेपालले प्राप्त गर्दै आएको सहयोग र सद्भावप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले राजकुमारी भृकुटी र कलाकार अरनिकोको समयदेखि नेपाल–चीन सम्बन्ध विश्वास, मित्रता र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै नेपाल एक चीन सिद्धान्तप्रति दृढ प्रतिबद्ध रहेको र नेपाली भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पार्नुभयो ।

उहाँले नेपालको व्यापार, पर्यटन र लगानीका सम्भावनाबारे चिनियाँ सरकारी निकाय र लगानीकर्तालाई जानकारी गराउँदै द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सहभागीको सङ्ख्या र गुणस्तरका दृष्टिले कार्यक्रम सफल भएको उहाँको भनाइ थियो ।

कार्यक्रमअघि कार्यकारी उपाध्यक्ष पेङ र महावाणिज्यदूत निरौलाबीच शिष्टाचार भेट भएको थियो । भेटमा महावाणिज्यदूत निरौलाले हालै सम्पन्न भएका नेपाल र चीनबीचका उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गर्दै सीमा पूर्वाधार विकास, सीमा नाकामा आयात–निर्यात तथा आवतजावतमा सहजीकरण, सिचाङमा बसोबास गर्ने नेपालीको व्यवसाय र आवतजावतमा सहजता तथा नेपालीलाई भिसा र तिब्बत प्रवेश अनुमतिमा सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।

उहाँले ल्हासास्थित ऐतिहासिक सरस्वती मन्दिर र सिगात्सेस्थित नेपाली भीमसेन मन्दिरको नेपाली शैलीमा जीर्णोद्धारका लागि सहयोगका निम्ति अनुरोध पनि गर्नुभयो ।

जवाफमा कार्यकारी उपाध्यक्ष पेङले नेपाल र सिचाङबीच हिमालय र नदीले जोडिएको सीमा मात्र नभई ऐतिहासिक र सांस्कृतिक सम्बन्ध पनि उत्तिकै बलियो रहेको बताउनुभयो ।

उहाँले सीमा व्यवस्थापनमा आवश्यक सहयोग गर्न चीन तयार रहेको, सरस्वती र भीमसेन मन्दिरको जीर्णोद्धारका लागि पहल गरिने तथा रसुवागढीस्थित सीमा नदीमा पक्की पुल निर्माणका लागि चीन तयार रहेको जानकारी दिनुभएको विज्ञप्तिमा उल्लेख छ ।

Previous Post

पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

Next Post

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

metakhabar

metakhabar

सम्बन्धित खबर

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम
आवाज

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

१३ असार २०८३,
नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?
फिचर-ब्यानर

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

१३ असार २०८३,
नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा
आवाज

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

१३ असार २०८३,
शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी
फिचर-ब्यानर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

१३ असार २०८३,
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
आवाज

पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

१३ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
Load More
Next Post
शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In