• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

metakhabar by metakhabar
१२ असार २०८३,
0
युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युरोपमा यस वर्ष देखिएको रेकर्डस्तरको गर्मीको लहर मानवसिर्जित जलवायु परिवर्तनकै प्रत्यक्ष परिणाम भएको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् । वैज्ञानिकहरूका अनुसार ५० वर्षअघि जुन महिनामा यस्तो अत्यधिक गर्मी आउनु लगभग असम्भव थियो, तर जलवायु परिवर्तनका कारण अहिले यस्ता उष्ण लहरहरू बारम्बार र अझ खतरनाक बन्दै गएका छन् ।

विश्व मौसम एट्रिब्युसन समूहले शुक्रबार सार्वजनिक गरेको अध्ययनमा युरोप, अमेरिका र बेलायतका वैज्ञानिकहरूले हालको उष्ण लहरको विश्लेषण गरेका छन् । अध्ययनअनुसार सन् १९७६ मा यस्तै प्रकारको गर्मीको लहर आएको भए तापक्रम अहिलेको तुलनामा करिब ३.५ डिग्री सेल्सियस कम हुने थियो ।

अध्ययनका प्रमुख लेखक तथा इम्पेरियल कलेज लन्डनका वैज्ञानिक थियोडोर किपिङले वर्तमान तापक्रम वृद्धि जलवायु परिवर्तनबिनाको अवस्थामा सम्भव नहुने बताउनुभयो । उहाँका अनुसार अहिले पृथ्वी पूर्वऔद्योगिक कालको तुलनामा करिब १.४ डिग्री सेल्सियस तातिसकेको छ, जसको मुख्य कारण कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनको अत्यधिक प्रयोग हो ।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले गर्मीको लहर, खडेरी तथा अन्य चरम मौसमी घटनालाई अझ तीव्र र बारम्बार बनाइरहेको छ । त्यसैले तापक्रम वृद्धिलाई सीमित गर्नु विश्व समुदायका लागि अत्यन्त आवश्यक रहेको उनीहरूको भनाइ छ ।

विश्वमै सबैभन्दा तीव्र रूपमा तातिरहेको महाद्वीप युरोपमा यस साता लाखौँ मानिसहरूले अत्यधिक गर्मीको सामना गरेका छन् । केही देशहरूमा तापक्रमले नयाँ कीर्तिमानसमेत कायम गरेको छ ।

विश्व मौसम एट्रिब्युसनका सहसंस्थापक फ्रेडेरिक ओटोले असामान्य मौसम प्रणालीभन्दा पनि मानवसिर्जित तापक्रम वृद्धिले अहिलेको अवस्था सिर्जना गरेको बताउनुभयो । उहाँका अनुसार विगतमा यस्ता तापक्रम अत्यन्त दुर्लभ मानिन्थे ।

वैज्ञानिकहरूले सन् २००३ को विनाशकारी युरोपेली गर्मीको लहरसँग पनि अहिलेको अवस्थाको तुलना गरेका छन् । त्यतिबेला युरोपका विभिन्न देशमा दशौँ हजार मानिसको मृत्यु भएको थियो । अध्ययनअनुसार अहिलेको गर्मी सन् २००३ को तुलनामा पनि अझ बढी चरम देखिएको छ ।

सन् २००३ मा यस्तै घटना घटेको भए तापक्रम करिब २ डिग्री सेल्सियस कम हुने अध्ययनले देखाएको छ । त्यसबेला यति उच्च तापक्रम निकै दुर्लभ हुने र रातिको अत्यधिक गर्मीको सम्भावना पनि अहिलेको तुलनामा धेरै कम हुने वैज्ञानिकहरूले बताएका छन् ।

अध्ययनले पछिल्ला दुई दशकमै तीव्र गर्मीका घटनाहरू दसौँदेखि सयौँ गुणासम्म बढेको देखाएको छ । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तन यसका लागि स्पष्ट रूपमा जिम्मेवार छ ।

एल निनो जस्ता प्राकृतिक मौसमी चक्रले यसपटकको तातो लहरमा महत्त्वपूर्ण भूमिका नखेलेको पनि अध्ययनले उल्लेख गरेको छ ।

फ्रेडेरिक ओटोले अत्यधिक तापक्रम र आद्र्रताको संयोजनबाट उत्पन्न हुने ‘गर्मी तनाव’ लाई विशेष चिन्ताको विषय बताउनुभयो । शरीरको प्राकृतिक शीतलन प्रणाली असफल हुँदा चक्कर लाग्ने, टाउको दुख्ने, अङ्गहरूमा समस्या देखिने र मृत्युसम्म हुन सक्ने खतरा रहने उहाँले बताउनुभयो ।

अध्ययनमा समेटिएका युरोपका करिब ८५० सहरमध्ये झन्डै ४५ प्रतिशतले जुन महिनामा आफ्नो इतिहासकै उच्च गर्मी तनावको रेकर्ड तोडेका छन् वा तोड्ने अवस्थामा पुगेका छन् । यसले अहिलेको गर्मीको लहरलाई विशेष रूपमा खतरनाक र असहज बनाएको वैज्ञानिकहरूको निष्कर्ष छ ।

यसअघि मे महिनामा पनि युरोपको मध्य तथा पश्चिमी क्षेत्रमा असामयिक गर्मीको लहर देखिएको थियो । यस वर्ष युरोपले छोटो अवधिमै दोस्रो पटक तीव्र गर्मीको सामना गरिरहेको छ ।

विश्व मौसम एट्रिब्युसन समूहले भविष्यमा अझ घातक तापक्रम वृद्धि र त्यसका असरबाट बच्न जीवाश्म इन्धनको प्रयोगलाई तीव्र रूपमा घटाउनु अपरिहार्य रहेको जनाएको छ ।

Previous Post

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

Next Post

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

metakhabar

metakhabar

सम्बन्धित खबर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि
फिचर-ब्यानर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

१९ अशोज २०८३,
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
आवाज

किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

१९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

१९ अशोज २०८३,
विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली
समाचार

विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

१९ अशोज २०८३,
लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
समाचार

लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

१९ अशोज २०८३,
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय
फिचर-ब्यानर

भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

१९ अशोज २०८३,
Load More
Next Post

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In