राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल
मेष : दिन राम्रो छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। व्यापार व्यवसायमा फाइदा हुने योग छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।
वृष : आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। स्वास्थ्यमा सम:या देखिन सक्ने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ। व्यापार व्यवसायमा :वदेशमै सम्भावना छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ।
मिथुन : दिन राम्रो छ। बोलीको प्रभावले राम्रा काम बन्नेछन्। राजनीतिक क्षेत्रमा पदोन्नती हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। विदेशी रमझमले आकर्षित गर्नेछ। व्यापारमा लाभ मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।
कर्कट : दिन सामान्य राम्रो छ। शत्रु बढ्ने जोखिम छ। साथीबाटै असहयोग हुनेछ। खर्च बढ्नेछ। यात्रा अनावश्यक हुनसक्छ। पारिवारिक सम्बन्ध भने सहज बन्ने छ। धार्मिक क्षेत्रमा मन जानेछ।
सिंह : आज दिन राम्रो छ। भाग्यको :थानमा शुभग्रह रहेकाले आम्दानीका :रोतहरु भेटिनेछन्। परिवारमा गोपनियता भंग नगर्नुहोला। धार्मिक कार्यमा मन जानेछ। अग्रजको सल्लाहमा गरेको काममा सफलता मिल्नेछ।
कन्या : दिन राम्रो छ। आज गरेको कामले दीर्घकालमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। धर्ममा वितृष्णा बढ्नेछ। :वा:थ्य र शिक्षामा आलश्यता बढ्नेछ।
तुला : आज कला र गला प्रदर्शन गर्ने दिन छ। मानसम्मान प्राप्त हुनेछ । राजनीतिक र धार्मिक पाटोमा सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानी खेर जाने सम्भावना छ। सोचेर अघि बढ्नुपर्नेछ। पारिवारिक भेटघाट हुने दिन छ।
वृश्चिक : दिन सामान्य छ। कामको बोझ थपिनेछ। शिक्षामा गरेको मिहिनेतले सार्थकता पाउनेछ। तपाईंले विश्वास गरेका पात्रले धोका दिनेछन्। पारिवारिक सम्बन्ध भने सहज बन्ने छ।
धनु : दिन राम्रो छ। नयाँ साथीसँगको अन्तरक्रियाले मन हल्का हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। अध्ययनमा मन जानेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्ने छ।
मकर : आज शुभ दिन रहेको छ । आज गरेको कामबाट दीर्घकालिन फाइदा हुनेछ । काममा सफलता मिल्नेछ । साझेदारीमा गरेको व्यापारबाट लाभ मिल्नेछ।
कुम्भ : धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्ने छ। बौद्धिक व्यक्तित्वसँग भेटघाट हुने योग छ। आम्दानी बढ्नेछ। बिहान उठेर शिव भजन सुन्ने गरे दिन सहज बन्ने छ।
मीन : दिन सामान्य छ। साथीभाइबाट असहयोग हुने खतरा छ। व्यवहार गर्दा कम बोल्नु उचित हुनेछ। सानातिना कुराले मन अशान्त बन्ने छ। गणेश भगवानको आरधना गर्नु फलदायी हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ।













