• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टर्कीमा गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्नेः डब्लुएचओ

by
२४ माघ २०७९,
0
टर्कीमा गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्नेः डब्लुएचओ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको छ ।

सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म ४,३०० जनाको मृत्यु भएको जनाइएको छ। पहिलो धक्काको करिब १२ घण्टा पछि अर्को शक्तिशाली भूकम्प उत्तरी भेगमा गएको थियो।

उद्धारकर्मीहरूले अत्यधिक चिसो र हिउँका बाबजुद भग्नावशेषको थुप्रोमा जीवितहरूको खोजी गरिरहेका छन्।

विश्वभरबाट विज्ञ समूह, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा गाजीयान्टेप सहर नजिक १७।९ किलोमिटर गहिराइमा ७।८ म्याग्निट्यूडको भूकम्प गएको हो।

भूकम्पविद्हरूले सोमवार गएको पहिलो भूकम्प टर्कीमा अभिलेखीकरण गरिएकोमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो भूकम्प भएको बताएका छन्। भूकम्प महसुस गरेका मानिसहरूका अनुसार कम्पन रोकिन करिब दुई मिनेट लागेको थियो।

पहिलो भूकम्पबाट प्रभावित भनिएको दोस्रो भूकम्प ७।५ म्याग्निट्यूडको थियो जसको केन्द्रबिन्दु काहमनमरस प्रान्तको एल्बिस्तान जिल्लामा थियो।

यस क्षेत्रमा परकम्पहरू पटकपटक महसुस भइरहेका छन्।

टर्की र सिरियाका प्रभावित क्षेत्रहरूमा ज्यान गुमाउने र घाइते हुने दुवैको सङ्ख्या तीव्र रूपमा बढ्दो छ।

उद्धारकर्मीहरूले भग्नावशेषमा थुप्रै मृतक भेटेका छन् र त्यो सङ्ख्या आठ गुणासम्म बढ्न सक्ने डब्लूएचओले चेतावनी दिएको छ।

“भूकम्प जाँदा दुर्भाग्यवश परिस्थिति दोहोरिन्छन्। मृतक र घाइते भएकाहरूको सङ्ख्याबारे प्रारम्भिक विवरण केही सातापछि उल्लेख्य रूपमा वृद्धि हुन्छ,” युरोपका लागि डब्लूएचओका वरिष्ठ आपत्कालीन अधिकारी क्याथरिन स्मलवुडले समाचार संस्था एएफपीलाई भनेकी छन्।

स्मलवुडले हिउँका कारण धेरै मानिसहरू आवासविहीन हुने जोखिमसमेत बढाएको जानकारी दिइन्।

धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् जहाँ लाखौँ शरणार्थीहरू टर्कीसँगको सीमा क्षेत्रमा दुवै भूभागका शिविरहरूमा आश्रित छन्।

विद्रोही समूहको नियन्त्रणमा रहेको क्षेत्रमा दर्जनौँ मानिसको मृत्यु भएको बताइएको छ।

दुवै देशका हजारौँ भवनहरू ध्वस्त भएका छन्। थुप्रै भिडिओहरूमा ती भवन भत्किँदै गरेको क्षण देखिन्छ। सडकहरू भत्किएका छन् र वरपर भग्नावशेषका थुप्राहरू देखिन्छन्।

ध्वस्त भएका भवनहरू मध्ये गाजीयान्टेप कासल ऐतिहासिक महत्त्वको थियो जुन दुई हजार वर्षभन्दा पुरानो हो।

बीबीसीको मध्यपूर्वस्थित संवाददाता आना फोस्टरले टर्कीको भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको सहर ओस्मानीयाबाट एक विनाशकारी दृश्यको वर्णन गरिन्।

“पानी परिरहेको छ जसले उद्धार कार्यमा अड्चन थपेको छ। आज रातभर सहरमा बिजुली छैन।

“हामी अझै पनि निरन्तर परकम्पहरू महसुस गरिरहेका छौँ र त्यहाँ अझै धेरै भवनहरू भत्कन सक्ने चिन्ता छ,” उनले भनिन्।

टर्कीको ऊर्जा पूर्वाधारमा क्षति पुगेको छ र दक्षिणी टर्कीमा ठूलो आगलागी भएको भिडिओहरू सार्वजनिक भएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ग्यास प्रवाह प्रणालीमा क्षति पुगेका कारण आगो लागेको दाबी गरेका छन्।

टर्कीका ऊर्जा मन्त्री फातिह डोन्मेजले पूर्वाधारमा गम्भीर क्षति पुगेको पुष्टि गरे तर विस्फोटबारे कुनै जानकारी दिएनन्।

टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमध्ये एक हो।

सन् १९९९ मा देशको उत्तर(पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७,००० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए।

सन् १९३९ मा टर्कीको पूर्वी एर्जिनजन प्रान्तमा भूकम्प जाँदा ३३,००० मानिसको ज्यान गएको थियो र त्यसलाई सबैभन्दा विध्वंसकारी भूकम्प ठानिन्छ।

टर्की रेड क्रिसेन्टले त्यहाँका सर्वसाधारणलाई रक्तदान गर्न आह्वान गरेको छ। उक्त सङ्गठनका अध्यक्ष केरेम किनिकले ट्विटरमा लेखेअनुसार प्रभावित क्षेत्रमा थप रगत र चिकित्सकीय सामग्रीहरू पठाइँदै छ।

टर्कीले अन्तर्राष्ट्रिय सहयोग अपिल गरेपछि ४५ देशहरूले सहयोगको प्रस्ताव गरेको टर्कीका राष्ट्रपति राष्ट्रपति रेजेप ताइयीप एर्दोआनले बताए।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले यस सङ्कटको घडीमा अन्तर्राष्ट्रिय प्रतिक्रियाको लागि आह्वान गरेका छन् र प्रकोपबाट प्रभावित धेरै परिवारहरूलाई “पहुँच चुनौतीपूर्ण भएको क्षेत्रमा मानवीय सहायता अत्यावश्यक रहेको” बताएका छन्।

युरोपेली सङ्घले टर्कीमा खोजी तथा उद्धार टोली पठाइरहेको जनाएको छ। नेदरल्यान्ड र रोमानियाका उद्धारकर्मीहरू यसअघि नै प्रकोप स्थलतर्फ जाँदै छन्।

यूकेले ७६ जना विज्ञ, उपकरण र उद्धार गर्ने कुकुर पठाउने जनाएको छ।

फ्रान्स, जर्मनी, इजरेल र अमेरिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्की र सिरियालाई इरानले जस्तै सहयोगको प्रस्ताव गरेका छन्।

ती सहरहरूमा कम्तीमा एक साताका लागि विद्यालय बन्द गरिएको छ।

टर्कीका आन्तरिक मामिलासम्बन्धी मन्त्री सुलेमन सोलुले प्रारम्भिक रूपमा १० विभिन्न सहर भूकम्पका कारण प्रभावित भएको बताए। ती क्षेत्रका विद्यालयहरू कम्तीमा एक साताको लागि बन्द गरिएका छन्।बीबीसी न्यूज

Previous Post

राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ

Next Post

विप्लवले बुधबार पत्रकार सम्मेलन गर्ने

सम्बन्धित खबर

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

१ भदौ २०८३,
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

१ भदौ २०८३,
जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ
राजनीति

जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

१ भदौ २०८३,
विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत
समाचार

विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

१ भदौ २०८३,
कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
Load More
Next Post
विप्लवले बुधबार पत्रकार सम्मेलन गर्ने

विप्लवले बुधबार पत्रकार सम्मेलन गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In