• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

metakhabar by metakhabar
१ असार २०८३,
0
आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी (बेनी), १ असारः रघुगङ्गाको परिचय केवल पहाड र हिमालसँग मात्र सीमित छैन, यहाँका वनजङ्गल, झरना, तालतलैया, नदी, हरिया डाँडाकाँडा र गुराँसले ढाकिएका पहाडहरूले पर्यटकलाई डाकिरहेका छन् । धौलागिरि आइसफल पदमार्ग, धौलागिरि सेञ्चुरी पदमार्ग र टोड्के–धौलागिरी पानोरमा पदमार्ग यस क्षेत्रका प्रमुख पर्यटकीय मार्ग हुन् । यी पदमार्गले पर्यटकलाई हिमालको फेदीसम्म पु¥याउँदै प्राकृतिक सौन्दर्यको अद्भूत अनुभूति दिलाउँछन् ।

म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङ जोड्ने परम्परागत पदमार्ग सडक निर्माणसँगै विस्थापित बनेको अवस्थामा रघुगङ्गा मुस्ताङलाई ‘ट्रेकिङ टे«ल’मार्फत जोड्ने ‘ट्रान्जिट’को रुपमा रहेको छ । धौलागिरिको काखबाट बग्ने रघुगङ्गा नदीबाट नै राहुघाट र कालीगण्डकी नदीको सङ्गमस्थलदेखि धौलागिरि आइसफल आधार शिविरसम्म फैलिएको रघुगङ्गा गाउँपालिकाको नाम रहन गएको हो ।

प्राकृतिक सुन्तरता र भौगोलिक विविधताले भरिपूर्ण यस गाउँपालिका मौलिक कला, संस्कृति, धार्मिक, ऐतिहासिक धरोहरले धनी छ । पवित्र कालीगण्डकी नदीको तीरदेखि विश्वको सातौँ अग्लो धौलागिरि हिमाल (आठ हजार १६७ मिटर) को पूर्वी मोहोडासम्म फैलिएको यहाँको मनोरम भूगोलले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ । मगर, छन्त्याल, थकाली, ठकुरी, बाहुन, क्षेत्री, दलितलगायतका विभिन्न समुदायको सहअस्तित्वले यहाँको सामाजिक संरचना जीवन्त बनेको छ । विविधतायुक्त संस्कृति, चालचलन र परम्पराले रघुगङ्गालाई केवल एउटा भूगोलको गाउँपालिका नभई जीवित सांस्कृतिक सङ्ग्रहालय बनाएको छ ।

प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गमको रुपमा रहेको जिल्लाको उत्तर–पूर्वी भूभागमा फैलिएको रघुगङ्गा गाउँपालिकाबाट सुरु हुने सेन्चुरी र पानोरमा ट्रेक समेत समेटिने आइसफल पदमार्ग मुस्ताङको लेते जोेडिने भएकाले यस क्षेत्रमा पूर्वाधार विकास गर्नुपर्ने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो । “रघुगङ्गामा पर्यटन विकासको सम्भावना अथाह छ, छोटो र लामो दूरीमा ‘क्याम्पिङ टे«किङ’ नै गर्न सकिने ठाउँहरु पनि प्रशस्त छन् तर त्यसको लागि पदमार्ग, पर्यटन सूचनाबोर्ड, सङ्केत पोल, खानेपानी, आश्रयस्थल, सञ्चारलगायतका अत्यावश्यक पूर्वाधार बनाउनुपर्छ”, आचार्यले भन्नुभयो ।

टोड्के–धौलागिरि पानोरमा ट्रेक पर्यटकीयस्थल टोड्केबाट मालिकाधुरी, ठाडाखानी, कुइनेखानी,चौरखानी भएर घ्याँसीखर्क तथा धौलागिरि सेञ्चुरी पदमार्ग झिँ, पाखापानी, कोटगाउँ, रायखोर, मूलपानी हुँदै घ्याँसीखर्कमा आइसफल पदमार्गमा जोडिएको छ । घ्याँसीखर्क हुँदै आइसफल आधार शिविर भएर कालीबराह ताल पुगेर मुस्ताङको लेते जोडिएको छ भने अर्कोतर्फ गायत्री मन्दिर, पिप्ले, भगवती, रुइसे, भेडिओडार, मुटुकाटे, सोवाङ धुरी हुँदै आधार शिविर पुग्ने धौलागिरि आइसफल पदमार्गको पहिचान भएको छ । पाँच दिनदेखि दुई सातासम्मको लामो र छोटो दूरीमा पदयात्रा गर्न सकिने विकल्पसहित पहिचान भएको धौलागिरि आइसफल पदमार्गले रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ, दानालगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडेको छ ।

विसं २०६८ मा पहिलोपटक सम्भाव्यता अध्ययन गरिएको धवलागिरि आइसफल पदमार्गको पूर्वाधार विकास र प्रवद्र्धनका लागि रघुगङ्गा गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । धौलागिरि हिमालको आधार शिविरलाई समेटिएको १८२ किलोमिटर लामो आइसफल पदमार्गको डिपिआर तयार गरी सङ्घीय र प्रदेश सरकारमार्फत पूर्वाधार बनाउन पहल थालिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चिमखोला–घ्याँसीखर्क, हुँदै आइसफल आधार शिविर पुग्ने पदमार्गमा पर्यटन मन्त्रालयमार्फत पदमार्ग निर्माण भए पनि कोखेभिर र धौलागिरि हिल भ्यू प्वाइन्ट पहाडमा अझै पदमार्ग बन्न सकेको छैन । आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको बाटोमा सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी रहेको छ ।

धवलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवालगायतका जङ्गली पशुपन्छी र बासस्थानलाई प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । यस पदमार्गमा हिमालको हिउँ खसेको दृष्य (आइसफल) सँगै कालीबराह, लाटीबराह, निलीबराह, सेतीबराह र पहेँलीबराह ताल थप आकर्षणको रुपमा रहेका छन् । ‘कुमारी पदमार्ग’को रुपमा रहेको धौलागिरि आइसफल पदमार्गलाई सञ्चालनमा ल्याउन सकेमा यसले रघुगङ्गासँगै म्याग्दी र मुस्ताङको पर्यटन विकासमा नयाँ आयाम सिर्जना गर्ने रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजाले बताउनुभयो ।

यस गाउँपालिकामा लामो दूरीका ट्रेकिङ ट्रेलका अलवा रुइसे, भेडिओडार, सोवाङधुरी, टोड्के, मालिका धुरी, रिखार, नांगीडाँडा, नेपालकै लामो पुलहरुको सूचीमा पर्ने बेग–बाँदुक जोड्ने पुललगायतका छोटो दूरीमा रहेका पर्यटकीय गन्तव्यहरूको पर्यटन विकास र प्रचारप्रसारमा समेत जोड दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताउनुभयो । “गाउँपालिकाले पदमार्ग, भ्यूटावर, आश्रयस्थल, पार्कलगायतका पर्यटन पूर्वाधार बनाउने काम गर्दै आएको छ, पहिचान भएका गन्तव्यहरुको प्रचारप्रसार र प्रवद्र्धनको अभियानमा पनि गाउँपालिका जुटिसकेको छ, पर्यटनमार्फत रघुगङ्गाको समृद्धिमा अथाह सम्भावना छ”, उहाँले भन्नुभयो । गाउँपालिका–४ दर्मिजामा रहेको तातोपानीको कुण्ड प्राकृतिक चिकित्सालयको रुपमा परिचित छ ।

धार्मिक आस्थाका केन्द्रहरू

धौलागिरि हिमशृङ्खलाको फेदीमा वडा नं ८ मा अवस्थित रिखार धार्मिक र प्राकृतिक पर्यटनको दुर्लभ सङ्गम हो । करिब चार हजार ६०० मिटर उचाइमा रहेको यस पवित्रस्थलमा हरेक वर्ष हजारौँ श्रद्धालु पुग्ने गर्छन् । तालमा रहेको डुङ्गा आकारको ढुङ्गामा बनेको मन्दिरले यस क्षेत्रको सौन्दर्यलाई अझ विशिष्ट बनाएको छ । जनैपूर्णिमा पर्वमा विशेष पूजाआजा हुने रिखारलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने सम्भावना छ । गायत्री मन्दिर, टोड्केको स्वर्गाश्रम, बेगको धौलेश्वर महादेव, भगवती कोत, नौलीबराह, नाँगीदेवी, मालिका धुरी, मण्डली थान, कमलजैसी थान, भूमेथानलगायतका धार्मिकस्थलले रघुगङ्गाको आध्यात्मिक पहिचानलाई बलियो बनाएका छन् । मुक्तिनाथ जाने पुरानो पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गायत्री मन्दिरमा परापूर्वकालमा ऋषिहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको मान्तयता छ । यस क्षेत्रमा कलात्मक र पौराणिक किसिमका मठमन्दिर छन् भने ध्यानाश्रमको लागि यो ठाउँ उपयुक्त मानिन्छ ।

त्यस्तै भगवती कोत म्याग्दीकै पुराना कोतमन्दिरमध्ये एक मानिन्छ । कोतले यस क्षेत्रको ऐतिहासिक विरासतलाई प्रतिविम्बित गरेको छ । १७ औँ शताब्दीको विरासतसँग जोडिएको भगवती कोत मन्दिर धार्मिक पर्यटकीय स्थलको रुपमा चिनिन्छ । यहाँ तत्कालीन राजाले बनाएको दरबारको भग्नावशेष, आराम गर्ने ढुङ्गा, तत्कालीन समयमा प्रयोग गरेका पानीका कुवा, हात्ती बाँध्ने ठाउँलगायतका प्रमाणहरु अझै भेटिन्छन् ।

विसं १८६३ मा तत्कालीन माइली महारानी सुवर्णप्रभा देवी शाह मुक्तिनाथको तीर्थयात्रा गर्न आउँदा तीर्थयात्रीको सहज बसोबासको लागि वडा नं ३ पिप्लेको रानीपौवामा पौवा निर्माण गरिएको थियो । दोस्रो विश्वयुद्धमा बेलायतको सर्बोच्च सैन्य पदक भिक्टोरिया क्रस प्राप्त गर्ने रघुगङ्गा गाउँपालिका–१ बादुँकका दिवङ्गत तुलबहादुर पुनको नामले यस गाउँपालिकाको चिनारीलाई अन्तराष्ट्रिय स्तरमा समेत चिनाएको छ । गाउँपालिकाले पुनको नाममा सङ्ग्रहालय बनाउने योजना अघि सारेको छ ।

मौलिक कला र संस्कृतिको आकर्षण

रघुगङ्गाको अर्को परिचय मौलिक कला र संस्कृति हो । यहाँका थालीनाच, पुख्र्यौली नाच, सोरठी, मादले मारुनी, यानीमाया, सिरफुले,साईलो भाका, सेदो भाका, रत्यौली, नौमती पञ्चेबाजा र भजन–कीर्तनले मौलिक कला र संस्कृतिलाई जीवन्त बनाएका छन् । विशेषगरी वडा नं ७ चिमखोला थालीनाचको उद्गमस्थलका रूपमा परिचित छ । मौलिक नृत्यको रुपमा रहेको थाली नाच अहिले विश्वका विभिन्न देशमा लोकप्रिय बनेको छ । थाली नाचकी सर्जक चिमखोलामा जन्मनुभएकी हिरामाया श्रीष पुन जीवित इतिहासको रुपमा हुनुहुन्छ । थाली नाच, पुख्र्यौलीलगायतका मौलिक कला र संस्कृतिमा धनी मानिएको चिमखोलालाई गाउँपालिकाले सांस्कृतिक गाउँ घोषणा गरेर यसको संरक्षण र प्रवद्र्धनमा विशेष ध्यान दिएको छ ।

दग्नामको भूमेपूजामा हुने लिङ्गो जुधाउने परम्परा रघुगङ्गाको अर्को अनौठो सांस्कृतिक सम्पदा हो । करिब ४०० वर्ष पुरानो इतिहास बोकेको यो परम्परा प्रकृति पूजासँग जोडिएको छ र अहिले पर्यटकको आकर्षणको केन्द्र बनेको छ । मगर समुदायको बाहुल्य बसोवास रहेका बाँदुक, बेग, दग्नाम, दर्मिजा, झिँ, पाखापानी, चिमखोलालगायतका ठाउँमा प्रकृति पूजाको रुपमा भूमे पूजालाई उत्सवका रुपमा मनाउने गरिन्छ । यस क्षेत्रमा भूमे पूजाले आन्तरिक पर्यटन प्रवद्र्धनको माध्यम बन्ने गरेका छन् । म्याग्दीका छन्त्याल समुदायको उद्गम थलोको रुपमा रहेको झिङ्खानी ऐतिहासिक थलोको रुपमा चिनिन्छ ।

पर्यटनसँग जोडिँदै स्थानीय अर्थतन्त्र

कुइनेमङ्गले, चिमखोला, पाखापानी, बेग, दग्नामलगायतका क्षेत्रमा गरिने परम्परागत भीर मह शिकार साहसिक पर्यटनको महत्वपूर्ण आधार हो । अग्ला चट्टानमा झुन्डिएर गरिने मह शिकारले विदेशी पर्यटकलाई विशेष आकर्षित गर्ने गरेको छ । यसलाई स्थानीय जीवनशैली, साहस र परम्पराको अनुपम मिश्रणका रूपमा हेरिन्छ । यस अतिरिक्त विभिन्न बस्तीमा रहेका तामाखानी, घुम्तीगोठ, भेडा–बाख्रापालन, जडीबुटी सङ्कलन र हिमाली जनजीवनले पर्यटन विकासमा नयाँ सम्भावनाहरु देखाएको छ ।

पर्यटन विकाससँगै गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र जीवनस्तर सुधारलाई प्राथमिकता दिएको छ । झिँ, रायखोर, मौवाफाँट र रानीपौवामा होमस्टे(घरवास पर्यटन)हरू सञ्चालनमा आएका छन् । यी होमस्टेहरुलाई व्यवस्थित बनाउँदै पर्यटकलाई स्थानीय खानपान, संस्कृति र जीवनशैलीसँग प्रत्यक्ष परिचित गराउन सकेमा यसले यहाँका स्थानीयको आयआर्जन वृद्धि गराउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ । होमस्टेमा पुग्ने पाहुनाहरूलाई स्थानीय कला–संस्कृतिको प्रस्तुति गरिनुका साथै अर्गानिक कृषि उत्पादनबाट तयार गरिएका परिकारहरू खुवाउने परम्पराले पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग विस्तारै जोड्दै लैजानेछ ।

Previous Post

४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

Next Post

ताप्लेजुङमा अलैँची महोत्सव हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
ताप्लेजुङमा अलैँची महोत्सव हुने

ताप्लेजुङमा अलैँची महोत्सव हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In