• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलवायु जनचेतनाका लागि कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना

    जलवायु जनचेतनाका लागि कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    अण्डाको मूल्य बढेपछि किसानलाई राहत

    अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल साउन ६ गते बुधबारको राशिफल

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    प्रविधिको सहारामा अन्तरराष्ट्रिय आपराधिक सञ्जाल विस्तार हुँदैः राष्ट्रसङ्घ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सगरमाथाको सफल आरोहण गरेका सांसद शेर्पा सम्मानित

metakhabar by metakhabar
१९ जेष्ठ २०८३,
0
सगरमाथाको सफल आरोहण गरेका सांसद शेर्पा सम्मानित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सगरमाथाको सफल आरोहण गरेका प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पालाई सम्मान गरेका छन्।

संसद् सचिवालयमा आयोजित कार्यक्रममा उनलाई कदर पत्रसहित सम्मान गरिएको हो। कार्यक्रममा उपसभामुख रुबी कुमारी, राष्ट्रियसभा उपाध्यक्ष लिलाकुमारी भण्डारीलगायतको समेत उपस्थिति थियो।

शेर्पाले जेठ १३ गते बिहान ५ः४० बजे संघीय संसद्को झण्डासहित सगरमाथाको सफल आरोहण गरेका थिए। उनी सगरमाथा आरोहण गर्ने पहिलो बहालवाला संघीय सांसद हुन्। यो उनको सगरमाथाको दशौँ सफल आरोहणसमेत हो।

सम्मानित भइसकेपछि उनले संघीय संसद्को सदस्य बनेपछि संसद्को गरिमा र संसद्को लोगो अंकित झण्डालाई सगरमाथाको शिखरमा पुर्‍याउने इच्छा जागेको बताए। त्यसका लागि सभामुखलाई गरेको अनुरोध सहर्ष स्वीकार गरेको बताए।

सम्मानित भइसकेपछि शेर्पाले के भने?

हिमाल आरोहण मेरो लागि कुनै नौलो विषय होइन। यो सगरमाथाको दशौँ पटकको आरोहण अनुभव हो। साथै, ८,००० मिटरभन्दा माथिका हिमालहरूको ३६ औँ पटक आरोहण गरेको अनुभव पनि मसँग छ। संसारभरिका ६,००० र ७,००० मिटरभन्दा माथिका गरी करिब ७० वटा हिमालको सफल आरोहण गरिसकेको छु।

सन् २००८ मा सगरमाथालाई नजिकबाट हेर्ने अवसर पाएको थिएँ। त्यसबेला म सगरमाथा क्षेत्रमा भरियाको रूपमा गएको थिएँ। सगरमाथालाई नजिकबाट देखेपछि नेपालमै बसेर केही गर्न सक्छु भन्ने आत्मविश्वास जाग्यो र त्यसैबाट प्रेरित भएर अघि बढ्न थालेँ। सन् २०१० मा मैले पहिलोपटक सगरमाथा आरोहण गर्ने अवसर पाएँ।

यो अवधिमा पाँच वटा फरक गिनिज वर्ल्ड रेकर्ड कायम गर्न सफल भएँ। सयौँभन्दा बढी हिमालमा उद्धार कार्यमा संलग्न भएँ। साथै, ‘१४ पिक्स’ लगायत हिमालसँग सम्बन्धित थुप्रै डकुमेन्ट्रीमा काम गर्ने अवसर पाएँ, जसबाट संसारलाई नेपाल र नेपालको पर्वतारोहणबारे चिनाउने अवसर प्राप्त भयो।

संघीय संसद्को सदस्य बनेपछि संसद्को गरिमा र संसद्को लोगो अंकित झण्डालाई सगरमाथाको शिखरमा पुर्‍याउने इच्छा जाग्यो। त्यसका लागि मैले सम्माननीय सभामुखज्यूलाई अनुरोध गरेँ र उहाँले सहर्ष स्वीकार गर्नुभयो।

हरेक नेपालीका लागि सगरमाथा केवल हिमाल मात्र होइन, यो हाम्रो अस्तित्व, गौरव र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो। सगरमाथा आरोहण, जलवायु परिवर्तन वा कुनै दुर्घटनासम्बन्धी विषय संसारभर समाचार बन्ने गर्छन्। भाग्यवश, हामीजस्ता साधारण गाउँबाट आएका व्यक्तिहरूलाई पनि सगरमाथाले देशमै रहेर काम गर्ने र रोजगारी सिर्जना गर्ने अवसर प्रदान गरेको छ भन्ने मैले महसुस गरेको छु।

दशौँ पटक सगरमाथा आरोहण गर्दा मैले केही समस्या र तिनका सम्भावित समाधानका विषयहरू पनि देखेको छु। विगत चार वर्षदेखि नेपालको पर्वतारोहण क्षेत्रमा विश्वव्यापी आकर्षण बढिरहेको छ। नेपाली युवाहरूमा पनि पर्वतारोहणप्रति रुचि बढेको छ। तर दक्ष जनशक्ति उत्पादनका लागि राज्यको लगानी अपेक्षाकृत कम रहेको छ।

मैले पनि सन् २०१० मा सामान्य आधारभूत तालिम लिएर सगरमाथा आरोहण सुरु गरेको थिएँ। पछिल्लो समय पर्वतारोहणसम्बन्धी तालिमहरू केही कम हुँदै गएको देखिन्छ। सगरमाथामा बढ्दो फोहोरका कारण नेपाल विश्व समाचारमा आउने गरेको छ। यस विषयमा पनि गम्भीर ध्यान दिन आवश्यक छ।

दक्ष जनशक्ति उत्पादन, वातावरण संरक्षण र जलवायु परिवर्तनका प्रभावलाई सम्बोधन गर्नु अहिलेको आवश्यकता हो। जलवायु परिवर्तनले सगरमाथालाई मात्र होइन, सम्पूर्ण विश्वलाई प्रभावित गरिरहेको छ। पछिल्ला वर्षहरूमा काठमाडौंमा आएको बाढी तथा दुबईजस्ता स्थानमा अत्यधिक वर्षाका कारण भएको डुबान यसका उदाहरण हुन्। पर्वतारोहण क्षेत्रमा संलग्न व्यक्तिहरूले यसको प्रत्यक्ष असर भोगिरहेका छन्।

नेपालसँग सगरमाथासहित ८,००० मिटरभन्दा माथिका थुप्रै हिमालहरू छन्, जुन प्रकृतिले दिएको अमूल्य सम्पदा हुन्। केही समयअघि नेपालमा ‘फेक रेस्क्यु’ सम्बन्धी समाचार विश्वभर फैलिएको थियो। त्यसैले उद्धार व्यवस्थापन र नियमनलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता देखिएको छ।

संसारले ‘नेपाल राम्रो छ’ भन्ने कुरा त जान्दछ, तर ‘नेपाल सुरक्षित पनि छ’ भन्ने अनुभूति दिलाउन सकियो भने नेपालको पर्यटन क्षेत्र अझ सुदृढ हुनेछ। नेपाल भ्रमणमा आउने पर्यटकहरूले सुरक्षित महसुस गर्न सके पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्नेछ भन्ने मेरो विश्वास छ।

अन्तमा, पर्वतारोहण क्षेत्रमा मेरो लामो योगदानको कदर गर्दै तथा नेपालको राष्ट्रिय झण्डा र संघीय संसद्को झण्डा सगरमाथाको शिखरमा पुर्‍याउने मेरो चाहनालाई सहर्ष स्वीकार गरी सहयोग गर्नुहुने यहाँहरू सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।

सगरमाथाको शिखरमा पुर्‍याइएको संघीय संसद्को लोगो अंकित झण्डा तथा नेपालको राष्ट्रिय झण्डा म यहाँहरूलाई हस्तान्तरण गर्न चाहन्छु।

Previous Post

प्रतिनिधि सभाको बैठक जेठ २५ गतेसम्मका लागि स्थगित

Next Post

प्रधानमन्त्री संसद्‌प्रति उत्तरदायी हुनुहुन्छ, आवश्यक परेमा फेरि सदनमा जवाफ दिनुहुन्छ: सरकारका प्रवक्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

जलवायु जनचेतनाका लागि कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
फिचर-ब्यानर

जलवायु जनचेतनाका लागि कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना

६ साउन २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

६ साउन २०८३,
अण्डाको मूल्य बढेपछि किसानलाई राहत
फिचर-ब्यानर

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

६ साउन २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

६ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल साउन ६ गते बुधबारको राशिफल

६ साउन २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

प्रविधिको सहारामा अन्तरराष्ट्रिय आपराधिक सञ्जाल विस्तार हुँदैः राष्ट्रसङ्घ

६ साउन २०८३,
Load More
Next Post
प्रधानमन्त्री संसद्‌प्रति उत्तरदायी हुनुहुन्छ, आवश्यक परेमा फेरि सदनमा जवाफ दिनुहुन्छ: सरकारका प्रवक्ता

प्रधानमन्त्री संसद्‌प्रति उत्तरदायी हुनुहुन्छ, आवश्यक परेमा फेरि सदनमा जवाफ दिनुहुन्छ: सरकारका प्रवक्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In