नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको पन्ध्रौँ महाधिवेशनलाई पूर्ण एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।
सोमबार प्रेस विज्ञप्तिमार्फत खड्काले पन्ध्रौँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण तथा वितरणको अधिकांश काम १० पुस २०८२ भित्र सम्पन्न भइसकेको उल्लेख गरेका छन् ।
उनले नवीकरण गर्न छुटेका तथा नयाँ क्रियाशील सदस्यता लिन चाहने कार्यकर्तालाई पनि सदस्यता नवीकरण तथा नयाँ वितरणको व्यवस्था गरिने बताएका छन् ।
खड्काले विज्ञप्तिमा १० पुस २०८२ सम्म टुंगिएका तथा त्यसपछि नवीकरण वा नयाँ वितरण भएका सबै क्रियाशील सदस्यतालाई मान्यता दिई सम्बन्धित सदस्यहरूको महाधिवेशनमा सहभागिता सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले पार्टीभित्र एकता कायम राख्दै महाधिवेशनलाई सफल बनाउन सबै पक्षलाई सहयोग र सहकार्यका लागि आह्वानसमेत गरेका छन् ।














