• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

    ओलीको नाम अंकित शिलालेख खोजेर पुनर्स्थापना गर्छौ : मन्त्री लम्साल

    ओलीको नाम अंकित शिलालेख खोजेर पुनर्स्थापना गर्छौ : मन्त्री लम्साल

    बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल

    बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, पहिलो चरणमा आपत्कालीन सवारी सञ्चालन हुने

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, पहिलो चरणमा आपत्कालीन सवारी सञ्चालन हुने

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

    बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखराका होटल पाहुनाले भरिभराउ

metakhabar by metakhabar
१७ जेष्ठ २०८३,
0
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी,  : एकातिर गर्मी छल्न आएका भारतीय पर्यटक अर्कातिर चारदिन लामो सार्वजनिक बिदा परेकाले पर्यटकीय राजधानी पोखरामा पर्यटकको चहलपहल बढेको छ । लेकसाइडलगायत क्षेत्रका होटल बिहीबारयता पाहुनाले भरिभराउ छन् । होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले यसबीचमा होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतसम्म पुगेको बताउनुभयो ।

“बिहीबारदेखि आइतबारसम्म बिदा परेका कारण पोखरा घुम्न आउनेको सङ्ख्या बढेको छ, यतिबेला भारतीय पर्यटकको आगमन बढेको छ”, उहाँले भन्नुभयो, “पोखरासँगै आसपासका गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।” चैतदेखि जेठसम्मको समयलाई पदयात्राका लागि पनि उपयुक्त मानिन्छ । यो दोस्रो मुख्य पर्यटकीययाम पनि हो ।

सरकारले हप्तामा दुई दिन बिदा दिन सुरु गरेपछि आन्तरिक पर्यटन गतिविधि बढेको अध्यक्ष सुवेदीले बताउनुभयो । सरकारको उक्त निर्णयबाट पर्यटन क्षेत्रलाई चलायमान बनाइ राख्न मद्दत पुग्ने उहाँको भनाइ छ । मनसुन भित्रिनुपूर्वको यो याममा पोखरामा भारतीय पर्यटकको सङ्ख्या बढ्ने गरेको छ । झरी परिरहने पोखरा गर्मी छल्ने गन्तव्यका रूपमा भारतीयहरूको रोजाइमा पर्ने गरेको छ ।

पोखरा आउने भारतीय पर्यटकमध्ये झण्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेका छन् । पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने तेस्रो मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेका छन् । पोखरा आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा रबिन कडरियाले बताउनुभयो ।

अन्नपूर्ण क्षेत्र घुम्न जाने दक्षिण एसियाली मुलुकका पर्यटकमध्ये ९० प्रतिशत जति भारतीय हुने गरेको उहाँको भनाइ छ । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थल पर्छन् । कास्कीसहित पाँच जिल्लामा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र पर्यटकको रोजाइमा पर्दै आएको छ ।

Previous Post

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

Next Post

बजेटको प्रभाव सुन बजारमा, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

metakhabar

metakhabar

सम्बन्धित खबर

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति
फिचर-ब्यानर

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

११ साउन २०८३,
ओलीको नाम अंकित शिलालेख खोजेर पुनर्स्थापना गर्छौ : मन्त्री लम्साल
फिचर-ब्यानर

ओलीको नाम अंकित शिलालेख खोजेर पुनर्स्थापना गर्छौ : मन्त्री लम्साल

११ साउन २०८३,
बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल
समाचार

बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल

११ साउन २०८३,
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, पहिलो चरणमा आपत्कालीन सवारी सञ्चालन हुने
फिचर-ब्यानर

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, पहिलो चरणमा आपत्कालीन सवारी सञ्चालन हुने

११ साउन २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

११ साउन २०८३,
बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय
समाचार

बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

११ साउन २०८३,
Load More
Next Post
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

बजेटको प्रभाव सुन बजारमा, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In