• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ को धेरै आम्दानी

    ‘लालीबजार’ को धेरै आम्दानी

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘लालीबजार’ को धेरै आम्दानी

    ‘लालीबजार’ को धेरै आम्दानी

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

metakhabar by metakhabar
११ जेष्ठ २०८३,
0
केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टीकापुर (कैलाली), ११ जेठः कैलालीका किसान बहुबाली खेतीतर्फ आकर्षित भएका छन् । केराखेती गर्ने किसानले केराखेतीसँगै मकै, खुर्सानी, तोरी खेतीलगायत गर्न थालेका छन् ।

टीकापुर नगरपालिका–४ बाघमाराका किसान टेकेन्द्र धामीले केरा खेतीभित्र मकैखेती गर्नुभएको छ । उहाँ यसवर्ष मकैको दुई बाली लिने तयारीमा हुनुहुन्छ । केराखेतीभित्र एकपटक उत्पादन भएको मकै बेचिसक्नुभएका धामीको बारीमा फेरि केरासँगै मकै फस्टाउँदै गएको छ ।

धामीले साढे ६ बिघा जमिनमा केराखेतीसँगै मकैखेती गर्नुभएको छ । एकपटक लाखौँ रुपैयाँ बराबरको मकै उत्पादन लिइसक्नुभएका उहाँको बारीमा फेरि मकैखेती फष्टाएको छ । “तयार भएको मकै चैतमा बजारमा हरियो नै बेचियो, पोलेर बिक्री गर्नेे भएकाले खपत राम्रै भयो”, उहाँ भन्नुहुन्छ, “अब अर्को मकै बालीबाट ४५ क्विन्टल जति उत्पादन हुने अनुमान गरेको छु । यो बाली साउनको पहिलो सातातिर तयार हुन्छ, यसले पनि राम्रै बजार पाउँछ ।”

लामो समयदेखि २१ विघामा केराखेती गरिरहनुभएका धामीले गतवर्ष पनि केराखेती भित्र खुर्सानी र तोरी खेती गर्नुभएको थियो । केराखेती गरिरहनुभएका उहाँले विगतमा गरिने केरा खेतीको समय परिवर्तन गर्नुभएको छ । विगतमा असारमा केरा रोप्ने गर्नुभएका धामीले दुई वर्षदेखि मङ्सिरमा आधा जमिनमा केरा रोप्नुभयो ।

“असारमा रोपेको केरा भदौमा तयार हुन्छ, सबैले असारमै रोप्ने गर्नाले चिसो मौसममा राम्रो केरा नपाइने समस्या हुन्छ । त्यसैले मैले केरा दुई समयमा रोप्न थालेको छु”, धामी भन्नुहुन्छ, “मङ्सिरमा रोपेको केरामा बहुबाली खेती गर्ने गरेको छु । यसरी खेती गर्दा वर्खामा हावाहुरीले गर्ने क्षतिबाट जोगिन्छ । विपद्बाट जोगिने र दुईभन्दा बढी बाली उत्पादन लिन सकिन्छ ।”

टीकापुर–५ पहाडीपुरका किसान शेरबहादुर साउदले गत वर्ष असारमा केरा रोप्नुभयो । केरा खेतीको बीचमा असोज महिनामा उहाँले मकै र तोरी खेती गर्नुभयो । “एक बिघा जमिनमा प्रयोग गरौँ भनेर खेती गरे, केराको दायाबाया कमै र बीचमा तोरी छरे”, उहाँ भन्नुहुन्छ, ‘‘दुई क्विन्टलभन्दा बढी तोरी उत्पादन भयो । रु ४० हजारको त हरियो मकै बिक्री गरे, ६० किलो जति दाना मकै पनि छ ।”

बेमौसमी मकै तयार भएकाले राम्रो फाइदा भएको साउदको भनाइ छ । उहाँको बारीमा अहिले केरा राम्रो फस्टाएको छ । “केरा खेतीबाट पनि करिब रु ५ लाखसम्म आम्दानी लिन सकिन्छ”, उहाँ भन्नुहुन्छ, “मैले पाँच बिघा जमिनमा केराखेती गरेको छु, केराभित्र अन्य बाली उत्पादन लिन सकिन्छ । मेहनत गरेमा पर्याप्त कमाइ गर्न सकिन्छ ।”

बहुबाली खेती भनेको एउटै जमिनमा एउटै समयमा दुई वा दुईभन्दा बढी बाली लगाउने प्रविधि हो । बहुबाली खेतीले किसानलाई दोहोरो आम्दानी दिलाउने भएकाले किसान त्यसतर्फ आकर्षित भएका हुन् । एउटै खेतमा मुख्य नगदे बालीसँगै अन्य तरकारी वा अन्नबाली लगाउँदा जमिनको अधिकतम उपयोग हुने, उत्पादनमा विविधता र आम्दानी बढाउने कृषि विज्ञहरू बताउँछन् ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान स¬ङ्कायका प्रमुख डा विष्णुविलास अधिकारी बहुबाली खेती किसानका लागि फाइदाजनक भएको बताउनुहुन्छ । “एउटा मुख्य बाली हुन्छ, बीचमा भुसुवा बाली लगाइन्छ । त्यसमा दुई वा दुईभन्दा बढी बाली लगाउन सकिन्छ”, उहाँ भन्नुहुन्छ, “मकै खेतीमा भटमास, कोदो रोप्न सकिन्छ । तोरी लगाएमा तोरीभित्र केराउ, मसुरो, आलस लगाउन सकिन्छ ।”

डा अधिकारीका अनुसार मुख्य बाली बाहेक बीचमा भएको खाली जमीनमा अर्को बाली लगाएमा उत्पादन बढी लिन सकिने र एउटा बालीमा रोग किराले नोक्सान भए पनि अर्को बालीबाट उत्पादन लिँदा किसानलाई घाटा हुँदैन ।

“एउटा बालीले अर्को बालीलाई फाइदा गर्छ । थरिथरिका बाली लगाउँदा फरक फरक किसिमका कीरा र रोग लाग्दैन । किसानले कोसे बालीमा प्राथमिकता दिनुपर्छ”, डा अधिकारी भन्नुहुन्छ, “कोशेबाली मिसाएर लगाएमा बायुमण्डलमा भएको नाइट्रोजन स्थिरीकरण गरेर लिन्छ, जसले माटो मलिलो हुन्छ । किसानले थरिथरिका बाली बालीचक्रमा मिलाएर लगाएमा फाइदा लिन सकिन्छ ।”

कैलालीमा सयौँ किसान केराखेतीमा लागेका छन् । यहाँ करिब एक हजार हेक्टर जमिनमा केराखेती गरिएको छ । केराको उत्पादन लिन एकवर्ष बढी समय लाग्ने भएकाले एक वर्षभित्र केराको बीचको जमिनमा अर्को उत्पादन लिन सकिन्छ । फलफूलमा अन्य बाली लगाएर उत्पादन लिनुपर्छ । बहुबालीले माटोको संरक्षण गर्ने, खाली जमीनमा पानी वाष्पिकरण भएर उडेर जाने भएकाले खेर जाने पानी पनि अन्य बाली लगाउँदा संरक्षण हुन्छ । मल, जल सबै संरक्षण हुन्छ । “यसका फाइदा नै फाइदा छन्”, डा अधिकारीले भन्नुभयो ।

Previous Post

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

Next Post

सडक असहजः सेवाग्राहीलाई समस्या

metakhabar

metakhabar

सम्बन्धित खबर

‘लालीबजार’ को धेरै आम्दानी
मनोरञ्जन

‘लालीबजार’ को धेरै आम्दानी

३० असार २०८३,
रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा
फिचर-ब्यानर

रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

३० असार २०८३,
‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’
फिचर-ब्यानर

‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

३० असार २०८३,
चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
आर्थिक

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

३० असार २०८३,
हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी
आर्थिक

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

३० असार २०८३,
तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा
फिचर-ब्यानर

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

३० असार २०८३,
Load More
Next Post
सडक असहजः सेवाग्राहीलाई समस्या

सडक असहजः सेवाग्राहीलाई समस्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In