• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन

    व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन

    ‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

    ‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

    नक्कली रसिद काण्डमा लेखापढी व्यवसायी पक्राउ

    नक्कली रसिद काण्डमा लेखापढी व्यवसायी पक्राउ

    बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

    बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

    सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने

    सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    अमेरिकासँग मिलेर सम्झौताको खाका तयार गर्न इरान सहमत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१० जेष्ठ २०८३,
0
नक्कली रसिद काण्डमा लेखापढी व्यवसायी पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्जस्थित मालपोत कार्यालय पर्सामा नक्कली रसिद प्रयोग गरी लाखौँ रुपैयाँ सरकारी राजश्व हिनामिना गरेको अभियोगमा एक जना लेखापढी व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्जको ‘शुभ लाभ लेखापढी’ फर्मका सञ्चालक ओमप्रकाश यादव रहेका छन् ।

मालपोत कार्यालय स्रोतका अनुसार उक्त फर्म यसअघि मालपोत कार्यालय पर्साका पूर्व अधिकृत हरिनारायण मिश्राका सहोदर भाइ शम्भु मिश्राले सञ्चालन गर्दै आएका थिए । राजनीतिमा सक्रिय भएपछि मिश्राले आफ्नो विश्वासपात्र मानिएका यादवलाई फर्मको जिम्मेवारी सुम्पेका थिए । यद्यपि, फर्ममा मिश्राको आउजाउ भने कायमै रहेको बताइएको छ । शम्भु मिश्र वीरगञ्ज महानगरपालिका–२६ का निर्वाचित वडा अध्यक्ष हुन् ।

मालपोत कार्यालय पर्साका प्रमुख खेमराज खत्रीका अनुसार यादवविरुद्ध ४ लाख ७२ हजार रुपैयाँ बराबरको राजश्व हिनामिना गरेको भन्दै बुधबार कार्यालयमा लिखित उजुरी परेको थियो । उजुरीपछि गरिएको प्रारम्भिक छानबिनमा नक्कली रसिद प्रयोग गरी सरकारी राजश्व छली गरिएको तथ्य फेला परेको कार्यालयले जनाएको छ ।

“नक्कली रसिदमार्फत सरकारी राजश्व हिनामिना भएको पुष्टि भएपछि कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका हौँ,” प्रमुख खत्रीले बताए ।

मालपोत कार्यालयको जाहेरीपछि जिल्ला प्रहरी कार्यालय पर्साले यादवलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार सरकारी कागजात किर्ते गरी राजश्व हिनामिना गरेको कसुरमा थप अनुसन्धान भइरहेको छ । घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुनसक्ने आशंकामा अनुसन्धानको दायरा विस्तार गरिएको प्रहरीले जनाएको छ ।

यसअघि पनि विभिन्न विवादमा मुछिएका यादवविरुद्ध जिल्ला अदालत पर्सामा अर्को मुद्दा विचाराधीन अवस्थामै रहेको बुझिएको छ ।

प्रशासनिक निकायमा आफ्नो राम्रो पहुँच रहेको दाबी गर्दै आएका वडा अध्यक्ष मिश्रासँग जोडिएको लेखापढी फर्ममै यस्तो घटना सार्वजनिक भएपछि वीरगञ्जको प्रशासनिक वृत्तमा यो प्रकरणलाई गम्भीर रूपमा हेरिएको छ ।

Previous Post

बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

Next Post

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

metakhabar

metakhabar

सम्बन्धित खबर

व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन
आर्थिक

व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन

१० जेष्ठ २०८३,
‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ
आवाज

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

१० जेष्ठ २०८३,
बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति
आर्थिक

बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

१० जेष्ठ २०८३,
सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने
आर्थिक

सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने

१० जेष्ठ २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

अमेरिकासँग मिलेर सम्झौताको खाका तयार गर्न इरान सहमत

१० जेष्ठ २०८३,
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
समाचार

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

१० जेष्ठ २०८३,
Load More
Next Post
‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In