• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे

    शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी

metakhabar by metakhabar
४ जेष्ठ २०८३,
0
कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

घोराही (दाङ), ४ जेठः यहाँको घोराही उपमहानगरपालिका–२ निमुरियाका मुना चौधरी स्थानीयस्तरमा सञ्चालनमा रहेको कृषि फार्ममा रोजगार पाउँदा खुसी हुनुहुन्छ । गाउँमै रोजगार पाएकैले अन्यत्र काम खोज्नु जान नपरेको उहाँ बताउनुहुन्छ । छोराछोरीको पढाईदेखि घर खर्च टार्न पनि सहज भएको उहाँको अनुभव छ ।

कृषि फार्ममा काम पाएपछि पहिलेजस्तो खाली बस्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयोे । “पहिले हिउँदमा काम नहुँदा घरमै बस्नुपथ्र्यो, तर यहाँ कृषि फार्म खुलेपछि गाउँघरमै काम पाइनुका साथै आम्दानी पनि भइरहेको छ”, उहाँले भन्नुभयो । हाल मासिक १४–१५ हजार रुपैयाँ कमाउने गरेको उहाँको भनाइ छ ।

उहाँजस्तै सोही स्थानका अर्का स्थानीय देवा चौधरी पनि गाउँघरमै रोजगारी प्राप्त गर्दा जीविका चलाउन सजिलो भएको बताउनुहुन्छ । “घरमा पाँच जनाको परिवार छ, श्रीमान् घर बनाउने काम गर्नुहुन्छ, मैले कृषि फार्ममा काम गर्दै आएको छु, आम्दानी पनि राम्रै भइरहेको छ । जसले गर्दा आफ्नो कमाइले घरखर्च चल्ने र श्रीमान्को कमाइ भने बचत गर्दै आएका छौँ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय गाउँघरमै रोजगारी प्राप्त भएपछि उहाँजस्तै धेरै कृषि क्षेत्रमा जोडिन थालेका छन् । घोराही उपमहानगरपालिका–२ निमुरियाका हरि जिसीले व्यावसायिक कृषि सञ्चालन गरी स्थानीयलाई रोजगारी दिलाइ रहनुभएको छ । उमेरले ३७ वर्ष पुग्नुभएका जिसीले सुवर्ण कृषि फार्ममार्फत कृषि व्यवसाय गर्दै आउनुभएको छ ।

जग्गा भाडामा लिएर खेती गरी जिसी स्वरोजगार त बन्नुभएको छ नै अरु ४० जना स्थानीयलाई रोजगारीसमेत दिनुभएको छ । जिसीले सात वर्ष अघिदेखि सञ्चालन गर्दै आउनुभएको फार्ममा तरकारी लगाउने, गोडमेल गर्ने, टिप्नेलगायतका काम पाइने भएपछि स्थानीयलाई पहिलेजस्तो खाली बस्नुपर्ने अवस्था छैन । विद्यार्थीसमेत कलेज पढ्दै कमाउँदै गर्न पाएका छन् ।

सात वर्षअघि सात कट्ठा जग्गाबाट सुरु गर्नुभएको जिसीको तरकारीखेती अहिले १४ बिघामा फैलिएको छ । आफ्नो एक बिघा र बाँकी जग्गा भाडामा लिएर उहाँले व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । वार्षिक दुई करोड रुपैयाँको कारोबार गर्ने जिसी कामदारको ज्यालामा मात्रै झन्डै एक करोड रुपैयाँ वार्षिक खर्च गर्नुहुन्छ ।

जिसीले कृषि फार्ममार्फत सिजनअनुसार टमाटर, बोडी, काँक्रा, कोभीलगायतका तरकारी उत्पादन गर्नुहुन्छ । उत्पादन भएको तरकारी बिक्रीका लागि घोराही बजारमा पसल पनि सञ्चालन गर्नुभएको छ । सानैदेखि तरकारीखेतीप्रति भएको रुचिका कारण व्यावसायिक तरकारीखेतीमा लागेको भन्दै जिसीले भन्नुभयो, “तरकारीखेतीबाट आम्दानी राम्रै छ, उत्पादन भएको तरकारी बिक्रीका लागि बजारमा पसल पनि गरेको छु । जसले गर्दा पसल र फार्म दुवैतिर रोजगारी मिलेको छ ।”

उहाँले आजभोलि काँक्रा फार्मबाटै १७ रुपैयाँ र टमाटर २८ रुपैयाँ प्रतिकिलोको दरले बिक्री गर्दै आउनुभएको छ । उहाँले उत्पादन गर्नुभएको तरकारी दाङ जिल्लासहित जिल्ला बाहिर बुटवल, कोहलपुर नेपालगन्ज, धनगढी, पोखरा, काठमाडौँसम्म बिक्रीका लागि लैजाने गरिएको छ ।

Previous Post

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

Next Post

बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

metakhabar

metakhabar

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता
आर्थिक

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

२२ अशोज २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

२२ अशोज २०८३,
साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
आर्थिक

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

२२ अशोज २०८३,
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
आर्थिक

शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

२२ अशोज २०८३,
चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा
आवाज

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

२२ अशोज २०८३,
बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
आवाज

बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

२२ अशोज २०८३,
Load More
Next Post
बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In