• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पहिलो पटक सगरमाथाको शिखरमा

    सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पहिलो पटक सगरमाथाको शिखरमा

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

    ‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

    ‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

    साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड

    साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड

    कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण

    कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण

    चीनबाट ठुलाे परिमाणमा तस्करी भएकाे भेपसहित तीन जना पक्राउ

    चीनबाट ठुलाे परिमाणमा तस्करी भएकाे भेपसहित तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
३ जेष्ठ २०८३,
0
‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ३ जेठः परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनुभएको छ । टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह, सुझाव सङ्कलन कार्यक्रममा उहाँले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनुभएको हो ।

उहाँले अबको समय राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने बेला आएको उल्लेख गर्नुभयो । “अबको २०/२५ वर्षपछिको पुस्ताले पनि सम्झिने गरी काम गर्ने अवसर अहिलेको स्थानीय तहका जनप्रतिनिधिमा छ, त्यसैले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा केन्द्रित हुनुहोस्,” उहाँले भन्नुभयो ।

काठमाडौँ क्षेत्र नं ६ का सांसदसमेत रहनुभएका मन्त्री खनालले टोखाको दक्षिणी भेग निकै बाक्लो बस्तीले भरिएको र उत्तरी भेगमा अझै पनि खुला जमिन बाँकी रहेको भन्दै व्यवस्थित सहर निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले टोखाको ऐतिहासिक नेवारी बस्ती र शनिबार लाग्ने बजारलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । टोखामा घरबास ‘होमस्टे’ विकास गर्न सकिने उहाँको भनाइ थियो ।

मन्त्री खनालले टोखा–छहरे सुरुङ मार्ग विस्तार गर्दा टोखाका धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले यसको विकल्प खोज्नुपर्ने बताउनुभयो । साङ्ला खोला करिडोर र विष्णुमती खोला करिडोरलाई उक्त राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्दा कम लागत र कम क्षतिमा अन्तरराष्ट्रिय मापदण्डको सडक बनाउन सकिने उहाँको भनाइ छ । उहाँले नगरपालिकालाई थप प्रविधिमैत्री बनाउन कर तिर्नेदेखि सामान्य सिफारिस लिने काम घरबाटै गर्न सकिने गरी ‘डिजिटल’ प्रणाली लागू गर्नुपर्ने बताउनुभयो ।

बागमती प्रदेशकी सांसद एवम् पूर्वमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले जनताले स्थानीय सरकारसँग धेरै अपेक्षा गरेको भन्दै आफ्नो स्रोत र साधनले भ्याएसम्म जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम बनाउनुपर्ने बताउनुभयो । सांसद श्रेष्ठले विकासको काममा कसैले पनि राजनीति गर्न नहुने उल्लेख गर्नुभयो । पूर्वमन्त्री डा वंशीधर मिश्रले संविधानले दिएको अधिकारअनुसार कानुन निर्माण गरी कार्यान्वयनमा जानुपर्ने बताउनुभयो । उहाँले स्थानीयको इच्छा आकाङ्क्षाअनुसार स्थानीय सरकारले काम गर्नुपर्ने उल्लेख गर्नुभयो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जनताले दिएको राय, सुझाव र सल्लाहलाई ग्रहण गर्दै नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम बनाउने उल्लेख गर्नुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले नगरपालिकाले सामाजिक विकासलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । उहाँले नगरपालिकाले विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम, स्वास्थ्य जाँचका लागि मेयर दीर्घायु कार्यक्रम, बाल पोषण भत्ता कार्यक्रम, सार्वजनिक जग्गा संरक्षण, विभिन्न खोलामा ‘करिडोर’ निर्माणलगायत कामहरू गरेको बताउनुभयो । एक लाख ३७ हजार जनसङ्ख्या भएको टोखामा हाल ११ वडा रहेका छन् ।

Previous Post

साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड

Next Post

प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

metakhabar

metakhabar

सम्बन्धित खबर

सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पहिलो पटक सगरमाथाको शिखरमा
आर्थिक

सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पहिलो पटक सगरमाथाको शिखरमा

३ जेष्ठ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
जीवन शैली

प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

३ जेष्ठ २०८३,
साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड
आवाज

साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड

३ जेष्ठ २०८३,
कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण
समाचार

कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण

३ जेष्ठ २०८३,
चीनबाट ठुलाे परिमाणमा तस्करी भएकाे भेपसहित तीन जना पक्राउ
फिचर-ब्यानर

चीनबाट ठुलाे परिमाणमा तस्करी भएकाे भेपसहित तीन जना पक्राउ

३ जेष्ठ २०८३,
महाभारतमा सात हजार कफीका बिरुवा वितरण
आर्थिक

महाभारतमा सात हजार कफीका बिरुवा वितरण

३ जेष्ठ २०८३,
Load More
Next Post
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In