• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वमा तनाव उत्कर्षमा

    मध्यपूर्वमा तनाव उत्कर्षमा

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२२ बैशाख २०८३,
0
फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फिलिपिन्सको प्रसिद्ध तर जोखिमपूर्ण मेयन ज्वालामुखीबाट एक्कासि खसेको बाक्लो खरानीले जनजीवन प्रभावित बनाउँदा ३०० भन्दा बढी परिवार विस्थापित भएका छन् । अधिकारीहरूका अनुसार सप्ताहन्तमा ज्वालामुखीको ढलानमा जम्मा भएको लावा एक्कासि खस्दा ठूलो मात्रामा खरानी फैलियो, जसका कारण आसपासका बस्तीहरू तत्काल खाली गराउनुपरेको थियो ।

अधिकारीहरूका अनुसार मेयनबाट कुनै ठूलो विस्फोट नभए पनि यसको दक्षिणपश्चिमी ढलानमा जम्मा भएको लावाको विशाल भण्डार अचानक खस्दा पाइरोक्लास्टिक प्रवाह उत्पन्न भएको थियो । फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका निर्देशक टेरेसिटो बाकोलकोलका अनुसार तातो चट्टान, खरानी र ग्यास मिसिएको यो प्रवाह शनिबार रातअघि तीव्र गतिमा तल झरेको थियो, जसले आसपासका क्षेत्रमा भय र त्रास फैलाएको थियो ।

यस घटनाबाट कुनै मानवीय क्षति नभएको जानकारी दिइएको छ । तर तीन सहरअन्तर्गत पर्ने ८७ वटा गाउँमा खरानीको बाक्लो बादल फैलिँदा जनजीवन प्रभावित भएको थियो । दृश्यता अत्यन्त न्यून हुँदा सवारी आवागमनमा समेत समस्या आएको अधिकारीहरूले बताएका छन् ।

ज्वालामुखीको फेदमा रहेको क्यामालिग सहरका मेयर कालोय बाल्डोका अनुसार खरानीको घनत्व यति धेरै थियो कि मुख्य राजमार्गमा समेत शून्यजस्तै दृश्यता भएको थियो । उहाँले केही स्थानीय बासिन्दा डराएको भए पनि प्रशासनले उनीहरूलाई संयमित रहन आग्रह गरेको जानकारी दिनुभयो ।

खरानीका कारण कृषिमा पनि असर परेको छ । विशेषगरी तरकारी खेतीमा क्षति पुगेको छ भने क्यामालिग क्षेत्रमा चार वटा पानी भैँसी र एउटा गाईको मृत्यु भएको बाल्डोले बताउनुभयो । अल्बे प्रान्तअन्तर्गत करिब आठ हजार जनसङ्ख्या रहेको उक्त क्षेत्रमा अहिले सफाइ र पुनःस्थापनाको काम जारी रहेको छ ।

निर्देशक बाकोलकोलका अनुसार हाल अवस्था केही शान्त देखिए पनि जोखिम पूर्ण रूपमा टरेको छैन । उहाँले मेयन ज्वालामुखी सधैँ सतर्कताका साथ निगरानीमा राखिएको उल्लेख गर्नुभयो ।

समुद्र सतहदेखि दुई हजार ४६२ मिटर (आठ हजार ७७ फिट) उचाइमा रहेको मेयन ज्वालामुखी यसको सममित शङ्कु आकारका कारण फिलिपिन्सको प्रमुख पर्यटकीय आकर्षण मानिन्छ । तर यही ज्वालामुखी देशका २४ सक्रिय ज्वालामुखीमध्ये सबैभन्दा सक्रिय पनि हो ।

यसअघि जनवरीमा साना विस्फोटहरूको शृङ्खलापछि अधिकारीहरूले पाँच–चरणीय चेतावनी प्रणालीअन्तर्गत जोखिम स्तर ३ मा बढाएका थिए । ती विस्फोटहरूले शिखर क्रेटरबाट गाडी बराबर आकारका चट्टानहरू बाहिर फ्याँकेको र घातक पाइरोक्लास्टिक प्रवाह उत्पन्न गरेको जनाइएको छ ।

चेतावनी प्रणालीअनुसार स्तर ५ पुगेको अवस्थामा ज्वालामुखीबाट अत्यन्त खतरनाक विस्फोट, लावा प्रवाह, भारी खरानी वर्षा र पाइरोक्लास्टिक प्रवाह हुने भएकाले मानव जीवनमा गम्भीर जोखिम हुने गर्दछ।

Previous Post

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

Next Post

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्वमा तनाव उत्कर्षमा
समाचार

मध्यपूर्वमा तनाव उत्कर्षमा

२२ बैशाख २०८३,
पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
आवाज

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

२२ बैशाख २०८३,
काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने
खेलमैदान

काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

२२ बैशाख २०८३,
भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान
आर्थिक

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

२२ बैशाख २०८३,
‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
आवाज

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

२२ बैशाख २०८३,
संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
फिचर-ब्यानर

संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

२२ बैशाख २०८३,
Load More
Next Post
भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In