• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुई घण्टामा काठमाडौं-पोखरा

    दुई घण्टामा काठमाडौं-पोखरा

    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो

    पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो

    बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

    मनसुनजन्य विपद्पछि पुनःनिर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दुई घण्टामा काठमाडौं-पोखरा

    दुई घण्टामा काठमाडौं-पोखरा

    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो

    पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो

    बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

    मनसुनजन्य विपद्पछि पुनःनिर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

लिङ्देनविरुद्ध बोल्दा राप्रपाबाट लखेटिए युवानेता रञ्जन कार्की

metakhabar by metakhabar
१२ बैशाख २०८३,
0
लिङ्देनविरुद्ध बोल्दा राप्रपाबाट लखेटिए युवानेता रञ्जन कार्की
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पार्टीभित्र आफ्ना आलोचकहरुप्रति असहिष्णुता देखाउँदै आएका अध्यक्ष राजेन्द्र लिङ्देनले युवा नेता रञ्जन कार्कीलाई सबै पदबाट बर्खास्त गरेका छन् । कार्कीलाई स्पष्टीकरणको मौका नदिई एकैपटक बर्खास्तको पत्र थमाइएको हो ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै पार्टी हितविपरीतका गतिविधि गरेकाले उनलाई पदमुक्त गरिएको बताएका छन् । विज्ञप्तिमा कार्कीविरुद्ध ६ वटा आरोप लगाइएको छ ।

पार्टीको नीति र नेतृत्वबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा निरन्तर अफवाह फैलाएको, घृणित अभिव्यक्ति दिएको, भ्रम फैलाउने काममा सक्रिय भएको, गत निर्वाचनमा मतदानको दिनसमेत जिल्ला नगएको, मतदानको प्रक्रियामा सहभागी नभएको, तर निर्वाचनको विषयमा बारम्बार दुषित टिप्पणी गर्ने गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्की विवेकशील साझा पार्टीबाट रविन्द्र मिश्रसँगै २०७९ सालमा राप्रपा प्रवेश गरेका हुन् । उनी मिश्रको स्वकीय सचिवका रुपमा समेत कार्यरत थिए । मिश्रले गत आमनिर्वाचनपछि राप्रपा त्यागे पनि कार्की भने पार्टीमै रहे । राप्रपाभित्र महामन्त्री डा. धवलशम्शेर राणाको गुटमा रहेका उनी सक्रिय र जुझारु युवानेतामध्ये पर्थे ।

पछिल्लो समय कार्की पार्टी नेतृत्वको खुला आलोचनामा उत्रिँदै आएका थिए । हालैमात्र उनले एक सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेतृत्वमाथि ६ बुँदे आरोप लगाएपछि संस्थापन पक्ष विच्किएको थियो । कार्कीले नेतृत्वले सत्तालिप्साको पराकाष्टा देखाएको, एजेन्डामा दोहोरो चरित्र प्रस्तुत गरेको, राजसंस्थाका लागि भएको आन्दोलनलाई धोका दिएको, विधान उल्लंघन गरेकोलगायतका विषयहरु उल्लेख थिए ।

त्यसअघि कार्कीले एक सञ्चारमाध्यममा दिएको अन्तर्वार्तालाई लिएर पनि अध्यक्ष लिङ्देन उनीप्रति आक्रोशित बनेको स्रोतले बताएको छ । अन्तर्वार्तामा उनले पार्टीका ९७ प्रतिशत उम्मेदवारको जमानत जफत हुँदा पनि नैतिकता देखाउन नसकेको भन्दै अध्यक्ष लिङदेनको आलोचना गरेका थिए ।

राप्रपा नेतृत्वले पार्टीप्रति कार्कीको वफादारितामै प्रश्न उठाएको छ । गत चुनावमा दोलखास्थित गौरीशंकर गाउँपालिकाको उनले मतदान गर्ने बुथमा शून्य भोट आएको आरोप लगाइएको छ ।

पार्टीका एक पदाधिकारीले भने, ‘उनको राप्रपाप्रति कुनै निष्ठा, प्रतिवद्धता र समर्थन थिएन । पार्टीभित्र बसेर पार्टीविरुद्ध गतिविधि गरिरहेका थिए । अध्यक्षले स्पष्टिकरणको आवश्यकता नै सम्झिनुभएन ।’ कार्कीलाई ह्वाट्सएपबाट बर्खास्तिको पत्र पठाइएको बुझिएको छ ।

कार्की भन्छन्-लिङ्देन केपी ओलीको दोस्रो संस्करण बन्न खोज्नुभयो

राप्रपाबाट निस्काशित भएपछि कार्कीले कडा प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले स्वेच्छाचारिता र निरंकुश प्रवित्ति देखाएको बताएका छन् । नेपाल प्रेससँग संक्षिप्त कुरा गर्दै उनले अध्यक्षको कार्यशैलीको आलोचना गरेकै आधारमा आफूलाई अपमानजनक ढंगले कारवाही गरिएको गुनासो गरे ।

उनले भने, ‘मलाई सामान्य स्पष्टीकरणसमेत नसोधी एकैपटक ह्वाट्एपबाट बर्खास्तको पत्र पठाइयो । योभन्दा अपमानजनक के हुन्छ ?’ कार्कीले पार्टी हितविपरितका गतिविधि गरेको आरोप अस्विकार गरेका छन् ।

उनी भन्छन्, ‘पार्टीमा भएका गलत गतिविधिहरुको विरोध गरेको हुँ । पार्टीमा रुपान्तरणको वकालत गरेको हुँ । यसकै आधारमा प्रतिशोध साध्ने काम भयो । म यसको घोर भर्त्सना गर्छु । अध्यक्ष लिङ्देन केपी ओलीको दोस्रो संस्करण बन्न खोज्नुभएको छ ।’

आफूहरुले पार्टीलाई नयाँ महाधिवेशनमार्फत नयाँ शिराबाट अघि बढाउन चाहेको उनले उल्लेख गरे । पार्टी फुटाउने क्रियाकलाप आफूबाट नभएको उनको भनाइ छ । अब पार्टीको संस्थापनइतरका नेताहरुसँग छलफल गरेर आफ्नो राजनीतिक जीवनबारे निर्णय लिने कार्की बताउँछन् ।

Previous Post

सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड

Next Post

मिथिलामा जानकी नवमीको उल्लास

metakhabar

metakhabar

सम्बन्धित खबर

दुई घण्टामा काठमाडौं-पोखरा
फिचर-ब्यानर

दुई घण्टामा काठमाडौं-पोखरा

२० अशोज २०८३,
बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी
फिचर-ब्यानर

बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

२० अशोज २०८३,
पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो
समाचार

पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो

२० अशोज २०८३,
बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश
समाचार

मनसुनजन्य विपद्पछि पुनःनिर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस

२० अशोज २०८३,
जमुनाहा नाकामा यात्रु सहायता कक्ष
समाचार

जमुनाहा नाकामा यात्रु सहायता कक्ष

२० अशोज २०८३,
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
समाचार

सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

२० अशोज २०८३,
Load More
Next Post
विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै

मिथिलामा जानकी नवमीको उल्लास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In