• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाथीभरामा पाँचौँ पटक हिमपात

    पाथीभरामा पाँचौँ पटक हिमपात

    श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

    श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

    ढोरपाटनमा भारी हिमपात

    ढोरपाटनमा भारी हिमपात

    मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

    मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

    बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पाथीभरामा पाँचौँ पटक हिमपात

    पाथीभरामा पाँचौँ पटक हिमपात

    श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

    श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

    ढोरपाटनमा भारी हिमपात

    ढोरपाटनमा भारी हिमपात

    मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

    मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

    बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गृह लफडाले ‘गृहयुद्ध’, राष्ट्रपति निर्वाचनसम्म इंगेज गराउने ओली रणनीति

by
२२ माघ २०७९,
0
गृह लफडाले ‘गृहयुद्ध’, राष्ट्रपति निर्वाचनसम्म इंगेज गराउने ओली रणनीति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृह मन्त्रालय दिने कि नदिने भन्ने विषयले गठबन्धनमा किचलो भएको छ । नागरिकता विवादमा सांसद पद खारेज भए पनि रवि गृहमन्त्री हुनैपर्ने अडानमा छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच अझै सहमति हुन सकेको छैन । रविलाई गृहमन्त्री दिनभन्दा पनि केपी ओली माओवादीको भागमा गृह मन्त्रालयको बागडोर नपरोस् भन्न चाहन्छन् । सोही कारण अहिलेसम्म यसमा सहमति हुन सकेको छैन ।

जति जति मन्त्रालयको विषय लम्बिँदै जान्छ, त्यति त्यति रवि लामिछानेको लोकप्रियता ओरालो लाग्छ भन्ने बुझाइमा प्रचण्ड र ओली भने सहमत छन् । सोही कारण यो विषयमा कुरा नमिलेको भन्दै दुवैले विवाद लम्ब्याइरहेको नेताहरूको बुझाई छ । निर्वाचनमा रास्वपाले समानुपातिकमा झन्डै माओवादी केन्द्रकै जति मत ल्याएको छ । कांग्रेस र एमालेको चार चार लाख मत खोसेको छ । सोही कारण रविको स्टारडम नखुम्चाइ अर्को निर्वाचनमा आफ्नो दल ठूलो बनाउन सकिन्न भन्ने ओली र प्रचण्डको विश्लेषण रहेको सत्तारुढ दल निकट एक नेताले बताए ।

सरकारमा रहने कि नरहने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आइतबार बिहान साढे ११ बजे बस्दैछ । बिहान ११ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । तर पार्टी बैठक भन्दै रास्वपाले संसद् बैठक नै बहिष्कार गरेको छ । रास्वपा संसदको चौथो ठूलो दल हो । प्रचण्डलाई जसरी पनि प्रधानमन्त्री बन्नुपर्ने इगोले गर्दा मात्र रविले चान्स पाएका हुन् । नत्र चौथो ठूलो दललाई सत्तामा जानु निकै हतार हुने आमजनताको बुझाई छ ।

सरकार बनाउने बेला पनि प्रचण्डले बोलाएर रवि लामिछाने गठबन्धनमा सामेल भएका होइनन् । कांग्रेस माओवादी गठबन्धन टुटाउने ओलीकै रणनीतिका कारण मात्र रविले चान्स पाएका हुन् । त्यही भएर अहिले प्रधानमन्त्री प्रचण्ड उनलाई गृह मन्त्रालय दिन तयार नदेखिएको बताइन्छ । मन्त्री बनेको एक महिनामा रवि निकै विवादमा आए । अहिले पनि उनीमाथि दोहोरो राहदानी कसुरमा अनुसन्धान चलिरहेकै छ ।

स्रोतका अनुसार रविलाई दोहोरो राहदानी कसुरमा प्रचण्ड र ओलीले पनि बचाउन सक्दैनन् । एक दिन न एक दिन उनीमाथि छानबिन भएरै छाड्ने छ । किनभने उनले दोहोरो राहदानी बोकेर विदेश भ्रमण गरेको अध्यागमन विभागले नै पुष्टि गरेको छ । सोही कारण यो पाँच वर्षभित्रमा रविको राजनीतिक करियर सिध्याउने विषयमा भने प्रचण्ड र ओली एकमत रहेको बुझिएको छ । सोही कारण रविको पार्टीलाई अर्को मन्त्रालय दिएर भए पनि अलमल्याएर राख्ने प्रपञ्च चलिरहेको छ ।

वर्तमान राजनीतिक अप्ठ्यारो झेल्दै गर्दा कम्तीमा पनि राष्ट्रपतिको निर्वाचनसम्म सरकारमै रास्वपालाई राख्ने एमाले अध्यक्ष ओलीको चाहना देखिन्छ । माओवादीले पनि तत्काल गठबन्धन टुटोस् भन्ने चाहेको छैन । सहमतिमै राष्ट्रपति छानियोस् भन्ने उसको मनशाय रहेको छ । माओवादी गृह मन्त्रालय कुनै हालतमा अन्य पार्टीलाई नदिने अडानमा छ । जसले जस्तो खालको दबाब दिए पनि माओवादी गृहको अडानबाट दायाँबायाँ नगर्ने मुडमा पुगेको बताइन्छ ।

एमाले पनि सरकारलाई छाडेर चटक्कै फर्कन नसक्ने अवस्थामा रहेकाले प्रधानमन्त्री प्रचण्ड ढुक्क रहेका छन् । एमालेले राष्ट्रपति नपाए पनि सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने कुनै आधार फेला नपरेकाले पनि राष्ट्रपतिको चुनाव र गृह मन्त्रालयको जिम्मेवारीमा माओवादीको हात माथि पर्दै गएको छ ।

राष्ट्रपतिको निर्वाचन मिति तोके पनि उम्मेदवारबारे ठोस कुराकानी नभएकाले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्ने प्रश्न नै नउठेको माओवादी नेताहरुको बुझाइ छ । यदि माओवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सहयोग गरेमा सरकारलाई दिएको समर्थन एकैचोटि फिर्ता लिने भनी ओलीले रवि लामिछानेलाई आश्वस्त पारेको बालकोट स्रोतले बतायो ।

Previous Post

नुवाकोटको विकास बजेट खर्च निराशाजनक

Next Post

बेलुन खसालिएको घटनाप्रति चीनद्वारा खेद प्रकट

सम्बन्धित खबर

पाथीभरामा पाँचौँ पटक हिमपात
आवाज

पाथीभरामा पाँचौँ पटक हिमपात

७ चैत्र २०८२,
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
फिचर-ब्यानर

श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

७ चैत्र २०८२,
ढोरपाटनमा भारी हिमपात
आर्थिक

ढोरपाटनमा भारी हिमपात

७ चैत्र २०८२,
मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
फिचर-ब्यानर

मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

७ चैत्र २०८२,
दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य
फिचर-ब्यानर

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

७ चैत्र २०८२,
बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु
फिचर-ब्यानर

बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

७ चैत्र २०८२,
Load More
Next Post
बेलुन खसालिएको घटनाप्रति चीनद्वारा खेद प्रकट

बेलुन खसालिएको घटनाप्रति चीनद्वारा खेद प्रकट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In