• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व तनाव चर्कियो

    मध्यपूर्व तनाव चर्कियो

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    पाथीभरामा पाँचौँ पटक हिमपात

    पाथीभरामा पाँचौँ पटक हिमपात

    श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

    श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

    ढोरपाटनमा भारी हिमपात

    ढोरपाटनमा भारी हिमपात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मध्यपूर्व तनाव चर्कियो

    मध्यपूर्व तनाव चर्कियो

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    पाथीभरामा पाँचौँ पटक हिमपात

    पाथीभरामा पाँचौँ पटक हिमपात

    श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

    श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

    ढोरपाटनमा भारी हिमपात

    ढोरपाटनमा भारी हिमपात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गहुँ सुक्न थालेपछि कृषक चिन्तित

by
२१ माघ २०७९,
0
गहुँ सुक्न थालेपछि कृषक चिन्तित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन – गत वर्ष यति बेला खेत बारीमा लगाइएका गहुँ जौँले बाला हाल्न सुरु गर्थे। समयमै वर्षा हुँदा कृषकले गहुँ उत्पादनमा घाटा ब्यहोर्नुपरेन। तर, यस वर्ष गहुँ लगाएपछि पानी नपर्दा किसान निरास बनेका छन्। लामो समयदेखि खडेरीले पसाउन थालेको गहुँ सुक्न थालेपछि कृषक चिन्तित बनेका हुन्। त्यसै त जिल्लामा गहुँ उत्पादन कम हुन्छ। त्यसमाथि वर्षा नहुँदा सुक्न थालेपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ। जिल्लाका अधिकांश क्षेत्रमा आकाशे पानीकै भरमा खेतीपाती गरिँदै आएको छ।

गहुँ लगाउँदादेखि नै रोकिएको वर्षा अहिलेसम्म नहुँदा गहुँ पसाउने बेलामा सुक्न थालेको गलकोट नगरपालिका–५ का इन्द्रबहादुर खत्रीले बताए। उनले बारीको मकै स्याहारेर गहुँ छरेपछि रोकिएको वर्षा अहिलेसम्म नहुँदा बीउसमेत उत्पादन नहुने चित्ना व्यक्त गरेका छन्।

खत्री भन्छन्, “यतिका महिना बितिसक्यो, पानी पर्दैन, बादल धामलधोमल गर्दा पानी आउँछकी भनेर आकाश तिर हेर्‍यो पानी पर्ने छाँटकाँट देखिएन, खेतबारीमा लगाएको गहुँ सुक्न थाले, आउँदो बर्खा के खाने होला, गहुँले फल देलाजस्तो छैन, बीउ पनि उत्पादन हुन्न भन्ने चिन्ता छ, बीउ बचेन भने त गाह्रो हुन्छ।”

गलकोट, जैमिनी, बागलुङ, निसीखोला, बरेङ लगायतका ठाउँमा राम्रो गहुँ उत्पादन हुन्छ। ढोरपाटन, तमान र ताराखोलामा जौँ उत्पादन हुँन्छ। जैमिनीका कृष्णप्रसाद शर्माले करिब आठ रोपनी खेत तथा बारीमा गहुँ लगाएको सुनाउँदै सिँचाइ गर्न नसक्दा सुक्दै गएको बताए। शर्माले पाखोबारीमा बढी गहुँ लगाएको भन्दै पाइपबाट पानी लगाउन सम्भव नभएको सुनाए।

“खेतमा अलिअलि कुलोबाट पानी ल्याएर लगाइयो, पाखो बारीमा लगाएको गहुँ सुकेर मर्न थालिसक्यो, पोहोरपरार पानी पथ्र्यो, बाली राम्रै हुन्थ्यो, यसपालि खै धेरै समय भयो पानी परेकै छैन”, शर्माले भने, “पाटामा लगाएको गहुँमा पाइपबाट पानी लगाउँ भने सम्भव छैन, अब एक सातासम्म पानी नपरेर यस्तै घाम लागि रह्यो भने गहुँ सबै सुक्छ।”

बागलुङमा कूल सात हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ। यस वर्ष समयमा पानी नपर्दा गहुँ उत्पादनमा गिरावट आउने कृषि ज्ञान केन्द्र बागलुङको आँकलन छ। केन्द्रका सूचना अधिकारी कुमार पुन सिँचाइ सुविधा भएका खेत र आकाशे पानीको भरमा खेती गरिने बारीमा पनि गहुँ खेती गर्दै आएको बताउँछन्।

पुन भन्छन्, “कृषकले गहुँ लगाएपछि लामो समय खडेरी पर्‍यो, सामान्यतया गहुँ लगाएको दुई÷तीन हप्तामा राम्रो सिँचाइको आवश्यकता हुन्छ, तर यस वर्ष त्यो हुन सकेन, यसले गहुँ उत्पादनमा धेरै गिरावट आउने देखिएको छ।” जिल्लामा गौतम, विजय, स्वर्गद्वारी र धौलागिरि जातको गहुँ लगाइन्छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका अनुसार जिल्लामा ४६ हजार एकसय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ। त्यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सहज छ।

खेतीयोग्य जमिनको २० दशमलव १५ प्रतिशत जमिनमा सिँचाइको सुविधा छ। त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर छ। पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिनसमेत बाँझिदै गएका छन्।

Previous Post

भारतीय पत्रकार २८ महिनापछि जेलबाट रिहा

Next Post

कस्तो छ आज (२०७९ साल माघ २२ गते आइतबार) को राशिफल ?

सम्बन्धित खबर

मध्यपूर्व तनाव चर्कियो
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्कियो

७ चैत्र २०८२,
कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
आर्थिक

कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

७ चैत्र २०८२,
दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी
आर्थिक

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

७ चैत्र २०८२,
पाथीभरामा पाँचौँ पटक हिमपात
आवाज

पाथीभरामा पाँचौँ पटक हिमपात

७ चैत्र २०८२,
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
फिचर-ब्यानर

श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

७ चैत्र २०८२,
ढोरपाटनमा भारी हिमपात
आर्थिक

ढोरपाटनमा भारी हिमपात

७ चैत्र २०८२,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

कस्तो छ आज (२०७९ साल माघ २२ गते आइतबार) को राशिफल ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In