• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

metakhabar by metakhabar
२३ चैत्र २०८२,
0
चन्द्र अध्ययनमा मानव आँखाको भरोसा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अत्याधुनिक प्रविधिको युगमा समेत चन्द्रमाको अध्ययनका लागि नासाले फेरि मानव आँखामाथि नै भरोसा गर्न लागेको छ । मानवले पहिलो पटक चन्द्रमाको वरिपरि उडान गरेको पाँच दशकभन्दा बढी समयपछि आर्टेमिस–२ का अन्तरिक्ष यात्रीहरूले सोमबार उक्त उपलब्धि दोहोर्‍याउँदै चन्द्र सतहको अवलोकन आफ्नै आँखाबाट गर्ने तयारी गरेका छन् ।

अपोलो मिसनपछि प्रविधिमा ठूलो प्रगति भए पनि नासाका वैज्ञानिकहरू अझै पनि प्रत्यक्ष मानवीय दृष्टिलाई अपरिहार्य ठानिरहेका छन् । आर्टेमिस–२ मिसनका प्रमुख वैज्ञानिक केल्सी यङका अनुसार मानव आँखा आफैँमा सबैभन्दा सक्षम ‘क्यामेरा’ हो, जसले सूक्ष्म विवरण र रङहरू क्यामेराभन्दा प्रभावकारी रूपमा छुट्याउन सक्छ । उहाँले मानव आँखामा रहेका रिसेप्टरहरूको सङ्ख्या अत्यधिक हुने भएकाले दृश्य विश्लेषणमा यसको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।

आधुनिक क्यामेराहरू केही पक्षमा अगाडि भए पनि मानव आँखाको रङ छुट्याउने क्षमता, सन्दर्भ बुझ्ने क्षमता र प्रकाशसँगको अन्तरक्रिया विश्लेषण गर्ने क्षमता अझै अद्वितीय रहेको उहाँको भनाइ छ । प्रकाशको कोण बदलिँदा सतहको बनावट र रङ कसरी परिवर्तन हुन्छ भन्ने कुरा मानिसले सहज रूपमा बुझ्न सक्छन्, जुन वैज्ञानिक रूपमा अत्यन्त उपयोगी मानिन्छ ।

ओरियन अन्तरिक्षयानका चालक भिक्टर ग्लोभरले प्रस्थानअघि मानव आँखालाई ‘जादुई उपकरण’ का रूपमा वर्णन गर्नुभएको थियो । अन्तरिक्ष यात्रामा उनीहरूले प्रत्यक्ष अवलोकनमार्फत चन्द्र सतहका सूक्ष्म परिवर्तनहरू पहिचान गर्ने अपेक्षा गरिएको छ ।

यस मिसनका चार सदस्यीय टोलीले दुई वर्षभन्दा बढी समय कठोर प्रशिक्षणमा बिताएका छन् । कक्षाकोठा अध्ययनसँगै आइसल्यान्ड र क्यानाडामा गरिएको भूगर्भीय अभ्यास तथा चन्द्र उडानका सिमुलेसनमार्फत उनीहरूलाई ‘फिल्ड वैज्ञानिक’ बनाउने लक्ष्य राखिएको थियो । अमेरिकी अन्तरिक्ष यात्री रिड वाइजम्यान, भिक्टर ग्लोभर र क्रिस्टिना कोचसँगै क्यानाडाका जेरेमी ह्यानसेनले चन्द्रमाका १५ प्रमुख भू–विशेषताहरू कण्ठ पारेर आफूलाई अभिमुखीकरण गर्न अभ्यास गर्नुभएको छ ।

प्रशिक्षणका क्रममा इनफ्लेटेबल चन्द्र ग्लोब प्रयोग गरी सूर्यको कोणले सतहको रङ र बनावटमा पार्ने प्रभाव अवलोकन गरिएको थियो । यसले उनीहरूको अवलोकन क्षमता र नोट लिने सीपलाई अझ परिष्कृत बनाएको वैज्ञानिकहरूको विश्वास छ । केल्सी यङका अनुसार टोली उत्साहित मात्र होइन, पूर्ण रूपमा तयार पनि छ ।

मिसनअन्तर्गत अन्तरिक्ष यात्रीहरूले नासाले तय गरेका १० प्रमुख वैज्ञानिक उद्देश्यअनुसार विभिन्न चन्द्र स्थलहरूको अध्ययन गर्नेछन् । चन्द्रमाको वरिपरि हुने उडान केही घन्टासम्म चल्नेछ, जसमा उनीहरूले क्यामेरासँगै आफ्नै आँखाबाट प्रत्यक्ष अवलोकन गर्नेछन् ।

नासाका ग्रह भू–अध्ययन प्रमुख नोआ पेट्रोका अनुसार चन्द्रमा अन्तरिक्ष यात्रीहरूलाई हातको दूरीमा राखिएको बास्केटबलजस्तो देखिनेछ । उहाँले सबैभन्दा चासोको विषय चन्द्र सतहमा देखिने सूक्ष्म रङहरूको पहिचान हुने बताउनुभयो, जसले त्यहाँको संरचना र इतिहासबारे महत्त्वपूर्ण सङ्केत दिन सक्छ ।

लुनार एन्ड प्लेनेटरी इन्स्टिच्युटका डेभिड क्रिङले अपोलो युगपछि धेरै उच्च–रिजोलुसन तस्बिरहरू उपलब्ध भइसकेकाले नयाँ ठूलो खोजको सम्भावना कम भए पनि अन्तरिक्ष यात्रीहरूले प्रत्यक्ष देखेका विवरणहरूको वर्णन आफैँमा ऐतिहासिक हुने बताउनुभयो । उहाँका अनुसार यस्तो प्रत्यक्ष अनुभव कम्तीमा दुई पुस्ताले पहिलो पटक सुन्न पाउनेछन् ।

आर्टेमिस–२ को उडान नासाले प्रत्यक्ष प्रसारण गर्नेछ, यद्यपि अन्तरिक्षयान चन्द्रमाको पछाडिपट्टि पुग्दा केही समय सम्पर्क विच्छेद हुनेछ । केल्सी यङले सिमुलेसनका क्रममा अन्तरिक्ष यात्रीहरूले दिएका विवरण सुन्दा नै रोमाञ्चक अनुभूति भएको उल्लेख गर्दै वास्तविक उडानमा अझ असाधारण अवलोकन आउने विश्वास व्यक्त गर्नुभयो ।

Previous Post

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

Next Post

मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

metakhabar

metakhabar

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post

मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In