• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

    मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

    बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

    बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

    पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

    पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

metakhabar by metakhabar
२० चैत्र २०८२,
0
भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २० चैतः भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने भएको छ । त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालको शिक्षा, स्वास्थ्य र कृषि जस्ता क्षेत्रमा ७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाउन हेतु काठमाडौँस्थित भारतीय राजदूतावास, नेपाल सरकारको सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरुबीच आज समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भयो । यी परियोजनाहरूको कुल अनुमानित लागत नेरु. ४७.३ करोड रहेको छ ।

यी ७ वटा परियोजनाहरु क्रमश : (१) गण्डकी प्रदेशको नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं. २ मा कोल्ड स्टोरको निर्माण (२) कोशी प्रदेशको तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वडा नं. २ मा कोल्ड स्टोरको निर्माण (३) गण्डकी प्रदेशको मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका-२ मा जनबल माध्यमिक विद्यालयको विद्यालय भवन, छात्रावास र चमेनागृहको निर्माण (४) सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको गौरीगङ्गा नगरपालिका वडा नं. ११ मा श्री कालिका प्राथमिक विद्यालय भवन निर्माण (५) मधेश प्रदेशको रौतहट जिल्लाको परोहा नगरपालिका–४ मा परोहा बर्थिङ्ग सेन्टर (प्रसूति केन्द्र) को निर्माण (६) कर्णाली प्रदेशको डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–७ मा श्री कस्तुरी माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण (७) लुम्बिनी प्रदेशको बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नं. ४ मा श्री जनकल्याण माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण रहेका छन् । यी आयोजनाहरू नगरपालिका र गाउँपालिका लगायत नेपाल सरकारका स्थानीय निकाय तथा संस्थाहरू मार्फत कार्यान्वयन गरिनेछन् ।

सन् २००३ यता भारत सरकारले नेपालमा आज समझदारी पत्रमा हस्ताक्षर गरिएका ७ वटा परियोजनाहरू सहित ५९८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ । यी मध्ये स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, कनेक्टिभिटी, सरसफाई र सार्वजनिक संरचनाहरूको निर्माणका क्षेत्रमा ५०६ वटा परियोजनाहरू सम्पन्न भइसकेका छन् । यी परियोजनाहरू नेपालका सबै ७ वटा प्रदेशमा फैलिएका छन् । बाँकी परियोजनाहरू कार्यान्वयनका विभिन्न चरणहरूमा रहेका छन् ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकता क्षेत्रहरूमा पूर्वाधार सुदृढ गर्नुका साथै विकास र समृद्धि प्रवर्द्धनमा नेपाल सरकारको प्रयासलाई बलियो बनाउन भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

Previous Post

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
आर्थिक

मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक ः स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

३ भदौ २०८३,
बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन
समाचार

बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

३ भदौ २०८३,
पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
अन्तर्राष्ट्रिय

पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

३ भदौ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In