• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    जनता रिसाए भन्ने चिन्ता गरौँ : सभापति थापा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    यस्तो छ आजको मौसम पूर्वानुमान

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    जनता रिसाए भन्ने चिन्ता गरौँ : सभापति थापा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    यस्तो छ आजको मौसम पूर्वानुमान

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आलेखः खुल्ला आकाशमुनिको ‘ट्युसन’ कक्षा

metakhabar by metakhabar
१९ चैत्र २०८२,
0
आलेखः खुल्ला आकाशमुनिको ‘ट्युसन’ कक्षा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धरान (सुनसरी), १९ चैतः पिपलको छहारीमुनि विछच्याइएका छन् प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ,‘श्री पिपलबोटे खुल्ला विद्यालय’ । जहाँ नर्सरीदेखि कक्षा ७ सम्म पढ्ने ३०÷३५ जना बालबालिका दिनहुँ बिहान ७ बजे किताब, कापी र कलम च्यापेर ट्युसन (अध्यापन कक्षा) पढ्न आइपुग्छन् । चन्द्र सर अर्थात चन्द्र भण्डारीले ती बालबालिकालाई लेखपढमा सहायता गर्नुहुन्छ । विद्यालयमा पढ्दा नबुझेका पाठहरु बुझाउनुहुन्छ । गृहकार्य गर्न सहजीकरण गर्नुहुन्छ । यो दृश्य हो, इटहरीको व्यस्त सडक पूर्व–पश्चिम राजमार्ग पर्ने इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको गल्ली ।

नाम जस्तै यस खुला आकाशमुनि पठनपाठन सञ्चालन हुन थालेको तीन दशक बढी भइसकेको छ । पिपलको रुखमुनि निरन्तर सिकाई गतिविधि सञ्चालन गर्दै आएको हुनाले ‘पिपलबोटे खुल्ला विद्यालय’ नाम दिइएको छ । तर, यो दर्ता गरिएको औपचारिक विद्यालय वा शैक्षिक केन्द्र भने हुँदै होइन, भण्डारीको व्यक्तिगत पहल, अदम्य इच्छाशक्ति र समर्पणले गर्दा निरन्तरता पाएको शैक्षिक अभियान हो । उहाँले विपन्न, गरिब तथा सीमान्तकृत समुदायका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आउनु भएको योगदानस्वरुप छरछिमेकमा सबैले ‘चन्द्र सर’ को उपमा दिएका छन् ।

सङ्घर्षले सिकाएको सेवाभाव
सुनसरीको छिमेकी जिल्ला धनकुटाको कागते–६ मा बुबा श्रीकान्त भण्डारी र आमा मनमाया भण्डारीको कोखबाट २०२२ सालमा जन्मिनुभएका चन्द्र भण्डारी चार सन्तानमध्ये कान्छा छोरा हुनुहुन्छ । सामान्य परिवारमा जन्मिएर हुर्किनुभएका उहाँले बाल्यकालमै अभाव र सङ्घर्ष झेल्नुभयो । गुजाराको खोजीमा आमाबाट ५० रुपैयाँ खर्च लिएर उहाँ २०४४ सालमा इटहरी झर्नुभएको थियो ।

इटहरीमा दाजु आफन्त पर्नेहरुसँग ग्यारेजमा मेसिन बनाउने काम थाल्नुभयो । केही समयपछि एक साथीसँग मिलेर हटिया बजारमा थानको कपडाको व्यापार गर्नुभयो । तर करिब छ महिनामै त्यो व्यापार बन्द भयो । कपडा व्यापारमा सफलता नमिलेपछि बाँसको व्यापारमा लाग्नुभयो । २०५१ सालदेखि उहाँले टेङ्ग्राखोला नजिकै बाँसको व्यापार सुरु गर्नुभएको थियो । धरानको पानमारा, मोरङको केराबारी र धनकुटाबाट त्यसबेला २० देखि २३ रुपैयाँमा किनिएको बाँस रु २५ मा बिक्री हुने गथ्र्यो दुई रुपैयाँ नाफा हुन्थ्यो । बाँस खरिद गरेर सुनसरीका विभिन्न स्थान शान्तिझोडा, तरहरा, इटहरीलगायतका ठाउँमा बिक्री गर्दै उहाँले आफ्नो व्यवसाय विस्तार गर्नुभयो ।

यही क्रममा स्कुल जाने उमेरका बालबालिका बाँसका चाङ वरिपरि धुलोमाटोमा खेल्दै गरेको भण्डारीले देख्नुभयो । “उनीहरुका बाआमालाई छोराछोरी पढाउनुपर्छ भन्ने चेतना सायदै थियो,” उहाँ सम्झनुहुन्छ, “मलाई भने गरिबी र अभावले पढाइ अधुरै छाड्नुपरेको बाल्यकालको झल्को आयो ।” यसपछि उहाँले बालबालिकालाई भेला गरेर पढाउने निधो गर्नुभयो । सुरुमा उहाँले त्यहाँ आउने १० जना बालबालिकालाई भेला गरेर बिहान र बेलुका दुईदेखि तीन घण्टा निःशुल्क ट्युसन पढाउन सुरु गर्नुभयो । मलाई लाग्थ्यो बालबालिकालाई ‘अक्षर चिनाएपछि स्कुल जाने बाटो पक्कै खुल्छ, यही बाँसको व्यापारले जीवनको सबैभन्दा ठूलो उद्देश्य पनि देखायो अनि बालबालिकाको पीडाले खुल्ला विद्यालय पनि जन्मियो ।

विपन्न परिवारका बालबालिकालाई भरोसा

उहाँको यो प्रयास विस्तारै फैलिँदै गयो । स्थानीय समुदायमा चर्चा बढ्दै जाँदा विद्यार्थी थपिदै गए पहिला खोला किनारमा सानो कटेज जस्तो टहरो थियो त्यही टहरोमा बालबालिकालाई राखेर ट्युसन पढाउने चाजोपाजो मिलाइएको थियो । बिहानबेलुका गरी ४० देखि ५० जना बालबालिका पढ्न आउँथे तर २०६० सालमा उक्त कटेज भत्किएपछि उहाँले कक्षा खुला आकाशमुनि नै पढाउदै आउनुभएको छ । भण्डारी सम्झनुहुन्छ, “कटेज भत्किए पनि बालबालिकामा पढ्ने चाहना थियोे, उनीहरुले घरबाट बोरा ल्याएर भूइँमा विछ््याएर सिकाइ माग्न थाले ।” सुविधा केही थिएन तर पढ्ने चाहना देखिन्थ्योे, उहाँ सम्झनुहुन्छ ।

बर्खामासको भेलबाढी होस् वा हिउँद्को सुख्खा खडेरी, टेङ्ग्रा खोलाको धमिलो पानी, बर्खामा आउने बाढी, कहिले सुक्खा यी सबै चुनौतीबीच पनि चन्द्र भण्डारीको ट्युसन कहिल्यै रोकिएन । न कहिल्यै अवरोधले रोकेको छ, न कहिल्यै उहाँलाई अल्छी नै लागेको छ । बालबालिकालाई ट्युसन पढाउन छोड्नुभएन । कोभिड–१९ महामारीका बेला देशभर बन्दाबन्दी चल्दासमेत उहाँले हार भने मान्नुभएन घरबाटै अनलाइन कक्षा सञ्चालन गर्नुभएको थियो । कोभिड–१९ पछि विद्यार्थी घट्दै गए अहिले उहाँले दैनिक ३० देखि ३५ जना बालबालिकालाई नियमित ट्युसन पढाउदै आउनु भएको बताउनुभयो ।

विपन्न परिवारका बालबालिकाका लागि विद्यालयको शिक्षाको अलवा थप सिक्ने अवसरको केन्द्र बनेको छ । यहाँ आउने अधिकांश बालबालिका मकै पोलेर बेच्ने, बदाम बेच्ने, जुत्ता पालिस गर्ने, रिक्सा चलाउने जस्ता श्रमिक परिवारका छोराछोरीहरु छन् । मध्यम र उच्च वर्गका केही बालबालिका पनि यहाँ पढ्छन् ।
भण्डारी ट्युसन पढाउने मात्रै सीमित हुनुहुन्न । उहाँले जन्मदिनको अवसर पारेर पढ्न आउने बालबालिकालाई कापी, कलम र पुस्तक उपहार दिने गर्नुहुन्छ । कतिपय सहयोगी हातहरु पनि शैक्षिक सामग्री र लत्ताकपडाको सहायता लिएर आइपुग्ने गर्छन् । सिकाइको अतिरिक्त शैक्षिक सामग्री तथा लत्ताकपडा उपहार र सहायताले बालबालिकालाई हौसला थप्ने गरेको छ । भण्डारीलाई बालबालिकालाई सिकाउने व्यवस्थित ठाउँको अभाव खड्किरहेको छ । उहाँ भन्नुहुन्छ, “घामपानी छल्ने एउटा व्यवस्थित स्थानमा राखेर पढाउन पाए अझ राम्रो हुन्थ्यो ।”

सेवाको कदर

भण्डारीको स्वतस्फूर्त सेवाभावको कदर गर्दै झण्डै हजारौँ सङ्घसंस्थाले सम्मान गरेका छन् । झापा दमकको ‘पढ्ने घर’ संस्थाले २०७१ सालमा पहिलोपटक सम्मान गरेको थियो । त्यसपछि विभिन्न सङ्घसंस्था, विद्यालय र कलेजबाट दर्जनौँ सम्मान र अवार्ड प्राप्त गरिसक्नु भएको छ । दीर्घकालीन सेवाको कदर गर्दै भण्डारीलाई प्रतिष्ठित ‘युएसए–नेपाल ह्युमानिटेरियन सर्भिस अवार्ड २०१७’ प्रदान गरिएको थियो । विपन्न वर्गका बालबालिकालाई लक्षित गरी निःशुल्क ट्युसन शिक्षणमार्फत पु¥याएको योगदानको कदर गर्दै २०७२ सालमा इटहरीस्थित सेक्रेड हार्ट इङ्लिस स्कुलको २०औँ वार्षिकोत्सवको अवसरमा भण्डारीलाई सम्मान गरेको थियो । यस्तै मानव अधिकार तथा शान्ति समाजले नगदसहित सम्मान गरेको छ । अन्य विभिन्न निकायहरुबट पनि उहाँलाई सम्मानपत्र प्रदान गरेको थियो ।

भण्डारीका लागि सम्मानहरू केबल कागजमा लेखिएका शब्द मात्र होइनन् ती सबै उहाँप्रतिको समाजको भरोसा र माया हुन्, जसले उहाँलाई अझै अघि बढ्न प्रेरित गरिरहेको छ । भण्डारी भन्नुहुन्छ, ‘‘कर्म गर्नु मेरो कर्तव्य हो, फलको आशा गरेको छैन ।’’ ती सम्मानले झन जिम्मेवारीबोध गराएको छ, जहिलेसम्म सक्छु स्वास्थ्यले साथ दिएसम्म बालबालिकाहरुलाई पढाउने, सिकाउने कर्म गरिरहन्छु ।” उहाँका लागि यो निःशुल्क शिक्षा दिनु पेसा नभएर जीवनको उद्देश्य आत्मसन्तुष्टिको स्रोत बनेको छ । यही निस्वार्थ भावनाले उहाँलाई तीन दशक भन्दा बढी समयदेखि यही एउटै ठाउँमा उभ्याइरहेको छ ।

दुःख सुख तीन दशकभन्दा बढी समय यसरी नै बिताएँ म खुसी छु, पढ्न आउने बालबालिका पनि खुसी छन् । यही खुसीले उहाँलाई हरेक दिन फेरि पिपलको छहारीमुनि उभिन प्रेरित गरिरहेको छ । भण्डारी शैक्षिक र सामाजिक सचेतनाको संवाहकका रुपमा परिचित हुनुहुन्छ । उहाँले पढाउनु भएका विद्यार्थीहरू हाल कोही उच्च शिक्षा र रोजगारीको सिलसिलामा अमेरिका पुगेका छन् भने कोही नेपालमै विभिन्न पेसा व्यवसायमा संलग्न छन् ।

Previous Post

आर्थिक गणना वैशाख २ देखि

Next Post

जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने

metakhabar

metakhabar

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ जेष्ठ २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
आर्थिक

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

२७ जेष्ठ २०८३,
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
आवाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

२७ जेष्ठ २०८३,
आवाज

जनता रिसाए भन्ने चिन्ता गरौँ : सभापति थापा

२७ जेष्ठ २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

यस्तो छ आजको मौसम पूर्वानुमान

२७ जेष्ठ २०८३,
कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
फिचर-ब्यानर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३,
Load More
Next Post
जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने

जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In