• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

    लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

    आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इरान, ओमान, साउदी अरेबियाद्वारा स्ट्रेट अफ होर्मुजलाई सुरक्षित गर्न संयुक्त प्रयासको आह्वान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

metakhabar by metakhabar
१६ चैत्र २०८२,
0
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यमनका हुथी विद्रोहीहरू युद्धमा प्रत्यक्ष रूपमा सामेल भएसँगै मध्यपूर्व द्वन्द्व थप जटिल बन्दै गएको छ । यसैबीच इरानले खाडी क्षेत्रमा रहेका दुई प्रमुख एल्युमिनियम प्लान्टमा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गर्दै क्षेत्रीय आर्थिक जोखिम थप गहिरिएको सङ्केत दिएको छ ।

फेब्रुअरी २८ मा इरानमाथि अमेरिका–इजरायलद्वारा गरिएको आक्रमणपछि सुरु भएको युद्ध अहिले क्षेत्रभर फैलिएको छ । यसले विश्व ऊर्जा बजारमा दबाब सिर्जना गर्नुका साथै विश्व अर्थतन्त्रमा नकारात्मक असर पर्ने चिन्ता बढाएको छ । वासिङ्टन र तेहरानबीच सम्भावित वार्ताको अवस्था अझै अनिश्चित रहँदा दैनिक आक्रमण र प्रतिआक्रमण जारी छन् ।

आइतबार बिहान तेहरानमै दुई शक्तिशाली विस्फोटले सहर हल्लिएको एएफपीका संवाददाताले जनाएका छन्, यद्यपि लक्षित स्थान स्पष्ट हुन सकेको छैन । कतारी समाचार च्यानल अल अरबीले आफ्नो तेहरानस्थित कार्यालय रहेको भवनमा इजरायली क्षेप्यास्त्र प्रहार भएको दाबी गरेको छ । सार्वजनिक गरिएको भिडियोमा फुटेका झ्याल, चकनाचुर काँच र बाहिर सडकभरि छरिएका भग्नावशेष देखिएका छन् । एक स्थानीय कलाकारका अनुसार अघिल्लो रातको आक्रमण यति तीव्र थियो कि ‘सम्पूर्ण सहर नै थरथराएको’ अनुभूति भएको थियो ।

इरानको राज्य सञ्चारमाध्यमका अनुसार अमेरिका–इजरायल आक्रमणले स्ट्रेट अफ होर्मुज नजिकैको बन्दर खमीर बन्दरगाह क्षेत्रमा पनि प्रहार गरेको छ । उक्त क्षेत्रबाट इरानले शत्रु शक्तिहरूसँग सम्बन्धित ढुवानी रोकिएको दाबी गरेको छ ।

यसको जवाफस्वरूप इरानको रिभोलुसनरी गाड्र्सले बहराइन र संयुक्त अरब इमिरेट्समा रहेका विश्वका दुई ठूला एल्युमिनियम उद्योगसँग सम्बन्धित प्लान्टहरूमा मिसाइल तथा ड्रोन प्रहार गरेको जनाएको छ । ती उद्योगहरूलाई अमेरिकी सेना र एयरोस्पेस क्षेत्रसँग सम्बन्धित भन्दै लक्ष्य बनाइएको बताइएको छ । एमिरेट्स ग्लोबल एल्युमिनियमले आक्रमणमा छ जना घाइते भएको र संरचनामा ठूलो क्षति पुगेको जनाएको छ भने बहराइनमा एल्युमिनियम बहराइनका दुई कर्मचारी घाइते भएको त्यहाँको राज्य मिडियाले पुष्टि गरेको छ ।

यसैबीच, यमनका हुथी विद्रोहीहरूले शनिबार इजरायलका रणनीतिक स्थानहरूमा ‘क्रुज मिसाइल र ड्रोनको व्यापक आक्रमण’ गरेको दाबी गर्दै युद्धमा आफ्नो पहिलो प्रत्यक्ष सहभागिता जनाएका छन् । यसले द्वन्द्वलाई लाल सागर क्षेत्रसम्म विस्तार गर्ने सङ्केत दिएको छ, जसले साउदी अरेबियालाई आफ्नो तेल निर्यात मार्ग परिवर्तन गर्न बाध्य बनाएको छ ।

यसअघि पनि गाजामा इजरायलको सैन्य कारबाहीका क्रममा हुथीहरूले लाल सागर र एडनको खाडीमा जहाजहरूलाई लक्षित गर्दै आक्रमण गरेका थिए, जसका कारण अन्तर्राष्ट्रिय व्यापारिक मार्गहरू प्रभावित भएका थिए ।

द्वन्द्व विस्तार हुँदै जाँदा इराक र सिरिया पनि प्रभावित बन्दै गएका छन् । सिरियाली अधिकारीहरूले आइतबार इराकबाट अमेरिकी सैन्य अड्डालाई लक्षित गरी पठाइएको ड्रोन आक्रमण विफल बनाइएको बताएका छन्, जुन इरान समर्थित समूहहरूले दाबी गरेका आक्रमणहरूको शृङ्खलापछि भएको हो ।

तनाव कम गर्ने प्रयासस्वरूप पाकिस्तानले सोमबार इस्लामाबादमा साउदी अरेबिया, टर्की र इजिप्टका विदेशमन्त्रीहरूलाई आमन्त्रण गर्दै कूटनीतिक पहल अघि बढाएको छ । पाकिस्तानका विदेशमन्त्री इशाक दारले इरानी समकक्षीसँगको संवादमा वार्ता नै स्थायी समाधानको मार्ग भएको उल्लेख गर्नुभएको छ । जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले पनि अमेरिका–इरान प्रत्यक्ष वार्ता छिट्टै हुन सक्ने सङ्केत गर्नुभएको छ ।

अमेरिकी पक्षबाट पनि गतिविधि तीव्र देखिएको छ । अमेरिकी विशेष दूत स्टिभ विटकफले १५ बुँदे समाधान प्रस्ताव अघि सारेको जनाइएको छ । यसैबीच, करिब तीन हजार ५०० मरीन र नाविक बोकेको युएसएस त्रिपोली युद्धपोत मध्यपूर्व पुगेको छ ।

अमेरिकी उपराष्ट्रपति जे डी भान्सले अमेरिका आफ्ना सैन्य उद्देश्य पूरा गर्न सफल भएको दाबी गर्दै पनि युद्ध अझ केही समय जारी रहने सङ्केत गर्नुभएको छ । यसैबीच पेन्टागनले खारग टापु र स्ट्रेट अफ होर्मुज आसपास सम्भावित स्थल कारबाहीका लागि योजना बनाइरहेको समाचार सार्वजनिक भएको छ, यद्यपि राष्ट्रपति ट्रम्पले औपचारिक स्वीकृति दिनुभएको छैन ।

यस तनावपूर्ण अवस्थाबीच इरानले अमेरिकी विश्वविद्यालयहरूलाई पनि चेतावनी दिएको छ । रिभोलुसनरी गार्ड्सले अमेरिका–इजरायल आक्रमणको निन्दा नगरे मध्यपूर्वस्थित अमेरिकी क्याम्पसहरूलाई लक्ष्य बनाइने धम्की दिएको छ ।

अर्कोतर्फ, लेबनानमा इजरायली आक्रमण जारी छ । तेहरान समर्थित हिजबुल्लाहले मार्च २ मा इजरायलतर्फ रकेट प्रहार गरेपछि सुरु भएको झडपमा शनिबार तीन पत्रकार मारिएका छन् । लेबनानी राष्ट्रपति जोसेफ अउन र प्रधानमन्त्री नवाफ सलामले उक्त घटनालाई युद्ध अपराधको संज्ञा दिनुभयो । स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानमा इजरायली आक्रमणमा नौ जना प्यारामेडिक्सको पनि मृत्यु भएको छ ।

आइतबार इजरायलले दक्षिण लेबनानमा आफ्ना एक सैनिकको मृत्यु भएको पुष्टि गरेको छ । यसैबीच बेरुत नजिक विस्थापित एक आमा नासिमा इस्माइलले आफ्ना सन्तानको सुरक्षाको कामना गर्दै ‘हाम्रोभन्दा राम्रो दिन देखून्’ भन्ने आशा व्यक्त गर्नुभएको छ ।

Previous Post

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

Next Post

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

metakhabar

metakhabar

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१३ साउन २०८३,
बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश
आर्थिक

लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले

१३ साउन २०८३,
विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत
फिचर-ब्यानर

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

१३ साउन २०८३,
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
फिचर-ब्यानर

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

१३ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इरान, ओमान, साउदी अरेबियाद्वारा स्ट्रेट अफ होर्मुजलाई सुरक्षित गर्न संयुक्त प्रयासको आह्वान

१३ साउन २०८३,
Load More
Next Post
‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In