• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

    खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘न्यु रेसुङ्गा फेमिलि भोजनालय एण्ड सेकुवा कर्नर’: असली अर्ग्यानिक स्वाद शान्तीनगर, बबरमहल, बानेश्वर र कोटेश्वरमा

metakhabar by metakhabar
१६ चैत्र २०८२,
0
‘न्यु रेसुङ्गा फेमिलि भोजनालय एण्ड सेकुवा कर्नर’: असली अर्ग्यानिक स्वाद शान्तीनगर, बबरमहल, बानेश्वर र कोटेश्वरमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंको व्यस्त जीवनशैलीबीच शुद्ध, घरेलु र अर्ग्यानिक स्वाद खोज्नेहरूको लागि शान्तिनगरमा रहेको ‘न्यु रेसुङ्गा फेमिलि भोजनालय एण्ड सेकुवा कर्नर’ अहिले विशेष आकर्षणको केन्द्र बनेको छ । बाहिरबाट सामान्य देखिने यो भोजनालयभित्र पस्नेबित्तिकै गाउँघरको स्वाद, माटोको गन्ध र आत्मीय आतिथ्यले ग्राहकलाई बाँधेर राख्ने गर्दछ ।

गुल्मी जिल्लामा जन्मिएका सञ्चालक शिवलाल पौडेल ‘जुङ्गे’ले आफ्नो जन्मथलोको पहिचान बोकेर ‘रेसुङ्गा’ नामबाट भोजनालय सुरु गरेका हुन् । गुल्मीको धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको रेसुङ्गा नामलाई उनले व्यवसायसँग जोड्दै मौलिकता कायम राखेका छन् ।

तर पछिल्लो समय ‘न्यु रेसुङ्गा’ नाम प्रयोग गरेर अन्य स्थानमा पनि रेष्टुरेन्ट खुल्न थालेपछि यसको वास्तविक पहिचानबारे अन्योल देखिन थालेको छ । सञ्चालक पौडेलका अनुसार, असली र मौलिक ‘न्यु रेसुङ्गा फेमिलि भोजनालय एण्ड सेकुवा कर्नर’ भने शान्तिनगर, बबरमहल, बानेश्वर र कोटेश्वरमा सञ्चालित चार शाखा मात्रै हुन् । अन्य ठाउँमा खुलेका नामहरू यससँग सम्बन्धित नरहेको उनी स्पष्ट पार्छन् ।

पौडेलको यात्रा भने संघर्षले भरिएको छ । रोजगारीको खोजीमा भारत पुगेर कठिन परिश्रम गरेका उनले स्वदेश फर्किएपछि १० वर्ष नेपाली सेनामा सेवा गरे । त्यसपछि आफ्नै देशमा केही गर्ने सोचका साथ उनले व्यवसायिक यात्रा सुरु गरेका हुन् ।

सुरुवात सानो थियो । काठमाडौंको कोटेश्वरमा करिब ३ लाख रुपैयाँ लगानी गरेर सानो झुपडीबाट भोजनालय सुरु गरेका उनले स्वाद र मेहनतकै बलमा आफ्नो पहिचान बनाउँदै लगे । कोटेश्वर पछि उनले काठमाडौंको तीनकुने, सुविधानगरमा अर्को भोजनालय स्थापित गरे । त्यसलाई विस्तार गर्ने क्रममा उनले साझेदारहरु पनि राखेका थिए । पछि सुविधानगरको त्यो भोजनालय साझेदारलाई नै सुम्पिएर उनले शान्तिनगरमा आफ्नै व्यवस्थापनमा ‘न्यु रेसुङ्गा’ सञ्चालन गरे, जुन अहिले सफल व्यवसायका रूपमा स्थापित भइसकेको छ ।

उनको ‘न्यु रेसुङ्गा फेमिलि भोजनालय एण्ड सेकुवा कर्नर’ नै असली भोजनालय हो । यस भोजनालयको सबैभन्दा ठूलो विशेषता भनेको अर्ग्यानिक खानाको स्वाद हो । यहाँका परिकारहरू पूर्ण रूपमा अर्ग्यानिक सामग्रीबाट तयार गरिन्छन् । दाङबाट ल्याइने बँधिया भाले, सल्यानबाट मगाइने विशेष बोका, खसी र ताजा अग्र्यानिक तरकारीहरूले यहाँको स्वादलाई फरक बनाएका छन् ।

त्यसैगरी, गुल्मीबाट ल्याइने चुक अमिलो, बेसारल, शुद्ध मह, शुद्ध तोरीको तलेगायतका मसला प्रयोग गर्दा परिकारमा मौलिकपन झल्किन्छ । भान्छामा प्रयोग हुने प्रत्येक सामग्रीको गुणस्तरमा विशेष ध्यान दिइने भएकाले यहाँको खाना स्वास्थ्यकर मात्र नभई स्वादमा पनि विशिष्ट हुन्छ ।

पौडेल आफैं सेफको रूपमा भान्छामा सक्रिय रहन्छन् । उनले पकाएको परिकारमा स्वादसँगै अनुभव र आत्मीयता मिसिएको हुन्छ । यही कारणले ग्राहकहरू एकपटक आएपछि फेरि–फेरि फर्किने गर्छन् । ग्राहकहरूका अनुसार यहाँको खाना केवल पेट भर्ने माध्यम मात्र होइन, गाउँघरको सम्झना दिलाउने अनुभव पनि हो । पारिवारिक वातावरण, आत्मीय सेवा र मौलिक स्वादको संयोजनले यो भोजनालयलाई अझ विशेष बनाएको छ ।

स्थानका हिसाबले पनि यो सहज पहुँचमा छ । शान्तिनगर गेटबाट केही मिटर भित्रै रहेको मुख्य भोजनालय र बबरमहल टेलिकम गेट नजिकै रहेको शाखा, कोटेश्वर र बानेश्वरमा रहेका शाखाहरु चार ठाउँमै ग्राहकको चहलपहल देखिन्छ ।

समग्रमा, ‘न्यु रेसुङ्गा फेमिलि भोजनालय एण्ड सेकुवा कर्नर’ केवल एउटा रेष्टुरेन्ट मात्र होइन, मौलिकता, संघर्ष र अग्र्यानिक जीवनशैलीको जीवन्त उदाहरण हो । असली ‘न्यु रेसुङ्गा’को स्वाद लिन चाहनेहरूका लागि शान्तिनगर, बबरमहल, बानेश्वर र कोटेश्वर नै सही गन्तव्य हुन्, जहाँ स्वादसँगै विश्वास पनि पाइन्छ ।

Previous Post

उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र

Next Post

संसदीय नेता हर्क साम्पाङलाई ज्यान मार्ने र घर जलाउने धम्की ,अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग

metakhabar

metakhabar

सम्बन्धित खबर

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु
आवाज

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

१६ चैत्र २०८२,
खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन
समाचार

खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

१६ चैत्र २०८२,
Load More
Next Post
संसदीय नेता हर्क साम्पाङलाई ज्यान मार्ने र घर जलाउने धम्की ,अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग

संसदीय नेता हर्क साम्पाङलाई ज्यान मार्ने र घर जलाउने धम्की ,अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In