काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ ले देश अब नयाँ दिशातर्फ अघि बढ्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक लाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।
उनले लेखेका छन्, “प्रतिबद्धता प्रतिबद्धता नै हो, कानूनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री ओली र निवर्तमान गृहमन्त्री लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।”
गृहमन्त्री गुरुङले उक्त कदमलाई न्याय प्रक्रियाको प्रारम्भका रूपमा व्याख्या गर्दै यसले देशलाई नयाँ दिशातर्फ अघि बढाउने विश्वास व्यक्त गरेका छन्।












