• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    ह्यारी–मेघन बेलायत फर्कने

    ह्यारी–मेघन बेलायत फर्कने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

metakhabar by metakhabar
२९ फाल्गुन २०८२,
0
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २९ फागुन : भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्ति, सुरक्षा र व्यवस्थापकीय हिसाबले प्रशंसनीय भए पनि त्यस निर्वाचनको अनुभवबाट केही महत्त्वपूर्ण विषयमा भने नीतिगत सुधारको आवश्यकता औँल्याइएको छ ।

निर्वाचन प्रक्रिया र प्रणाली सुधारका क्षेत्रमा काम गर्दै आएको ‘चेतना परियोजना’ले निर्वाचनको मिति घोषणापछि गरेको अनुसन्धानबाट निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी तुल्याउन थप केही नीतिगत विषयमा प्रभावकारी सुधारको खाँचो औँल्याएको हो ।

समग्र विकास सेवा केन्द्र र फ्रिड्म स्टुडियोद्वारा आयोजित कार्यक्रममा परियोजना निर्देशक डा प्रेमराज ढुङ्गेलले आचारसंहिताको पूर्ण पालनासहित निर्वाचनसँग जोडिएर आएका केही महत्त्वपूर्ण विषयमा नीतिगत तहमै सुधार गर्नुपर्ने देखिएको बताउनुभयो ।

उहाँले संविधानमै आवधिक निर्वाचनको मिति तोक्ने व्यवस्था गर्न तथा हिंसात्मक द्वन्द्व वा विवादबाट पीडित उम्मेदवार र मतदातालाई क्षतिपूर्ति र राहतको व्यवस्था गरिनुपर्ने धारणा राख्नुभयो । द्वन्द्व भन्नाले भौतिक आक्रमण भन्ने पाटोलाई मात्र नबुझिदिन आग्रह गर्दै उहाँले निर्वाचनलाई स्वस्थ रूपमा अघि बढाउने सिलसिलामा शान्तिपूर्ण रूपमै आएका चुनौती, देखिएका असहमति र समस्यालाई समेत सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो ।

उक्त संस्थाले निर्वाचनका बेला अनलाइन माध्यममा आएका घृणात्मक अभिव्यक्ति, दुष्प्रचार र उत्तेजनापूर्ण सामग्री सम्प्रेषण नियन्त्रण गर्न बेग्लै सामाजिक सञ्जाल लक्षित आचारसंहिता तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

चुनावको मिति घोषणापछि निश्चित अवधिसम्म उम्मेदवार र दलका सदस्यको राजनीतिक सम्बद्धता परिवर्तनमा निषेध गर्ने कानुनी व्यवस्था मिलाउन तथा लोकतान्त्रिक प्रणाली र नागरिक शिक्षासम्बन्धी विषय विद्यालय तहदेखि नै पाठ्यक्रममा समावेश गर्न सुझाव दिइएको छ ।

संस्थाले निर्वाचनमा हुने खर्च विवरण अनिवार्य सार्वजनिक गर्ने पारदर्शी प्रणाली लागू गर्न तथा दलभित्रको पारदर्शिता, आन्तरिक लोकतन्त्र र उत्तरदायित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।

परियोजना प्रतिवेदनमा भनिएको छ, “राजनीतिक दलले महिला उम्मेदवारलाई प्रोत्साहन गर्न सुरक्षा र गोपनीयता सुनिश्चित गर्न तथा आयोगले वार्षिक रूपमा निर्वाचनसम्बन्धी अनुगमन, मूल्याङ्कन तथा सुधारात्मक कार्यक्रम सञ्चालन गर्ने नीतिगत र कानुनी दायित्वसमेत निर्धारण गर्नुपर्ने देखिन्छ ।”

कुनै निर्वाचन क्षेत्रमा राजनीतिक तनाव तथा विशेष जोखिम देखिएमा अग्रिम सूचना दिई जानकारी गराउने प्रारम्भिक चेनावनी प्रणाली विकास गरिनुपर्ने तथा निर्वाचन प्रक्रियामा हुने हिंसा, द्वन्द्व र कानुनविपरीत कार्य गरेमा कारबाही सुनिश्चिता गर्ने नीतिगत व्यवस्थाको खाँचो औँल्याइएको छ ।

निर्वाचन आचारसहिता पालना र कार्यान्वयनमा कडाइ गर्दै उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न तथा उम्मेदवारको व्यक्तिगत, राजनीतिक, आर्थिक तथा अन्य संस्थागत संलग्नताको पारदर्शी विवरण जाँच तथा सार्वजनिक गर्ने व्यवस्था लागू गर्न सुझाव दिइएको छ ।

उक्त परियोजनाले मूलधारका सञ्चारमाध्यम, अनलाइन मिडिया र सामाजिक सञ्जालमा आएका विषयवस्तुलाई आधार बनाइ गरेको तीनमहिने अध्ययनमा त्यस अवधिमा ३०० भन्दा बढी द्वन्द्वका घटना अभिलेख गरिएकामा शान्ति, सुरक्षासँग जोडिएका ११२ वटा रहेको उल्लेख छ । त्यसमध्ये सबैभन्दा बढी बागमती प्रदेश र काठमाडौँ जिल्लामा भएका जनाइएको छ ।

त्यस्ता घटनामा राजनीतिक दल र उनका कार्यकर्ता जोडिएको पाइएको तथा केहीमा भने राज्यका प्रतिनिधि पनि संलग्न रहेको भेटिएको प्रतिवेदनमा उल्लेख छ । यसपटक निर्वाचन त्यस्ता केही घटनामा निर्वाचन अधिकृतसमेत मुछिएको तथा केही स्थानमा ‘नो भोट’को विषय पनि उठेको बताइएको छ ।

नेपालको निर्वाचनबारे कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता सागर घिमिरे निर्वाचनलाई थप स्वच्छ, स्वतन्त्र र विश्वासिलो तुल्याउन यससम्बन्धी मापदण्ड, कार्यविधि, नीति, ऐन, नियमको परिमार्जनदेखि संविधान संशोधनको आवश्यकतासमेत रहेको बताउनुभयो ।

आफूले मत दिएका उम्मेदवार निर्वाचित हुनुअघि कसरी कालोसूची पर्न सक्छ भन्ने मतदाताको जिज्ञासालाई शान्त तुल्याउन सक्नुपर्नेमा जोड दिँदै उहाँले त्यस्ता घटनाले मतदाताको मत खेर जान सक्ने पाटोमा राज्यले पहिल्यै ध्यान पुर्याउन सक्नुपर्नेमा जोड दिनुभयो ।

राजनीतिक दल र उम्मेदवारले बुझाएको खर्चको विवरण सही हो वा होइन भनी परीक्षण गर्ने विधि आवश्यक रहेको बताउँदै उहाँले आगामी निर्वाचनलाई चुस्त र व्यवस्थित तुल्याउन विद्युतीय मतदान उपकरणको प्रयोग गर्नेतर्फ राज्यको ध्यानाकषर्ण गराउनुभयो ।

त्यस अवसरमा सहभागी वक्ताहरूले आगामी स्थानीय तहका उपनिर्वाचनमा ‘अग्रभोटिङ’ व्यवस्था गर्न तथा ‘नो भोटिङ’ प्रणालीले उम्मेदवार र राजनीतिक दललाई प्रोत्साहन मिल्छ भन्ने पाटो बुझाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उक्त संस्थाले समानुपातिकतर्फ खुला सूची प्रणाली लागू गर्दै मतदाताले दललाई मात्र नभई व्यक्तिलाई पनि प्रत्यक्ष रूपमा छनोट गर्ने व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराएको छ ।

त्यस्तै निर्वाचन विवाद निरूपणका लागि स्वतन्त्र र छिटो न्याय प्रदान गर्ने विशेष मार्ग अवलम्बनको व्यवस्था मिलाउन सुझाव दिएको छ ।

Previous Post

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

Next Post

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

metakhabar

metakhabar

सम्बन्धित खबर

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या
आर्थिक

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

५ भदौ २०८३,
ह्यारी–मेघन बेलायत फर्कने
अन्तर्राष्ट्रिय

ह्यारी–मेघन बेलायत फर्कने

५ भदौ २०८३,
Load More
Next Post
ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In