• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    आरनको भरमा लुहार दम्पतीको जीविका

    आरनको भरमा लुहार दम्पतीको जीविका

    मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    आरनको भरमा लुहार दम्पतीको जीविका

    आरनको भरमा लुहार दम्पतीको जीविका

    मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आरनको भरमा लुहार दम्पतीको जीविका

metakhabar by metakhabar
२८ फाल्गुन २०८२,
0
आरनको भरमा लुहार दम्पतीको जीविका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर, २८ फागुनः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँले फलाम, तामा र सिल्भरका कृषि तथा घरायसी सामग्री निर्माण गरी गाउँ–गाउँ पुगेर बिक्री गर्दै आउनुभएको छ । सहज जीवनयापनको खोजीमा पहाडबाट तराई झर्नेहरूको सङ्ख्या पछिल्ला वर्षमा बढ्दो छ ।

यसैगरी, परिस्थितिमा बझाङको बुँगलका शङ्कर पनि जीविकोपार्जनको नयाँ सम्भावना खोज्दै परिवारसहित कञ्चनपुर झर्नु भएको हो । तराईमा आएपछि उहाँले नयाँ पेसा रोजेनन्, बरु पुर्खौंदेखि गर्दै आएको धातुजन्य सामग्री निर्माण गर्ने परम्परागत सीपलाई नै जीवनयापनको आधार बनाउनु भएको छ । हाल उहाँ फुलेलीमा करिब डेढ कट्ठा जग्गामा कच्ची घर बनाएर बस्दै आउनुभएको छ ।

घरकै छेउमा सानो आरन सञ्चालन गरेर शङ्करले विभिन्न प्रकारका कृषि तथा घरायसी प्रयोगका सामान बनाउने काम गर्दै आउनुभएको छ । उहाँले आरनमा फलाम तताएर पिट्दै विभिन्न आकारका सामग्री तयार गर्नु हुन्छ । शङ्करले किसानलाई आवश्यक पर्ने हँसिया, बञ्चरो, चक्कु, दाउ, माना, पाथीलगायतका कृषि औजार बनाउने गर्नुहुन्छ । घरायसी प्रयोगका लागि कडाही, पानी बोक्ने फोला, चरु, कुडीलगायतका सामान पनि आरनमै तयार हुन्छन् । आरनमा तयार गरेका सामग्री स्थानीय बासिन्दाका घरघरमा पुगेर उहाँले बिक्री गर्नुहुन्छ ।

शङ्करका अनुसार पहाडमा बस्दा आरनमा बनाइने सामानको राम्रो माग थियो । गाउँका किसान र सर्वसाधारणले स्थानीय रूपमा बनाइएका बलिया र टिकाउ सामान प्रयोग गर्न रुचाउँथे । तर पछिल्लो समय बजारमा कारखानामा बनेका सस्ता र सजिलै पाइने सामान बढ्दै जाँदा परम्परागत आरन पेसा सङ्कटमा परेको उहाँको भनाइ छ ।

“पहाडमा बस्दा हामीले बनाएका सामान सजिलै बिक्री हुन्थे,” उहाँले विगत सम्झँदै भन्नुभयो, “हामीले बनाउने सामान बलियो र टिकाउ हुन्छन्, तर बजारमा रेडिमेड सामान सजिलै पाउन थालेपछि ग्राहक खोज्नै गाह्रो हुन थाल्यो ।”

पहाडमा आरनमा बनाइने सामानको माग घट्दै गएपछि उहाँ जीविकोपार्जनको खोजीमा तराई झर्नु भएको हो । तराईमा बजार ठूलो हुने र सामान सजिलै बिक्री हुने अपेक्षा गरेका भए पनि यहाँको वास्तविकता भने फरक देखिएको उहाँ बताउनुहुन्छ ।

“यहाँ बजार त ठूलो छ,” शङ्करले भन्नुभयो, “तर कारखानामा बनेका सस्ता सामान धेरै पाइन्छन्, हामीले हातैले धातुलाई पिटेर बनाउने सामान बनाउन धेरै मेहनत लाग्छ, त्यसैले लागत पनि बढी पर्छ ।”

“आरनको काम निकै मेहनतिलो हुन्छ, फलामलाई आगोमा तताएर हातौडाले पिट्दै आवश्यक आकार दिनुपर्छ,” उहाँ भन्नुहुन्छ, “त्यसपछि धार लगाउने, घिसार्ने र प्रयोगयोग्य बनाउने प्रक्रिया हुन्छ, यो काममा शारीरिक श्रम र अनुभव दुवै आवश्यक पर्छ ।”

सामान तयार भएपछि शङ्करले श्रीमतीसँगै ती सामान टाउकोमा बोकेर गाउँ–गाउँ पुगेर बिक्री गर्नु हुन्छ । कहिलेकाहीँ धेरै टाढासम्म पैदल हिँडेर पनि सामान बेच्न जानुपर्ने हुन्छ । आरनमा तयार पारिएका धातुका सामान बिक्री गरेर लुहारले महिनामा करिब रु १० हजारदेखि रु ३० हजारसम्म आम्दानी गर्ने गरेका छ् । तर यो आम्दानी स्थिर भने नहुने गरेको उहाँको अनुभव रहेको छ । ग्राहक कम हुँदा आम्दानी निकै घट्ने गरेको उहाँ बताउनुहुन्छ ।

“कहिलेकाहीँ ग्राहकले सामान नै किन्दैनन्, बिक्री हुँदैन्,” शङ्करले भन्नुभयो, “त्यस्तो बेला थोरै कमाईमै चित्त बुझाउनुपर्छ, यही कामबाट आउने पैसाले घरको चुलो बलिरहेको छ, बालबालिका र जहान पालिएका छन् ।”

यस काममा शङ्करलाई उहाँकी श्रीमती किर्रा लुहारले पनि साथ दिँदै आउनुभएको छ । सामान तयार भएपछि उहाँ दुवै जना गाउँ–गाउँ पुगेर बिक्री गर्नुहुन्छ । किर्राका अनुसार कतिपय ठाउँमा सामान नगदमा बिक्री हुन्छ भने कतिपय ठाउँमा अझै पनि साटासाट (विनिमय) प्रणाली प्रचलनमा छ ।

“कहिलेकाहीँ नगद पाइन्छ,” किर्राले भन्नुभयो, “तर कतिपयले अन्न वा बाख्रासँग साटेर सामान लिन्छन्, त्यसैले हामी दुवै जना सँगै जानुपर्छ ।” लुहार दम्पतीका पाँच छोरा र दुई छोरी छन् । उहाँहरूले आरन चलाएरै कमाएको पैसाले दुई छोरा र एक छोरीको विवाह सम्पन्न गर्नुभएको छ । परिवारको अधिकांश खर्च यही पेसाबाट आएको आम्दानीले धानिएको उहाँ निसङ्कोच बताउनुहुन्छ । तर, पछिल्लो समय आरनबाट मात्रै परिवार धान्न गाह्रो भएपछि उहाँका एक छोरा रोजगारीका लागि भारत गएका छन् ।

“यो काममा मेहनत धेरै छ, कमाई कम,” शङ्करले भन्नुभयो, “त्यसैले नयाँ पुस्ता यो पेसामा बस्न चाहँदैन ।” उहाँ भन्नुहुन्छ, “सरकारले आरन सुधारका लागि आधुनिक मेसिन तथा उपकरण अनुदानमा उपलब्ध गराए काम गर्न निकै सहज हुने थियो ।”

“मेसिन भए काम छिटो हुन्छ श्रम कम गर्नुपर्ने हुन्छ,” शङ्करले भन्नुभयो, “लागत पनि घट्छ र बजारसँग प्रतिस्पर्धा गर्न सकिन्छ ।” तर अहिलेसम्म कुनै सरकारी निकाय वा सम्बन्धित संस्थाले परम्परागत पेसा जोगाउने कार्यमा लागेकाहरूको अवस्था बुझ्न चासो नदेखाएको गुनासो उहाँले गर्नुभयो ।

“आफ्नै पौरख गरेर कमाउनेलाई कसैले हेर्दैन,” शङ्करले भन्नुभयो, “हाम्रो सीपलाई जोगाउन सरकारले सहयोग गरिदियो भने राम्रो हुन्थ्यो ।”

शङ्करका अनुसार अहिलेको नयाँ पुस्ताले परम्परागत पेसा छोडेर अन्य रोजगारी खोज्न थालेका छन् । कम आम्दानी र धेरै श्रमका कारण युवापुस्ताले आरनको काममा चासो देखाउन छाडेका छन् ।

शुक्लाफाँटा नगरपालिका–८ का वडा सदस्य लालबहादुर महराले वडामा रहेका आरन सुधारका काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार शङ्कर लुहारको परिवार वडामा आएको डेढ वर्ष मात्रै भएकाले आगामी दिनमा आरन सुधारका लागि सहयोग गर्ने योजना बनाइनेछ । “वडामा रहेका धेरै आरन सुधारका कार्यक्रम सञ्चालन भइरहेका छन्,” महराले भन्नुभयो, “लुहार परिवारका लागि पनि आगामी दिनमा सहयोग गर्ने प्रयास गरिनेछ ।”

परम्परागत सीप र श्रममा आधारित आरन पेसा अहिले आधुनिक उद्योग र बजार प्रतिस्पर्धाबीच अस्तित्व जोगाउन सङ्घर्षरत छ । शङ्कर लुहार जस्ता कारिगरहरूको सीप संरक्षण गर्न सकेमा स्थानीय उत्पादन, परम्परागत ज्ञान र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने सरोकारवाला बताउँछन् ।

Previous Post

मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

Next Post

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

metakhabar

metakhabar

सम्बन्धित खबर

अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज
आवाज

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

२८ फाल्गुन २०८२,
विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै
आवाज

विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

२८ फाल्गुन २०८२,
शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
आवाज

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

२८ फाल्गुन २०८२,
आर्थिक

मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
फिचर-ब्यानर

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

२८ फाल्गुन २०८२,
Load More
Next Post
शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In