• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा

    पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा

    प्रतिनिधिसभा बैठक: सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह

    प्रतिनिधिसभा बैठक: सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह

    औसत मिति टर्यो : अझै मनसुन भित्रिएन

    औसत मिति टर्यो : अझै मनसुन भित्रिएन

    गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    गण्डकी बजेट : ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

    परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

    तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न

    तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

metakhabar by metakhabar
२५ फाल्गुन २०८२,
0
केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट (बागलुङ), २५ फागुन : बागलुङ नगरपालिका–३ गुठीमा जन्मनुभएका सुशील खड्का १२ वर्ष अघि अमेरिकाको बसाइ त्यागेर नेपाल फर्कनुभएको थियो । उहाँ त्यसपछि उद्यममा लाग्नुभयो । राष्ट्रिय राजनीतिमा युवाको आवश्यकता देखेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको बताउनुहुने खड्का हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ बाट २० हजार ९२७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।

खड्का फोहोर व्यवस्थापनदेखि समाजसेवामा सक्रिय रहँदै रास्वपामा प्रवेश गर्नुभएको थियो । आफ्ना प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गर्नुभएका खड्काले बागलुङको छविलाई सुधार्ने योजना रहेको बताउनुभयो । उहाँले गुमेको बागलुङको साखलाई फिर्ता ल्याउँदै आर्थिक विकास, रोजगारी, हरित वातावरण र उद्यमशिलतामा जोड दिने बताउनुभएको छ ।

खड्कासँग केमिकल इन्जिनियर, अर्थविद् तथा उद्यमीमा रुपमा काम गरेको अनुभव छ । ‘बागलुङको छोरा, विश्वको ज्ञान—युवा नेतृत्व अबको समाधान’ भन्ने नारासहित उहाँ चुनावमा होमिनुभएको थियो । समृद्ध बागलुङ र आत्मनिर्भर नेपाल निर्माणको लक्ष्यका साथ राजनीतिमा आएको उहाँ बताउनुहुन्छ ।

शैक्षिक रूपमा खड्काले अमेरिकाबाट केमिकल इन्जिनियरिङ तथा अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उच्च शिक्षा पश्चात् नेपाल फर्किएर खड्का पछिल्लो १२ वर्षदेखि व्यवसाय, हरित उद्यम र सामाजिक सेवामार्फत मातृभूमिको सेवामा सक्रिय रहनुभएको थियो । उहाँले नीति निर्माणलाई उद्यमसँग जोड्न राजनीतिमा आफ्नो उपस्थिति रहेको बताउनुभयो । उद्यमसँगै नीति निर्माणमा संसदमा आवाज उठाउने खड्काको प्रतिबद्धता छ ।

“बागलुङलाई हरित उद्यमसँग जोड्ने, गुमेको बागलुङको साख फर्काउने, अलपत्र योजना सक्ने, सम्पर्क कार्यालयमार्फत जनताका गुनासा सुन्ने, जनताको घरमा पुगेर समस्या समाधान गर्ने मेरो लक्ष्य छ”, खड्काले भन्नुुभयो, “फोहोर व्यवस्थापन, बागलुङको समृद्धिको खाका बनाएर काम गर्छु ।”

खड्काले नेपालमा रेस्टुरेन्ट, कृषि, फोहोरमैला व्यवस्थापन तथा हरित लगानीसम्बन्धी विभिन्न उद्यम स्थापना तथा सञ्चालन गर्दै आउनुभएको छ । खड्काले ‘अभ्नी भेन्चर्स’ मार्फत देशकै ठूलो प्लास्टिक रिसाइक्लिङ सञ्जाल स्थापना गरी सयौँलाई रोजगारी सिर्जना गरेको बताउनुभयो ।

खड्काले हिमाली जिल्लाहरूमा सरसफाइ अभियान सञ्चालन, रोटरी इन्टरनेशनलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक कार्यक्रममा सहभागिता, तथा बागलुङका धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पु-याइसक्नुभएको छ ।

नीतिगत रूपमा खड्का डिजिटल सुशासनमार्फत भ्रष्टाचार अन्त्य, पारदर्शी तथा जनमैत्री सेवा प्रवाह, युवालाई स्वदेशमै रोजगारी, उद्यमशीलताको प्रवद्र्धन, कृषिको व्यवसायीकरण, दिगो पर्यटन विकास, प्राविधिक शिक्षालाई राष्ट्रिय केन्द्रका रूपमा विकास तथा वैज्ञानिक फोहोर व्यवस्थापन प्रणाली लागू गर्ने योजना रहेको सुनाउनुभयो ।

खड्काले बागलुङको सम्भावना, समस्या र अवसरको अध्ययन पश्चात संघीय संसदमा शसक्त आवाज उठाउन अगुवाई गर्ने बताउनुहुन्छ । जिल्लावासीले पनि उनीबाट केही न केही परिवर्तनको अपेक्षा गरेका छन् । तर त्यसको परिणाम हेर्न भने खड्काको संसदीय यात्रालाई धैर्यका साथ केही समय कुर्नुपर्ने अवस्था छ ।

Previous Post

काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

Next Post

‘नयाँ सरकारले निराशालाई आशामा बदल्नु पर्छ ’

metakhabar

metakhabar

सम्बन्धित खबर

पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा
समाचार

पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा

२ असार २०८३,
प्रतिनिधिसभा बैठक: सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह
फिचर-ब्यानर

प्रतिनिधिसभा बैठक: सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह

२ असार २०८३,
औसत मिति टर्यो : अझै मनसुन भित्रिएन
फिचर-ब्यानर

औसत मिति टर्यो : अझै मनसुन भित्रिएन

२ असार २०८३,
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
आर्थिक

गण्डकी बजेट : ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२ असार २०८३,
परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

२ असार २०८३,
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
आर्थिक

तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न

२ असार २०८३,
Load More
Next Post
यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

‘नयाँ सरकारले निराशालाई आशामा बदल्नु पर्छ ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In