• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    ‘नयाँ सरकारले निराशालाई आशामा बदल्नु पर्छ ’

    केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

    केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नवनिर्वाचित सांसद तयार, सिंहदरबारको संसद् भवन निर्माणकै पर्खाइमा

    नवनिर्वाचित सांसद तयार, सिंहदरबारको संसद् भवन निर्माणकै पर्खाइमा

    ‘म्यागासेसे’ को संसद् यात्रा…

    ‘म्यागासेसे’ को संसद् यात्रा…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२५ फाल्गुन २०८२,
0
नवनिर्वाचित सांसद तयार, सिंहदरबारको संसद् भवन निर्माणकै पर्खाइमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिंहदरबारको उत्तरपूर्वी क्षेत्रमा निर्माणाधीन संघीय संसद् भवन अझै पूर्ण रूपमा सम्पन्न भइसकेको छैन । २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास गरेका थिए ।

प्रारम्भिक रूपमा ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता भए पनि साढे ५ वर्ष बितिसक्दा पनि काम पूरा भएको छैन ।

यद्यपि प्रतिनिधिसभा निर्वाचन सम्पन्न भइसकेकाले नवनिर्वाचित जनप्रतिनिधिहरूको बैठक कहाँ बस्ने भन्ने विषयमा अन्योल देखिएको छ । निर्माणाधीन संसद् भवनको सम्पूर्ण काम सम्पन्न नभए पनि आगामी प्रतिनिधिसभा बैठक सोही भवनमा सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ ।

यसअघि संसद् बैठक नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको थियो । तर भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी भएपछि उक्त भवन पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । त्यसपछि सिंहदरबारभित्र निर्माण भइरहेको नयाँ संसद् भवनमै बैठक सञ्चालन गर्ने गरी आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम अघि बढाइएको छ ।

कागजमा हेर्दा संसद् भवन निर्माणको समग्र भौतिक प्रगति ९३ प्रतिशत पुगेको भनिएको छ । आर्थिक प्रगति भने ७८ प्रतिशत मात्रै छ । ५ अर्ब ३० करोड रुपैयाँ (भ्याटबाहेक) लागतमा निर्माण भइरहेको भवनको ठेक्का नेपाली कम्पनी टुन्डी र चिनियाँ कम्पनी सेकले संयुक्त रूपमा पाएका छन् । तर प्रगतिको प्रतिशत सुन्दा भवन झण्डै तयार जस्तो लागे पनि वास्तविकता भने अलि फरक देखिन्छ ।

यस विषयमा संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भवन अझै पूर्ण रूपमा तयार नभएको बताए । उनका अनुसार निर्माणाधीन परियोजनाअन्तर्गत १२ वटा भवन निर्माण भइरहेका छन् तर कुनै पनि भवन पूर्ण रूपमा सम्पन्न भइसकेको अवस्था छैन ।

गिरीका अनुसार शहरी विकास मन्त्रालयले न्यूनतम पूर्वाधारसहित बैठक सञ्चालन गर्न आवश्यक केही सभाकक्ष र संरचना चैत १ गतेसम्म उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

‘अहिले निर्माणाधीन नै अवस्थामा छ । भवन बनेर हस्तान्तरण भइसकेको अवस्था छैन । त्यसमा १२ वटा भवन हो बन्दै गरेको । त्यसमा कुनै पनि भवन बनिसकेको अवस्था छैन । यद्यपि शहरी विकास मन्त्रालयले न्यूनतम पूर्वाधार बैठक सञ्चालनका लागि चाहिने केही सभाकक्ष र केही संरचनाहरू चैत १ गते दिन्छु भनेर भनेको अवस्था छ । चैतको पहिलो हप्ता भए पनि आवश्यक संरचना उपलब्ध होला भन्ने विश्वास संसद् सचिवालयले लिएको छ,’ उनले भने ।

उनका अनुसार संसद् बैठक आह्वान गर्ने प्रक्रिया सरकारमार्फत राष्ट्रपतिकहाँ सिफारिस गरिन्छ । राष्ट्रपतिले तोकेको स्थानमै संसद् बैठक बस्ने कानूनी व्यवस्था रहेको उनले स्पष्ट पारे ।

व्यावहारिक रूपमा भने नयाँ संसद् भवनमै बैठक सञ्चालन गर्ने लक्ष्यका साथ संसद् सचिवालय व्यवस्थापनमा जुटिरहेको उनले बताए । मूल योजना अनुसार संसद् भवन २०७९ सालमै निर्माण सम्पन्न हुनुपर्ने थियो । म्याद थपेर २०८१ पुस १६ गतेसम्म काम सक्ने लक्ष्य राखिएको भए पनि निर्माण कार्य अझै जारी छ । हालसम्म सभाकक्ष समेत अन्तिम तयारीमा पुग्न बाँकी रहेको गिरीले जानकारी दिए ।

उनले भने, ‘अबको संसद बैठक चाहिँ सरकारले आह्वान गर्नका लागि सिफारिस गर्छ राष्ट्रपतिकोमा, त्यसपछि राष्ट्रपतिले कुन स्थानमा बस्ने भनेर आह्वान गर्नुहुन्छ । नेपाल सरकारले जहाँ भन्छ, त्यहीँ संसद् बैठक बस्ने हो, त्यो कानूनी उत्तर हो । अब व्यावसायिक उत्तर भनेको नयाँ संसद् भवन निर्माण गर्नुपर्नेछ । त्यहीँ नै बस्ने गरेर व्यवस्थापन गर्न संसद् सचिवालय प्रयासरत छ । नयाँ संसद् भवन बनिसक्ने समय त २०७९ मै बनिसक्नुपर्ने हो तर अहिले २०८२ गतेसम्म पनि बनिसकेको छैन । म्याद थपेर पुस १६ सम्म बनिसक्नुपर्ने थियो तर अहिले पनि निर्माण कार्य भइ नै रहेको छ । सभाकक्ष अन्तिम तयारीमा पुगेको अवस्था देखिँदैन ।’

यसरी ३ वर्षको सपना ५ वर्षमा पनि अधुरै छ तर संसद् बैठक चाहिँ पर्खेर बस्ने चीज होइन । देशभर निर्वाचन सकिएको छ, मतपरिणाम सार्वजनिक भइसकेको छ र नयाँ जनप्रतिनिधिहरू काठमाण्डु आउँदैछन् । अब उनीहरू कहाँ बस्ने ? यही प्रश्नले सरकार र संसद् सचिवालयलाई टाउको दुखाइ भएको छ ।

यसरी हेर्दा संसद् भवन निर्माण परियोजना आफैं एउटा दीर्घकालीन ‘संसदीय बहस’ जस्तै देखिएको छ । जहाँ म्याद थपिन्छ, आश्वासन दोहोरिन्छ र काम भने ‘लगभग सकिनै लाग्यो’ भन्ने चरणमै वर्षौँ बित्ने गरेको छ ।

Previous Post

‘म्यागासेसे’ को संसद् यात्रा…

Next Post

काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

metakhabar

metakhabar

सम्बन्धित खबर

सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
फिचर-ब्यानर

कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत

२५ फाल्गुन २०८२,
यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
आवाज

‘नयाँ सरकारले निराशालाई आशामा बदल्नु पर्छ ’

२५ फाल्गुन २०८२,
केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा
राजनीति

केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

२५ फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
समाचार

काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

२५ फाल्गुन २०८२,
‘म्यागासेसे’ को संसद् यात्रा…
फिचर-ब्यानर

‘म्यागासेसे’ को संसद् यात्रा…

२५ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२५ फाल्गुन २०८२,
Load More
Next Post
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In