• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण

    विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण

    दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

    दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

    क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

    सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

    परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महावीरको सानदार जितः ‘विजयपछि उत्सव होइन, जिम्मेवारीको सन्देश’

metakhabar by metakhabar
२४ फाल्गुन २०८२,
0
महावीरको सानदार जितः ‘विजयपछि उत्सव होइन, जिम्मेवारीको सन्देश’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेनी (म्याग्दी), २४ फागुनः म्याग्दीमा विगतका वर्षहरूमा निर्वाचनपछि विजेताले खुसी साँट्ने तडकभडकपूर्ण ‘विजयी उत्सव’ले बजार क्षेत्र कोलाहलपूर्ण बन्ने गरेको थियो । निर्वाचित उम्मेदवार र दलका नेता, कार्यकर्ताले चर्को ध्वनि प्रदूषणसहित एकअर्का पार्टी र प्रतिस्पर्धी लक्षित नाराबाजी गर्ने पुरानै प्रचलन थियो । तर शनिबार बिहान प्रतिनिधिसभा सदस्य निर्वाचनमा भारी मतान्तरले विजयी हुनुभएका स्वतन्त्र उम्मेदवार महावीर पुनको जितमा भने फरक अभ्यास देखियो ।

पुनले आफ्नो विजय सुनिश्चित भएसँगै मतदाता र शुभेच्छुकलाई कुनै पनि तडकभडक हुने खालको विजयी र्याली र उत्सव नगर्न आग्रह गर्दै सन्देश जारी गर्नुभएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपछि उहाँलाई बधाई दिन मतदाता र शुभेच्छुकहरू सडकमा भेला भएका थिए ।

मतदातालाई सम्बोधन गर्दै पुनले निर्वाचनमा जित–हार हुनु सामान्य प्रक्रिया भएको बताउँदै आफूले जितलाई उत्सव नभई जनताप्रतिको जिम्मेवारीका रूपमा लिएको बताउनुभयो । “मुख्यगरी शिक्षा नीति सुधार गर्न म उम्मेदवार भएको थिएँ । जनताले भोट दिएपछि म निर्वाचित भएँ । अब कुनै खुसी मनाउने कुरा होइन, जिम्मेवारीको भारी बोकेर काम गर्ने कुरा हुन्छ । मतदानमा सहभागी सम्पूर्ण मतदाताप्रति म आभारी छु”, पुनले भन्नुभयो ।

निर्वाचनमा कतिपय उम्मेदवारले विजयपछि र्याली गर्ने गरेको उल्लेख गर्दै उहाँले जितमा मात्तिने र हारमा आत्तिने काम दुवै गलत भएको बताउनुभयो । “चुनावमा विजयी भएपछि धेरै मतदाताले बेनी बजारमा विजयी उत्सव मनाउनुपर्ने भन्दै आग्रह गरिरहेका छन् । कतिपय साथीभाइले यति ठूलो खुसीमा किन उत्सव नगर्ने भन्नुभएको छ । तर मैले सार्वजनिक रूपमा विजयी उत्सव र्याली नगर्ने घोषणा गरिसकेको छु”, पुनले भन्नुभयो ।

निर्वाचनबाट एक जनामात्र विजेता हुने र अन्य उम्मेदवार पराजित हुने भएकाले विजेताले सबै उम्मेदवारको भावनाको सम्मान गर्नुपर्ने उहाँले धारणा राख्नुभयो । विजयी उत्सवका तडकभडकले कसैलाई जित–हारको पीडा महसुस गराउनु उचित नहुने भन्दै सांसद पुनले सबै उम्मेदवारको सम्मानका लागि आफूले विजयी उत्सव नगर्ने बताउनुभयो ।

हरेक विजयी उत्सवमा धेरै नागरिकको समय र पैसा खर्च हुने गरेको उल्लेख गर्दै सांसद पुनले समय अमूल्य भएकाले त्यसलाई सही ठाउँमा उपयोग गर्न आग्रह गर्नुभयो । साथै, उहाँले जिल्लाको विकासका लागि उम्मेदवार, राजनीतिक दल र सरोकारवालासँग मिलेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहनुभएका पुन निकटतम प्रतिस्पर्धीभन्दा तेब्बर बढी मतान्तरले विजयी हुनुभएको हो । उहाँले २२ हजार ८५० मत प्राप्त गर्दा नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत पाउनुभयो । त्यसैगरी नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६७६, नेकपाका अर्जुन थापाले तीन हजार ५२९ र रास्वपाका युवराज रोकाले एक हजार ५३० मत प्राप्त गर्नुभयो ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पुनलाई मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले औपचारिक रूपमा विजयी भएको प्रमाणपत्र प्रदान गर्नुभयो । एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्रसहित १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । जिल्लामा ८६ हजार ३९७ मतदाता रहेकामा ४६ हजार २१५ मत खसेको थियो ।

Previous Post

जनकपुरधामको थप उन्नयमा मेरो उच्च प्राथमिकता रहने छ : सांसद झा

Next Post

जनसेवक बन्ने अठोट बोकेर राजनीतिमा होमिनुभएकी निशा डाँगी

metakhabar

metakhabar

सम्बन्धित खबर

विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण
आर्थिक

विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण

३१ जेष्ठ २०८३,
दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
फिचर-ब्यानर

दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

३१ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३१ जेष्ठ २०८३,
क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू
जीवन शैली

क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

३१ जेष्ठ २०८३,
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
जीवन शैली

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

३१ जेष्ठ २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन

३१ जेष्ठ २०८३,
Load More
Next Post
जनसेवक बन्ने अठोट बोकेर राजनीतिमा होमिनुभएकी निशा डाँगी

जनसेवक बन्ने अठोट बोकेर राजनीतिमा होमिनुभएकी निशा डाँगी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In