• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जनकपुरधाम महोत्सवः मैथिली सांस्कृतिक पुनर्जागरणको उत्सव

metakhabar by metakhabar
१५ फाल्गुन २०८२,
0
जनकपुरधाम महोत्सवः मैथिली सांस्कृतिक पुनर्जागरणको उत्सव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । “जनकपुरधाम केवल एउटा सहर होइन, यो आफैँमा जीवित सङ्ग्रहालय हो, चिन्तनको पाठशाला हो”, मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णका यी शब्दहरू केवल औपचारिक सम्बोधनका वाक्य होइनन्, जनकपुरको आत्माको अनुवाद हुन् ।

जनकपुरधाम–जहाँ प्रत्येक गल्लीमा कथा छ, प्रत्येक मन्दिरमा स्मृति छ, प्रत्येक आँगनमा अरिपनको रेखा छ र प्रत्येक आवाजमा मैथिलीको मिठास छ । यही सहरमा विगत १० वर्षदेखि एउटा महोत्सव हुँदै आएको छ– जनकपुरधाम साहित्य–कला तथा अन्तरराष्ट्रिय नाट्य महोत्सव । हरेक दुई वर्षमा हुने यो महोत्सवको पाँचौँ शुङ्खला हालै (फागुन ५–८) सम्पन्न भएको छ । यसपटक पनि रङ्गमञ्चको उज्यालो, लोकगीतको लय र बहसको तापमा मैथिली सभ्यताको सांस्कृतिक पुनर्जागरणका स्वर गुञ्जिए ।

यो महोत्सव मैथिली विकास कोषको आयोजनामा २०७३ सालदेखि निरन्तर हुँदै आएको छ । पाँचौँ संस्करणसम्म आइपुग्दा यसले एउटा स्पष्ट सन्देश स्थापित गरेको छ– मैथिली राष्ट्रियताले केवल भावना खोजेको छैन; यसले सांस्कृतिक चेतनाको सुसङ्गठित पुनर्जागरण खोजेको छ ।

पछिल्लो समय यो महोत्सव मैथिली राष्ट्रियताको सांस्कृतिक पुनर्जागरणका लागि ऊर्जा भर्ने एक साझा मञ्चका रूपमा विकास हुँदै गएको छ । महोत्सवले जीवित सङ्ग्रहालय र चिन्तनको पाठशालाका रूपमा चिनिँदै आएको जनकपुरको सभ्यतालाई पुनर्ताजगी गर्न योगदान पुगिरहेको जानकाहरू बताउँछन् । यही सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख कर्णले भनेका थिए, “साहित्य, कला र नाटक कुनै पनि समाजको सभ्यताका प्रमाण हुन् । यिनले मानव हृदयलाई जोड्ने पुलको काम गर्छन् । नाटकले समाजको यथार्थ बोल्छ, साहित्यले चेतना भर्छ र कलाले सभ्यतालाई रङ्गाउँछ । प्रत्येक दुई वर्षमा आयोजना हुने यस महोत्सवले मधेसको मौलिक संस्कृति, अनुभूति र पर्यटनको सम्भावनालाई विश्वसम्म पुर्याउन जुन योगदान गर्दै आएको छ, त्यो प्रशंसनीय छ ।”

उनको यो कथनले महोत्सवको सार र जनकपुरको सांस्कृतिक आयामलाई सटीक रूपमा समेट्छ । वास्तवमा, मिथिलाको सांस्कृतिक धरातलमा उभिएको जनकपुर नाट्य महोत्सव केवल साङ्गीतिक वा रङ्गमञ्चीय कार्यक्रम होइन; यो पहिचान, इतिहास र समकालीन चेतनाको समागम हो ।

जनकपुरधामः सभ्यताको जीवित पाठशाला

प्राचीन विदेहको प्रज्ञा, माता जानकीको पवित्र पदचाप र मिथिलाको अनन्य वैभव बोकेको जनकपुरधाम धार्मिक आस्थाको केन्द्रमात्र होइन, यो बहुपरम्परा, बहुभाषिकता र बहुसांस्कृतिक सहअस्तित्वको जीवन्त अभ्यासस्थल हो । यही ऐतिहासिक भूमिमा मैथिली विकास कोषले विगत एक दशकदेखि प्रत्येक दुई वर्षमा नाट्य महोत्सव आयोजना गर्दै आएको छ । कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार महोत्सवको उद्देश्य उत्सव मनाउनुमात्र होइन, यहाँको वैभवशाली संस्कृतिको उजागर गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा ध्यानाकर्षण गर्नु हो ।

उनी भन्छन्, “हाम्रो इतिहास कति समृद्ध छ भन्ने देखाउनुमात्रै छैन, त्यसलाई कसरी जोगाउने र नयाँ पुस्तामा कसरी हस्तान्तरण गर्ने भनेर विमर्श पनि गर्नुछ । महोत्सव त्यसकै माध्यम हो । भाषा, चित्रकला, नाटक, साहित्यिक गोष्ठी र विमर्शमार्फत मिथिलाको बहुआयामिक पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने प्रयास गरिरहेका छौँ ।”

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले महोत्सवलाई ‘मैथिली जरुवा संस्कृति’को सिर्जनात्मक मञ्चका रूपमा चित्रित गरेका छन् । “मैथिली समाजको विकास भनेको केवल सांस्कृतिक संरक्षण होइन, यो समावेशी सहभागिता, राष्ट्रिय एकता र मानव–पर्यावरणीय सहअस्तित्वको सशक्त आधार हो । यसलाई सामुदायिक–प्रादेशिक पहलसहित राष्ट्रिय अन्तरराष्ट्रिय पहुँच पुर्याउन आफ्नो नवजागरण र सचेत गतिशीलता आवश्यक छ । उनी भन्छन्, “जनकपुर नाट्य महोत्सवले स्थानीय कला, भाषा र संस्कृतिलाई ‘राष्ट्रिय भावधारा र सांस्कृतिक नारा’मा स्वअस्थित्व र अपनत्वको मौलिक अभिव्यक्ति दिँदै राष्ट्रिय–अन्तरराष्ट्रिय रूपमा पहिचान विस्तार गर्न सशक्त सांस्कृतिक मञ्चको भूमिका निर्वाह गरिरहेको छ ।”

राजर्षिजनक विश्वविद्यालयका उपकुलपति प्रा डा अमरप्रसाद यादव पनि यस महोत्सवलाई मिथिलाको सांस्कृतिक ऊर्जा नयाँ पुस्तामा सञ्चार गर्ने प्रभावकारी माध्यम बन्दै गएको उल्लेख गर्छन्। “मिथिलाको माटो आफैँमा जीवन्त काव्य हो । यहाँको अरिपन, भजन, नचारी र नाट्य परम्पराले समाजको ऐना देखाउँछ । महोत्सवले यसलाई विश्वसम्म पुर्याउन टेवा दिएको छ”, उनको भनाइ छ, “राजर्षिजनकको यो तपोभूमिमा साहित्य केवल मनोरञ्जनका साधनमात्र नभएर जीवनपद्धति र संस्कारका अभिभाज्य रङ्ग हुन् । यो महोत्सवले मैथिली भाषाको मिठास, मिथिला चित्रकलाको गहिराइ र रङ्गमञ्चको जीवन्ततालाई वैश्विक क्षितिजसम्म विस्तारमा योगदान गरिरहेको छ ।”

शोभायात्रा : सडकमा देखिने समावेशी मिथिला

महोत्सवको सबैभन्दा आकर्षक र अर्थपूर्ण आयाम हो– पहिलो दिनको शोभायात्रा तथा सांस्कृतिक झाँकी प्रदर्शनी । मिथिलाको परम्परागत पहिरन, लोकसंस्कार, बहुभाषिक–बहुसांस्कृतिक झाँकी र विभिन्न समुदायको सहभागिताले उक्त दिन जनकपुरको सडकलाई सांस्कृतिक रङ्मञ्चमा रूपान्तरण गर्छ । जानकारहरू यसलाई एक प्रकारको सांस्कृतिक घोषणाको रूपमा चित्रण गर्छन् । त्यहाँ सहभागीको भावभङ्गीले घोषणा गर्छ, “हामी छौँ, हाम्रो इतिहास छ, हाम्रो भाषा छ ।”

यस्तै, उद्घाटन सत्रमा प्रस्तुत हुने सांस्कृतिक झाँकीले मैथिल सभ्यताको जीवन्तता, अनेकतामा एकता, मौलिक पहिचानसँग वर्तमान समाज र नवपुस्तालाई साक्षात्कार गर्ने अवसर दिन्छ । मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी ‘भ्रमर’ भन्छन्, “मिथिलाको कुरा किताबमा पढेरमात्रै होइन, सडकमा देखेर अनुभूति हुन्छ । यहाँ मुस्लिम समुदायका किशोरीदेखि सीमान्त समुदायका प्रस्तुति देख्दा साँचो अर्थमा समावेशी मिथिलाको झल्को पाइन्छ । त्यसलाई नवपुस्ताले महसुस गर्नेगरी प्रसार गरेको अनुभूत हुन्छ ।”

शोभायात्रामा मुस्लिम समुदायका किशोरीदेखि तामाङ सेलोसम्मको सहभागिताले एउटा गहिरो सन्देश दिन्छ– मिथिला कुनै एक जाति वा समुदायको मात्रै होइन, यो सबै जाति र सभ्यताको साझा विरासत हो । विविधतामा एकताको यो दृश्यले नयाँ पुस्तालाई पुस्तकभन्दा पर प्रत्यक्ष अनुभूतिमार्फत आफ्नो सभ्यतासँग साक्षात्कार गराउँछ ।

कोषका नाटक समिति संयोजक साहित्यकार रमेश रञ्जनको शब्दमा भन्ने हो भने महोत्सव जनकपुरको ‘गौरवशाली अतित र ऊर्जायुक्त वर्तमान’ लाई जोड्ने पुल बन्दै गएको छ । “जनकपुर ऐतिहासिक, सांस्कृतिक र बौद्धिक दृष्टिले महत्त्वपूर्ण भूमि हो । बदलिँदो समय र विश्वव्यापी प्रभावका कारण सामाजिक–सांस्कृतिक चुनौतीहरू देखिए पनि सकारात्मक र सिर्जनात्मक प्रयासमार्फत समाजलाई सही दिशामा अघि बढाउन सकिन्छ”, उनी भन्छन्, “जनकपुर नाट्य महोत्सवले स्थानीय प्रतिभा, मौलिक विषयवस्तु र समसामयिक यथार्थलाई मञ्चमार्फत प्रस्तुत गरी समाजमा चेतना र सांस्कृतिक जागरण फैलाउने काम गरिरहेको छ ।”

नाटक र विमर्श : भावनाबाट विचारतर्फ

महोत्सव केवल मनोरञ्जनमा सीमित छैन । यसपटक यहाँ ‘उठलै किए विहाडि ?’, ‘नागरिक आन्दोलनः भूत, वर्तमान र भविष्य’, ‘सुगम प्रदेशमे दुर्लभ शिक्षा’, ‘लेबर सोल्जर’, ‘सीमान्तक स्वर’ जस्ता विषयमा गहन विमर्श भयो । चार दिनसम्म भाषा, संस्कृति, शिक्षा, रोजगारी, राजनीतिक चेतना, नागरिक आन्दोलन, सीमान्त आवाज र समसामयिक मधेसका मुद्दामाथि गहन बहस भयो । यसले नीतिगत हस्तक्षेपका लागि पनि दबाब सृजना गरिरहेको छ । त्यहाँ मिथिलाको पहिचान, आदिम सभ्यताको गौरबगाथाबारे चर्चा, वर्तमानका उल्झनबारे विमर्श र सुन्दर भविष्यका लागि गहन चिन्तन पनि हुन्छ । प्रस्तुतिका विधा फरक थिए– विमर्श, नाटक मञ्चन, कवि गोष्ठी, मिथिला चित्रकला तथा हस्तकला प्रदर्शनी, वक्तृत्वकला, सांस्कृतिक कार्यक्रम तथा अन्य सङ्गोष्ठी । भाषा र शैली पनि फरकफरक थिए, तर निष्कर्षमा मिथिला र मैथिली सभ्यता तथा पहिचानको निजत्व, महत्व एवं प्रभुत्वबारे पुनर्ताजगीको प्रयास भयो ।

वरिष्ठ पत्रकार एवं कोषका सदस्यसचिव श्यामसुन्दर शशी भन्छन्, “मैथिल राष्ट्रियता भावनाको विषयमात्र होइन; यो राजनीतिक चेतनासँग पनि जोडिएको छ । आफ्नो भाषा र भूगोलबारे नबोल्ने समाज अन्य हिसाबले पनि सशक्त हुन सक्दैन । त्यसैले हामीले सांस्कृतिक जागरणको कुरामात्रै होइन मधेसको नवीन पहिचानको चर्चा र चिन्ताबारे विमर्श गरिरहेका छौँ ।”

उनले चुरेको दोहन, पानी सङ्कट, शिक्षा र रोजगारीको अभावजस्ता विषयलाई पनि सांस्कृतिक विमर्शसँग जोड्न आवश्यक रहेको बताए । “संस्कृति केवल विगतको स्मरण गर्ने चिज होइन, भविष्य जोगाउने हतियार पनि हो । उल्लेखित विषयले महोत्सवलाई यथार्थसँग जोडेको छ । महोत्सवले भावनात्मक आवेगलाई नीतिगत विमर्शतर्फ रूपान्तरण गर्ने प्रयत्न गरिरहेको छ”, शशीले भने।

विभाजित समय र साझा मञ्च

हाल देश निर्वाचनमय छ । राजनीतिक ध्रुवीकरणले समाजलाई कित्ताकाट गरिरहेको छ । यस्तो समयमा महोत्सवले सबै विचार र समुदायलाई एउटै थलोमा ल्यायो । यहाँ उठान गरिएका मुद्दालाई ‘राजनीतिक स्वामित्व’को विषय बनाउन झक्झक्यायो । यसले नयाँ भाष्य निर्माण गर्न खोजेको थियो– निषेधमा होइन, सहकार्यमै सबैको हित र आत्मसम्मान सुरक्षित हुन्छ ।

मधेसका विभिन्न भूभागमा बेलाबेला सामाजिक तथा धार्मिक द्वन्द्वको स्थिति बन्छ । यो मञ्चले निषेध होइन, बरु यो भूगोलमा बस्ने हिन्दू, मुस्लिम, पहाडी, मधेसी, दलित र सीमान्तकृत सबै जातजाति र धर्मबीचको सहकार्यले नै सुन्दर भविष्य निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको छ । वरिष्ठ साहित्यकार एवं कोषका संस्थापक अध्यक्ष डा राजेन्द्र विमलका अनुसार महोत्सवले विभाजित मनस्थितिलाई जोड्ने प्रयास गर्दै आएको छ । यहाँ कला, साहित्य र राजनीति सबै विषयमा गहन विमर्श हुन्छ । यो चिन्तन परम्परालाई पुनर्जीवित गर्ने अभियान हो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले पनि महोत्सवले जातीय, भाषिक र सांस्कृतिक विविधतामा एकताको भाव जगाउन सहयोग गरेको बताए । “नेपालका धेरै सभ्यता, मौलिक विशिष्टतायुक्त कला–संस्कृति, रहनसहनमध्ये मिथिलाको आफ्नै छुट्टै प्राचिन पहिचान छ । त्यसको जगेर्ना गर्न सबै लाग्नुपर्छ । महोत्सवले विविध मुद्दामा एउटा स्पष्ट दृष्टिकोण दिइरहेको छ, तिनको व्यावहारिक कार्यान्वयनका लागि सबैसँग मिलेर काम गर्न उपमहानगरपालिका तयार छ”, उनको भनाइ थियो ।

कोषका अध्यक्ष चौधरीका अनुसार महोत्सवको लक्ष्य इतिहासको गौरव देखाउनुमात्र होइन, त्यसलाई जोगाउने र प्राज्ञिक परम्परालाई जीवन्त राख्ने हो । विभिन्न जातजाति र समुदायका सांस्कृतिक झाँकी, साहित्यिक गोष्ठी, नाटक मञ्चन र अन्तरक्रियाले यस उद्देश्यलाई मूर्तरूप दिइरहेको छ ।

सरकार तथा सरोकार भएकाहरूको प्रतिबद्धता

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले उद्घाटन मन्तव्यमा महोत्सवलाई प्रदेशका सबै भाषा, साहित्य र सांस्कृतिक एकताको साझा मञ्चको रूपमा चित्रित गरे । उनले भने, “यो महोत्सव राष्ट्रिय तथा वैश्विक परिवेशमा मैथिली कला, साहित्य र संस्कृतिको प्रवर्द्धनका लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । यस अभियानमा प्रदेश सरकारले आवश्यक सहकार्य र सहयोग गर्छ ।”

शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले पनि स्थानीय समुदायमा भाषा र संस्कृतिप्रति गर्वको भावना बढाउन महोत्सव सफल भइरहेको उल्लेख गर्दै प्रदेश सरकार सहआयोजकका रूपमा यस अभियानमा जोडिएकामा खुसी व्यक्त गरिन् । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख साहले महोत्सवका क्रममा उठेका मुद्दा सम्बोधन र भाषा, साहित्य, कला र संस्कृतिको उन्नयनका लागि सहकार्य गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताइन् ।

पछिल्लो समय हरेक सांस्कृतिक सभ्यताले संरक्षण र पुस्तान्तरणको स्पष्ट आधार खोजिरहेका छन् । यस्तो बेला ‘जनकपुरधाम साहित्य–कला तथा अन्तरराष्ट्रिय नाट्य महोत्सव’ सम्पन्न हुनु स्वयंमा महत्त्वपूर्ण छ । हरेक दुई वर्षमा आयोजना हुने यो महोत्सव मिथिलाको साझा विरासतको उत्सव र एकीकृत भविष्यको लागि एक सुन्दर सङ्कल्पका रूपमा विकास हुँदै गएको छ ।

महोत्सवले युवा पुस्तामा मैथिली भाषा र संस्कृतिप्रति नयाँ आत्मविश्वास जागृत गर्न थालेको छ । वक्तृत्वकला, चित्रकला प्रदर्शनी, पुस्तक मेला र नाट्य प्रशिक्षणले पुस्तान्तरणको प्रक्रिया सुदृढ बनाउँदै लगेको विश्वास गरिएको छ ।

मैथिली विकास कोषको आयोजना र प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका, राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम र नेपोभिट टायल्स प्रालिको सहआयोजनामा सम्पन्न महोत्सवलाई भावनात्मक सम्बन्ध विस्तारमा थप प्रभावकारी बनाउने गरी विकास गरिनुपर्ने स्थानीयको भनाइ छ ।

Previous Post

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

Next Post

निर्वाचन प्रयोजनका लागि २२ उम्मेदवारले खेले बैंक खाता

metakhabar

metakhabar

सम्बन्धित खबर

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ
फिचर-ब्यानर

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

२० फाल्गुन २०८२,
वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ
फिचर-ब्यानर

वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

२० फाल्गुन २०८२,
निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ
फिचर-ब्यानर

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

२० फाल्गुन २०८२,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
Load More
Next Post
चितवनमा थपिए ३४ मतदान केन्द्र

निर्वाचन प्रयोजनका लागि २२ उम्मेदवारले खेले बैंक खाता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In