• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

    केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

    बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

    बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

    पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

    पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

    विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विकासको सुस्त नमूना : मुगुको दोमुख पुल ४ वर्षमा २ प्रतिशत मात्रै प्रगति

metakhabar by metakhabar
११ फाल्गुन २०८२,
0
विकासको सुस्त नमूना : मुगुको दोमुख पुल ४ वर्षमा २ प्रतिशत मात्रै प्रगति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हिमाली जिल्ला मुगुको सोरुगाउँपालिकामा निर्माणाधीन दोमुख पक्की पुल ठेक्का सम्झौता भएको चार वर्ष बितिसक्दा पनि निर्माण कार्य अत्यन्तै सुस्त देखिएको छ ।

हुम्ला–कर्णाली करिडोर तथा मुगुको गमगढी, तारापानी र नाक्चेलाग्ना सडक जोड्ने रणनीतिक महत्वको उक्त पुलमा हालसम्म करिब २ प्रतिशत मात्र प्रगति भएको पाइएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा ठेक्का नम्बर २ अन्तर्गत दोमुख पक्की पुल निर्माणका लागि २०७८ साल पुस १४ गते पूर्वाधार विकास कार्यालय मुगु र श्री मृत संजीवनी निर्माण सेवा प्रा।लि।, हेटौँडा, मकवानपुरबीच सम्झौता भएको थियो ।

सम्झौताअनुसार २०८१ साल मंसिर ३० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी १ सय मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल १५ करोड ९३ लाख ७३ हजार ९ सय ४१ रुपैयाँ ९३ पैसा (मूल्य अभिवृद्धि करसहित)मा निर्माण गर्ने सहमति भएको थियो ।

तर, निर्धारित समयमा काम सम्पन्न नभएपछि विभिन्न बहाना देखाउँदै ठेकेदार कम्पनीले म्याद थप गराउँदै आएको छ । पछिल्लो पटक २०८३ साल मंसिर २९ गतेसम्म सम्पन्न गर्ने गरी पुनः म्याद थप गरिएको छ ।

कार्यालयले पटक–पटक पत्राचार गरी काम अघि बढाउन आग्रह गरे पनि हालसम्म प्रभावकारी प्रगति हुन सकेको छैन् ।

पूर्वाधार विकास कार्यालय मुगुका सूचना अधिकारी मनमोहन सिंह खड्काका अनुसार निर्माण कम्पनीका प्रतिनिधि हालै आयोजना स्थलमा पुगेका छन् र आर्थिक वर्ष २०८३÷०८४ भित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

सोरुगाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले स्थानीय तहका तर्फबाट पटक–पटक जिल्ला पूर्वाधार विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा निर्माण कम्पनीसँग पहल गर्दा पनि काममा उल्लेख्य प्रगति नभएको बताए ।

“अहिले प्रतिनिधि आएको भनिए पनि छिट्टै काम सम्पन्न हुन्छ भन्ने विश्वास गर्न सकिने अवस्था छैन् । पुनः म्याद थप्ने प्रयास मात्र हुने जस्तो देखिन्छ । अब स्थानीय तहले आफ्नो भूमिकालाई कडाइका साथ अघि बढाउनेछ,” उनले भने । स्थानीय बासिन्दा सुन्तला मल्लका अनुसार पुल निर्माणको खबर सुन्दा स्थानीयवासी निकै उत्साहित भएका थिए ।

“चार वर्ष बितिसक्दा पनि काम नदेखिँदा निराशा बढेको छ । अहिले पनि मानिस र खच्चरमार्फत सामान ढुवानी गर्नुपरेको छ । पुल नहुँदा एक घण्टाको दूरी पार गर्न ३–४ घण्टा लाग्ने गरेको छ,” उनले भनिन् ।

पुल निर्माण भए रारा ताल घुम्न आउने पर्यटक तथा गमगढी सदरमुकाम र आसपासका बस्तीमा आवतजावत गर्ने नागरिकलाई ठूलो सहजता हुने उनको भनाइ छ ।

निर्माण कम्पनीका इन्जिनियर कुमार यादवले भने भूगोल अध्ययन, डिजाइन तयारी तथा ढुवानी समस्या लगायतका कारण ढिलाइ भएको स्वीकार गर्दै आगामी सात हप्ताभित्र काम सुरु गर्ने दाबी गरेका छन् ।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको दोमुख पक्की पुल निर्माण चार वर्ष बितिसक्दा पनि नगण्य प्रगतिमा सीमित हुनु सम्बन्धित निकाय र निर्माण कम्पनीको लापरवाहीको संकेत भएको स्थानीयको आरोप छ । सरोकारवाला निकायले समयमै आवश्यक पहल नगरे पुल निर्माण थप लम्बिने सम्भावना देखिएको छ ।

Previous Post

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

Next Post

ग्रिनल्यान्डलाई अमेरिकी अस्पताल जहाजको आवश्यकता छैन

metakhabar

metakhabar

सम्बन्धित खबर

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प
फिचर-ब्यानर

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

१३ साउन २०८३,
बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था
फिचर-ब्यानर

बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

१३ साउन २०८३,
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
अन्तर्राष्ट्रिय

पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

१३ साउन २०८३,
विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय
जीवन शैली

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

१३ साउन २०८३,
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
फिचर-ब्यानर

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

१३ साउन २०८३,
सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो
फिचर-ब्यानर

सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

१३ साउन २०८३,
Load More
Next Post
ग्रिनल्यान्डलाई अमेरिकी अस्पताल जहाजको आवश्यकता छैन

ग्रिनल्यान्डलाई अमेरिकी अस्पताल जहाजको आवश्यकता छैन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In