• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    मध्य अफ्रिकामा बढ्दो सङ्कटबारे राष्ट्रसङ्घको चेतावनी

    सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु

    सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु

    कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र

    कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र

    यी ४ सडक आज पनि अवरुद्ध

    यी ४ सडक आज पनि अवरुद्ध

    पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

    पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    आजको मौसमः देशभर साधारणतया बादल लाग्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाढी, वन्यजन्तु र शिक्षाको अभावबीच बगुवनका बासिन्दा

metakhabar by metakhabar
१० फाल्गुन २०८२,
0
बाढी, वन्यजन्तु र शिक्षाको अभावबीच बगुवनका बासिन्दा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मध्यविन्दु (नवलपरासी)। प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवन गाउँका बासिन्दा भने चुनावी नाराभन्दा आफ्नो दैनिक सङ्घर्षको समाधान खोजिरहेका छन् । बर्सेनि डुबान, आधारभूत पूर्वाधारको अभाव, माध्यमिक तहको विद्यालय नहुँदा शिक्षा छाड्ने बाध्यता र रोजगारीको सीमित अवसर यहाँका मुख्य समस्या बनेका छन् ।

नारायणी नदी र विनयी खोलाको बीचमा अवस्थित यो बस्ती वर्षा लाग्नेबित्तिकै जोखिममा पर्ने हुँदा राति पानी परेपछि बाढी पस्ला कि भन्ने त्रासले धेरै परिवार निद्रा त्यागेर जाग्राम बस्ने बाध्यता रहेको स्थानीय सीता सोमै मगरले बताउनुभयो । “बाढी कहिले आउँछ ठेगान हुँदैन, पानी पर्यो कि हामीलाई रातभरि डर नै डर हुन्छ । चुनावमा तटबन्ध बनाउने कुरा धेरै सुन्यौँ, तर काम देखेका छैनौँ”, उहाँले भन्नुभयो ।

दुई सय सात घरपरिवार बसोबास गर्ने यस गाउँमा माध्यमिक तहसम्मको विद्यालयसमेत छैन । यहाँ रहेको आधारभूत विद्यालयसमेत वर्षायाममा डुबानमा पर्ने भएकाले नियमित पठनपाठन प्रभावित हुने गरेको लक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक खोरबहादुर खत्रीले बताउनुभयो । “कक्षा ८ पछि पढाइ जारी राख्न विद्यार्थीलाई सात–आठ किलोमिटर टाढा जानुपर्छ”, उहाँले भन्नुभयो, “दुर्गम बाटो, वन क्षेत्र र यातायात अभावका कारण धेरै किशोरकिशोरीले पढाइ बीचमै छाड्ने गरेका छन् ।”

माध्यमिकसम्मको अध्ययन पूरा गर्न गाउँदेखि धेरै टाढा जानुपर्ने हुँदा धेरै बालबालिकाले बीचमै पढाइ छाड्ने गरेको स्थानीय दलबहादुर मगरले बताउनुभयो । खोला र जङ्गल पार गरेर जानुपर्ने हुँदा चितवन राष्ट्रिय निकुञ्जको जनावरसँगै वर्षाका बेला बाढीको डर हुने गरेको उहाँले गुनासो गर्नुभयो । “छोराछोरीलाई टाढाको विद्यालय पठाउन सजिलो छैन । बाटो पनि सुरक्षित छैन, खर्च पनि धान्न गाह्रो हुन्छ । त्यसैले धेरैले पढाइ छाड्छन्”, उहाँले भन्नुभयो ।

यो बस्ती चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले वन्यजन्तुको जोखिम अर्को स्थायी समस्याका रूपमा रहेको स्थानीय भुवन सिंहले बताउनुभयो । साँझपख खेतबारी जानु वा राति आवतजावत गर्नु स्थानीयका लागि जोखिमपूर्ण रहने गरेको उहाँले गुनासो गर्नुभयो । “मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि स्थायी समाधान गर्ने उपाय सरकारले पुर्याउन सकेको छैन”, उहाँले भन्नुभयो, “चुनावताका नेताहरू सबै समस्या हल गर्छौँ भन्नुहुन्छ, चुनावपछि जतिभन्दा पनि सुन्नुहुन्न ।”

यस क्षेत्रका युवापुस्ता रोजगारी अवसरको खोजीमा छन् । गाउँमा कृषिबाहेक अन्य आयआर्जनका सम्भावना न्यून छन् । सीपमूलक तालिम, साना उद्यम वा स्वरोजगार कार्यक्रमको पहुँच नहुँदा धेरै युवायुवती वैदेशिक रोजगारी वा सहर पलायनको विकल्प रोज्न बाध्य भएको स्थानीय पवन ढेगा मगरले बताउनुभयो ।

“काम गर्ने इच्छा छ, तर गाउँमै केही अवसर छैन । तालिम र लगानी पाए यहाँ पनि केही गर्न सकिन्थ्यो”, उहाँले भन्नुभयो, “युवाहरूलाई गाउँमै रहेर आयआर्जन गर्न सक्ने वातावरण बनाउन सरकारले ध्यान दिनुपर्ने हो तर त्यो अहिलेसम्म हुन सकेन ।”

मगर, दलित तथा केही कुमाल समुदायको मात्र बसोबास रहेको यस गाउँमा सरसफाइ र जनचेतनाको स्तर पनि न्यून रहेको स्थानीय तहका प्रतिनिधि बताउँछन् । स्वास्थ्य, शिक्षा र पोषणजस्ता जनचेतनामूलक कार्यक्रमको यहाँ खाँचो देखिएको विनयी त्रिवेणी गाउँपालिका–१ की वडासदस्य मोतिसरा लोहनीले बताउनुभयो । “गाउँभित्र सडक त निर्माण भएको छ तर बीचमा खोला र जङ्गल पर्ने भएकाले पूरा हुन पाएको छैन”, उहाँले भन्नुभयो, “सुगम ठाउँमा भएर पनि विकट बनेको बस्तीमा शिक्षा र चेतनास्तर अभिवृद्धि गर्न विशेष पहल गर्नुपर्छ ।”

गण्डकी प्रदेशको गौरवको आयोजनाअन्तर्गत रहेको कोरला–त्रिवेणी सडक क्षेत्रभित्र रहेको बगुवनगाउँ त्रिवेणीमार्ग नखुल्दा पनि विकट बन्न पुगेको विनयी त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष दीपक पौडेलले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेको गाउँ भएकाले विकास निर्माण र भौतिक पूर्वाधारका काममा धेरै अवरोध सहनुपरेको अध्यक्ष पौडेलको भनाइ छ । “बगुवन–दुम्कीवास सडक, नदी नियन्त्रण, सुरक्षित आवास, माध्यमिक विद्यालय स्थापना र आयआर्जनका कार्यक्रमलाई समग्र विकासको प्याकेजका रूपमा सङ्घीय सरकारले नै अघि बढाउनुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

बाढीबाट सुरक्षित बस्ती, गाउँमै पढ्न पाउने विद्यालय र युवालाई गाउँमै टिकाउने रोजगारीका अवसर सृजना गर्ने योजना स्थानीयको मुख्य चासोको विषय वनेका छन् । वगुवनका जनताको एउटै भनाइ छ, “यसपटकको नेतृत्वले विकासका अधूरा बाचा होइन, परिणाम दिने कामको थालनी गरोस् ।”

Previous Post

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

Next Post

भक्तपुर– १ का मतदाता भन्छन्– सधैँ जनतामाझ रहने उम्मेदवारलाई मात्र मत दिन्छौँ

metakhabar

metakhabar

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

मध्य अफ्रिकामा बढ्दो सङ्कटबारे राष्ट्रसङ्घको चेतावनी

२८ जेष्ठ २०८३,
सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु
आवाज

सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु

२८ जेष्ठ २०८३,
कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र
आवाज

कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र

२८ जेष्ठ २०८३,
यी ४ सडक आज पनि अवरुद्ध
फिचर-ब्यानर

यी ४ सडक आज पनि अवरुद्ध

२८ जेष्ठ २०८३,
पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त
आवाज

पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

२८ जेष्ठ २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

आजको मौसमः देशभर साधारणतया बादल लाग्ने

२८ जेष्ठ २०८३,
Load More
Next Post
भक्तपुर– १ का मतदाता भन्छन्– सधैँ जनतामाझ रहने उम्मेदवारलाई मात्र मत दिन्छौँ

भक्तपुर– १ का मतदाता भन्छन्– सधैँ जनतामाझ रहने उम्मेदवारलाई मात्र मत दिन्छौँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In