• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिमसार क्षेत्रमा थपिँदै चुनौती

by
१९ माघ २०७९,
0
सिमसार क्षेत्रमा थपिँदै चुनौती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अभिभावकीय अन्योल कायम रहँदा नेपालका सिमसार क्षेत्रको संरक्षणमा चुनौती थपिँदै गएको छ। सिमसार क्षेत्र पानीको स्रोत मात्र नभएर समग्र प्राणीको जनजीविकाको आधार र पारिस्थितिक प्रणालीको जग मानिन्छ। त्यसको पुष्टि नेपालका वन, जल र वन्यजन्तुसँग सम्बन्धित ऐन तथा नीतिले स्वीकार गरे पनि संरक्षणमा अभिभावकत्व ग्रहण गर्ने सवालमा भने एक–अर्कालाई पन्छाउने गरिएको छ।

यस्तै अन्योलका कारण सिमसार क्षेत्रको संरक्षण हुन नसकेको संरक्षण क्षेत्रका प्रमुख स्वीकार गर्छन्। नदी तथा तलाउजन्य सिमसार क्षेत्रको विनाश नरोकिँदा पर्सा राष्ट्रिय निकुञ्जको अवस्था दयनीय बनेको छ। पूर्ण प्राकृतिक तालका रूपमा एउटा मात्र लौकी दह पर्सामा छ। फोहोर प्रदूषण र त्यसको जल सतहको अवस्था जर्जर रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक राम बताउ५न्।

मानव निर्मित भए पनि अलिक पुरानो हलखोरिया ताल र काली दह अर्को दुईवटा तालको पानी त्यहाँको वन्यजन्तु र संरक्षित क्षेत्रको श्वास लिने आधार हो। भूमिगत जलको तह धसिँदै जाँदा ती तालको पानी पनि बिस्तारै कम हुँदै गएको छ। उनले भने, “वर्षाको छ महिनाबाहेक हिउँदको छ महिना हामी ट्याङ्करमा बोकेर वन्यजन्तुलाई पानी खुवाउन बाध्य छौँ।”

अशोक रामका अनुसार ठाउँ–ठाउँमा कृत्रिम पोखरी खनेर हिउँदमा पानी बोकेरै जम्मा गरिन्छ। सिमसारयुक्त मानिने चितवन राष्ट्रिय निकुञ्जका प्राकृतिक सिमसार क्षेत्र जोगाउन पनि घाँसे मैदानका बीचबीचमा कृत्रिम पोखरी खन्ने क्रम जारी छ। वनमारा, माइकेनिया र जलकुम्भीका कारण सिमसार क्षेत्र अतिक्रमणमा पर्ने गरेको छ। सिमसार क्षेत्रका रूपमा परिचित ठूलो नारायणी नदी, राप्ती नदी र रियु खोलामा बढेको मानव अतिक्रमणसँगै प्रदूषणले जलचरमा गहिरो असर पर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए। उनले ने, “चुरेको धारबाट भेल आउँदा बनाएका पोखरी पुरिन्छन्, नदीमा माछा मार्ने र फोहोर गर्नाले चितवनको सिमसारमा जोखिम थपिँदै गएको छ।”

राजधानी काठमाडौँलगायतका सहरी क्षेत्रका सिमसार क्षेत्र प्रायः लोप भइसकेका छन्। तथापि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा त्यसको परिपूरणका लागि वर्षाको पानी सङ्कलन गरेर धाप निर्माण थालिएको छ। यसले हिउँदको समयमा बाग्मतीलगायत ठूला नदीमा फोहोरभन्दा जलको स्तर बढी कायम राख्न सघाउने अपेक्षा गरिएको निकुञ्ज प्रमुख लक्ष्मणप्रसाद पौडेल औँल्याउछन्। शिवपुरी आसपासका डाँडामा मानव बस्ती बढ्दै जाँदा सिमसार क्षेत्र थप सुक्खा हुने चुनौती बढेको उनी बताउछन्। सिमसार क्षेत्रको अभाव हुँदा जलचर र वन्यजन्तु मात्र होइन, भविष्यमा यहाँ बस्ने मानिसले स्वच्छ वातावरण र पानी पिउनसमेत नपाउने अवस्था आउन सक्ने दाबी उनी गर्छन्।

सिमसारले ओतप्रोत कोसीटप्पु वन्यजन्तु आरक्षमा पछिल्लो समय प्रदूषण र जलवायु परिवर्तनको तीव्र असर पर्दै गएको प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताए। सो आरक्षको १७५ वर्गकिलोमिटर क्षेत्र नेपालको पहिलो सिमसार क्षेत्रका रूपमा रामसार सूचीमा सूचीकृत भएको थियो। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Previous Post

यस्ता छन् हर्निया रोग र यसबाट बच्ने उपाय

Next Post

९ किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ

सम्बन्धित खबर

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ
आर्थिक

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

१ भदौ २०८३,
तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
आर्थिक

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

१ भदौ २०८३,
विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
समाचार

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

१ भदौ २०८३,
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१ भदौ २०८३,
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा
फिचर-ब्यानर

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

१ भदौ २०८३,
बडीमालिका पूजा आजदेखि प्रारम्भ
समाचार

बडीमालिका पूजा आजदेखि प्रारम्भ

१ भदौ २०८३,
Load More
Next Post
अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जोखिम बढ्दो

९ किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In