• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

    दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए

    घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए

    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

    हुम्लामा स्याउ टिप्न सुरु, बजार पठाउने तयारी

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    कस्तो रहला आजको मौसम ?

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रपतिद्वारा टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन

metakhabar by metakhabar
३ फाल्गुन २०८२,
0
राष्ट्रपतिद्वारा टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ३ फागुनः राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६३औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभयो । सो अवसरमा उहाँले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो ।

राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ ।

समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०८२’ वार्षिक पत्रिका विमोचन गर्नुभयो । उहाँले ‘फ्रि फल जम्प’ मा प्रथम हुनुभएका प्रमुख सेनानी विवेक बिक्रम शाह र दोस्रो हुनुभएका हुद्दा रमेशकुमार चौधरीलाई पुरस्कार प्रदान गर्नुभयो । राष्ट्रपति पौडेलले सेना दिवस समारोहमा ब्याण्ड प्रस्तुत गर्नुहुने भारतीय, बेलायती र अमेरिकी सेनाका टोली प्रमुखलाई सम्झनास्वरुप उपहार प्रदान गर्नुभयो ।

यसअघि सेनाको हेलिकप्टर र ड्रोनमार्फत पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०८२’ लेखिएको ब्यानर प्रदर्शन गरियो । त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ तथा कवाज प्रस्तुत गरेको थियो । समारोहमा सेनाद्वारा विभिन्न रणकौशल तथा परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रस्तुत गरियो । कार्यक्रममा सेनाका टुकडीले मार्चपास समेत प्रस्तुत गरेको थियो ।

सो अवसरमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका हातहतियार, उपकरण र सवारी साधन प्रदर्शन गरिएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र प्रधानन्यायाधीश प्रकाशमानसिह राउत र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित हुनुहुन्थ्यो । साथै नेपाल सरकारका मन्त्रीगण, पूर्वमन्त्री, संवैधानिक निकायका प्रमख एवं पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका लब्ध प्रतिष्ठित महानुभाव पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुग्नुभएको थियो ।

शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको बाक्लो उपस्थिति थियो । उक्त समारोहको नेपाल टेलिभिजनलगायत विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए ।
–––

Previous Post

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

Next Post

वीरगन्ज भन्सारद्वारा सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

metakhabar

metakhabar

सम्बन्धित खबर

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
आवाज

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

२९ अशोज २०८३,
दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए
आवाज

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए

२९ अशोज २०८३,
दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’
समाचार

हुम्लामा स्याउ टिप्न सुरु, बजार पठाउने तयारी

२९ अशोज २०८३,
हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति
फिचर-ब्यानर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

२९ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

कस्तो रहला आजको मौसम ?

२९ अशोज २०८३,
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै
फिचर-ब्यानर

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

२९ अशोज २०८३,
Load More
Next Post
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारद्वारा सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In