• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

    नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

    पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

    पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    ‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा

    गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

    गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

    इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

    इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मतदातालाई रिझाउन रणनीति तयार गर्दै उम्मेदवारहरू : भोलिदेखि थप चुनावी प्रचार

metakhabar by metakhabar
३ फाल्गुन २०८२,
0
समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन, ३ फागुन : आसन्न निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल र तिनका उम्मेदवार र कार्यकर्ता मतदातासंगका भेटघाटमा व्यस्त छन् । यहाँका राजनीतिक दल र उम्मेदवारहरूले भोलि (सोमबार) देखि थप चुनावी प्रचारको तयारीमा जुट्ने आन्तरिक तयारी गरेका छन् । साथै उनीहरुले मतदातालाई आफ्नो पक्षमा कसरी रिझाउन भन्ने विषयमा रणनीति समेत तयार गर्दैछन् ।

स्थानीय समस्यालाई चुनावी कार्ययोजना बनाएका सबै दलले प्रचारलाई तीव्र बनाउनेगरी गृहकार्य गरिरहेका जानकारी दिएका छन् । तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा तीनवटै क्षेत्रका टोल तहबाट प्रचार अभियानलाई तीव्र बनाउने गरी गृहकार्य गरिरहेको दलहरूको भनाइ छ ।

नेपाली कांग्रेस चितवनले प्रचार अभियानलाई टोल तहबाट सञ्चालन गर्ने गरी तयारी गरिरहेको जनाएको छ । पार्टीका जिल्ला सचिव ध्रुव पोखरेलले तीनवटै निर्वाचन क्षेत्रका क्षेत्रीय प्रचार कार्यालय सञ्चालन गरी विधिवत रूपबाट घरदैलो कार्यक्रम सुरुआत हुनजानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पार्टीका केन्द्रीय सभापति गगन थापा र केन्द्रीय प्रचार संयोजक देवराज चालिसेसँग समन्वय गरी ठूलो सभा गर्ने तयारी गरेका छौँ । ”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनका इन्चार्ज देवी ज्ञवालीले सोमबारबाट वडा तहमा घरदैलोसँगै कोणसभा गर्ने तयारी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सभालाई केन्द्रीय नेताले सम्बोधन गर्ने सम्भावित कार्यसूचि रहेको छ ।”

यसैगरी नेपाली कम्युनिष्ट पार्टी चितवनका संयोजक रामचन्द्र अधिकारीले सोमबारबाट नै घरदैलो, कोणसभा र सभा गर्नेगरी आज तालिका तयार गर्न लागिएको जानकारी दिनुभयो । केन्द्रीय नेताहरूको उपस्थितिमा कहिले सभा गर्ने भन्ने टुङ्गो लागि नसकेको जनाउँदै उहाँले तीनवटै क्षेत्रमा प्रचार तीव्रगतिमा गराइने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य राजन गौतमले सोमबारबाट प्रचारप्रसारलाई तीव्र गर्नेगरी तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ घरदैलो, कोणसभा र सभाहरू गरिने जनाउँदै उहाँले केन्द्रीय नेताहरूको उपस्थितिमा बृहत सभा गरिने छ ।”

अन्य राजनीतिक दलहरु र तिनका उम्मेदवारले पनि चुनावी प्रचारलाई तीव्रता दिने तयारी गरेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ¬्गोल नेसनल अर्गनाइजेसन, जनता समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाल पार्टी, जनमत पार्टी, प्रगतिशील लोकतान्त्रक पार्टी, श्रम संस्कृति पार्टी, नेसनल रिपब्लिकन नेपाल, नेपाल मजदुर किसान पार्टी, नागरिक उन्मुक्तिलगायतका पार्टी र स्वतन्त्र उम्मेदवारले चुनावी प्रचार तीव्र पार्ने तयारी गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यही फागुन २१ गते हुने निर्वाचनमा जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । यसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ महिला एवं दुई जना तेस्रो लिङ्गी रहेका छन् । उनीहरूले १६२ वटा स्थल र ४९४ वटा केन्द्रबाट मतदान गर्नेछन् । निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले प्रतिनिधिसभा निर्वाचन २०७९ को निर्वाचनको तुलनामा यस वर्ष हुने प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ७४० नयाँ मतदाता थपिएका छन् भने ३४ वटा मतदान केन्द्र थप भएको बताउनुभयो ।

क्षेत्र नं १ मा एक लाख ४९ हजार ६२१ मतदाता छन् । यसमा ७६ हजार ७६१ पुरुष र ७५ हजार ८६० जना महिला रहेका छन् । यस क्षेत्रमा ५६ मतदानस्थल र १६८ मतदान केन्द्र रहेका छन् ।

यस्तै क्षेत्र नं २ मा एक लाख ३७ हजार १५२ मतदाता रहेका छन् । तीमध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । यहाँ ४८ स्थल र १५२ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्नेछन् । क्षेत्र नं ३ मा एक लाख ५५ हजार ३०९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तीमध्ये ७५ हजार ६९६ पुरुष र ७९ हजार ६१२ महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । उनीहरूले ६३ स्थल र १७४ केन्द्रबाट मतदान गर्नेछन् ।

Previous Post

मुस्ताङबाट छ महिनामा चार हजार चार सय ९१ केजी फोहर निकासी

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
अन्तर्राष्ट्रिय

नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

२४ असार २०८३,
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
आवाज

पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

२४ असार २०८३,
हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा

२४ असार २०८३,
गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर
आर्थिक

गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

२४ असार २०८३,
इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति
अन्तर्राष्ट्रिय

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

२४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२४ असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In