• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, February 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश

    नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश

    क्यानाडाली सामानमा लगाइएको कर विरुद्ध अमेरिकी संसदको मतदान

    क्यानाडाली सामानमा लगाइएको कर विरुद्ध अमेरिकी संसदको मतदान

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    कांग्रेसको प्रतिज्ञापत्र आइतबार दिउँसो सार्वजनिक हुने

    चुनावको मुखमा पूर्वराजाका समर्थक देखेर राप्रपा मख्ख, दुर्गा प्रसाई बन्लान् स्टार प्रचारक ?

    चुनावको मुखमा पूर्वराजाका समर्थक देखेर राप्रपा मख्ख, दुर्गा प्रसाई बन्लान् स्टार प्रचारक ?

    युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति

    युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति

    भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?

    भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१ फाल्गुन २०८२,
0
भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवारसहित आ–आफ्ना टोली घरदैलो अभियानमा व्यस्त देखिन्छन् ।

अभियानका क्रममा भुम्लु गाउँपालिकामा मतदाताले अन्यत्रको भन्दा फरक माग राख्दै विकास र समृद्धि प्रमुख मुद्दा बनाउनुपर्नेमा जोड दिएका छन् । गाउँपालिकाको ७ र ८ नं वडाका बस्तीमा पुग्दा मतदाताले उम्मेदवारसँग एउटै भनाइ रोखेका छन् ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या कहिले सुल्झाउनुहुन्छ ?’

यसअघिका निर्वाचनका प्रतिस्पर्धी उम्मेदवारसँग ‘माग’ राखेझैँं यसपाली पनि भुम्लुमा स्थानीयसँग भेटघाटका क्रममा फलाँटे र भुम्लुटार दुई वडाका बासिन्दाले उम्मेदवारसँग ५० वर्षदेखिको आफूहरूको लालपुर्जाको समस्या समाधान गरिदिन माग गरिरहेका हुन् ।

“हामीलाई अरु केही चाहिँदैन, हाम्रो अड्किएको लालपुर्जा छिटो दिलाइदिनुस्”, ७ नं वडाका सन्त तामाङले उम्मेदवारसँग भने। उनले अघिल्लो सरकारले पनि आशा देखाएकाले ‘आशावादी’ मात्रै नबनाउन आग्रह गर्नुभयो । केही समयअघि वडामा बाँड्न लालपुर्जा दिन थालिए पनि विविध बाहनामा आफूले नपाएको उनले बताए ।

करिब ५० वर्षदेखि फलाँटे र भुम्लुटारका एक हजार २०० स्थानीय लालपुर्जाविहीन अवस्थामा छन् । विसं २०३२ मा जग्गा नापी गर्दाकाबखत साविकको पिपलटार गाविस र भुम्लुटार गाविसबीच टारको खेतीयोग्य जमिन कता राख्ने भन्ने विषयमा दुई गाविसका नेतृत्वबीच विवाद हुँदा तत्कालीन नापी टोली फर्किएको थियो । त्यसयता सरोकार भएका निकायबाट विभिन्न चरणमा समस्या समाधान गर्ने प्रयास भएपछि गत भदौ पहिलो सातादेखि करिब ५० प्रतिशतले मात्रै लालपुर्जा पाएका तामाङले जानकारी दिए।

स्थानीय रमेश खरेलले मालपोत र नापी कार्यालयले जग्गा पहिचानका क्रममा कागजात अपुग तथा जग्गाको एकीन नभएको जनाएपछि लालपुर्जाविहीनमध्ये केही प्रतिशतले लालपुर्जा नपाएका बताए । उनका अनुसार अझैपनि लालपूर्जा अभावमा रसिदका आधारमा किनबेच हुँदै आएकाले मालपोत कार्यालयको फिल्डबुक र हालको रसिदबाहेक जग्गाधनीबीच मेल नहुँदा छानबिनमा सकस हुँदै आएको उनको भनाइ छ ।

लालपुर्जा नहुँदा स्थानीयले विसं २०७२ को गोर्खा भूकम्पपछि आवास निर्माणलगायत विभिन्न समस्या झेल्दै आएका थिए । उम्मेदवारको टोलीले स्थानीयसँग भेटघाटसँगै भए÷गरेका विकासका काम तथा अबको आवश्यकताकाबारे चासो दिइरहेका छन्।

यो साता भुम्लु पुगेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अशोक ब्याञ्जूले समस्याबारे थप छानबिन गरी लालपुर्जा दिलाउनमा आफूहरू लागिपर्ने बताउनुभयो । उक्त गाउँपालिकाको दुई वटा वडामा हालसम्म पुगेका उम्मेदवारले आफूहरू लालपुर्जाको समस्याप्रति गम्भीर रहेको र स्थानीयलाई ढुक्क भएर बस्न आग्रह गरिरहेका छन् ।

हालसम्म ठूला दल मानिएका नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार उक्त वडामा पुगिसकेका छन् । “लालपुर्जा वितरणको काम भइरहेको छ, देखिएका अप्ठेरा, साह्रोगाह्रो फुकाउनतर्फ लाग्ने छौँ”, कांग्रेसमा उम्मेदवार मधुप्रसाद आचार्यले भने ।

स्थानीय पूर्णबहादुर श्रेष्ठले लालपुर्जा दिलाइदिन प्रतिबद्ध उम्मेदवारलाई मात्रै मत हाल्ने बताए । “हाम्रो जमिनको निष्पक्ष छानबिन गरी पुर्जा दिलाइदिनुपर्छ”, उनले भने, “यस्तो प्रतिबद्धता जनाउनेलाई मात्रै भोट दिने निर्णय गरेका छौँ ।”

हालसम्म करिब ६०० जग्गाधनीलाई लालपुर्जा दिलाएको जिल्ला नापी कार्यालयले जनाएको छ । लालपुर्जाविहीन भुम्लुवासीलाई जिल्लास्थित नापी कार्यालय तथा मालपोत कार्यालयको पहलमा प्रक्रिया पुर्‍याएर औपचारिक रूपमा गत भदौ ३ गते तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले लालपुर्जा वितरणको सुरुवात गेका थिए ।

गत वर्षसम्म पनि रसिदका आधारमा जग्गा किनबेच भइरहको हुँदा छानबिनका बेला एकको नाममा र पुर्जा बन्ने बेला बिक्री भई अर्काको नाममा जानसक्ने समस्याले थप कठिन भइरहेको स्थलगत काममा खटिनभएका नापी अधिकृत लवप्रसाद कुइँकेलले बताए । उनका अनुसार रसिदकै आधारमा जग्गा किनबेच भएको लगत जिल्ला मालपोत कार्यालयबाट उपलब्ध हुन समस्या भइरहेको हो ।

टोलीले स्थलगत रूपमा गरेको छानबिन र मालपोतको विवरणमा कतिपय जग्गाधनीको नाम फरकफरक भएका कारण थप समस्या उत्पन्न भएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बताए। “मालपोतको फिल्डबुकमा लगत मिल्दैन, यसअघि लालपुर्जा नहुँदासमेत रसिदका आधारमा किनबेच गरेकाले निकै कित्ताको नाम फरकफरक आइरहेको छ, त्यसैले उत्पन्न समस्यालाई निरुपण गर्दैछौँ”, उनले भने।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकको दुई निर्वाचन क्षेत्रमा ४२ जनाको उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नं १ मा १८ र क्षेत्र नं २ मा २४ ले उम्मेदवारी दर्ता गरेका हुन् । दलितको तर्फबाट उम्मेदवारी नभएको जिल्लामा ४२ मध्ये जनजाति तर्फबाट भने २५ जना छन् भने दुई निर्वाचन क्षेत्रमा ११ जना स्वतन्त्रको उम्मेदवारी परेको छ । काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता छन् ।

Previous Post

मापदण्डविपरीत सेवा दिएको आरोपमा दुई डेन्टल क्लिनिक बन्द गर्न सिफारिस

Next Post

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
मनोरञ्जन

नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश

१ फाल्गुन २०८२,
क्यानाडाली सामानमा लगाइएको कर विरुद्ध अमेरिकी संसदको मतदान
अन्तर्राष्ट्रिय

क्यानाडाली सामानमा लगाइएको कर विरुद्ध अमेरिकी संसदको मतदान

१ फाल्गुन २०८२,
कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी
समाचार

कांग्रेसको प्रतिज्ञापत्र आइतबार दिउँसो सार्वजनिक हुने

१ फाल्गुन २०८२,
चुनावको मुखमा पूर्वराजाका समर्थक देखेर राप्रपा मख्ख, दुर्गा प्रसाई बन्लान् स्टार प्रचारक ?
फिचर-ब्यानर

चुनावको मुखमा पूर्वराजाका समर्थक देखेर राप्रपा मख्ख, दुर्गा प्रसाई बन्लान् स्टार प्रचारक ?

१ फाल्गुन २०८२,
युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति
फिचर-ब्यानर

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति

१ फाल्गुन २०८२,
मापदण्डविपरीत सेवा दिएको आरोपमा दुई डेन्टल क्लिनिक बन्द गर्न सिफारिस
फिचर-ब्यानर

मापदण्डविपरीत सेवा दिएको आरोपमा दुई डेन्टल क्लिनिक बन्द गर्न सिफारिस

१ फाल्गुन २०८२,
Load More
Next Post
युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In