• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न

metakhabar by metakhabar
२४ माघ २०८२,
0
पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ, २४ माघः मुस्ताङमा आयोजित पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता आज सम्पन्न भएको छ । नेपाल स्की सङ्घको आयोजनामा आज सम्पन्न अल्पाइन स्कीअन्तर्गत पुरुषतर्फको सिनियर स्की प्रतियोगितामा रसुवाका छेवाङ मिङ्गुर तामाङ र जुनियर अल्पाइन स्की प्रतियोगितातर्फ दोलखाका साम्देनगेल्बु शर्मा च्याम्पियन बनेका छन् ।

यसैगरी महिलातर्फको अल्पाइन स्की प्रतियोगिताअन्तर्गत नुवाकोटकी सङ्गीता लामा र महिला जुनियर अल्पाइन स्कीतर्फ काठमाडौँकी नैना शाक्य च्याम्पियन बनेकी नेपाल स्की सङ्घले जनाएको छ ।

यसैगरी सिनियर अल्पाइन स्की प्रतियोगितामा काठमाडौँका समिप लामिछाने दोस्रो हुँदा दोलखाका पुण्डरिक पाण्डे तेस्रो भएका छन् । पुरुष जुनियर स्कीतर्फ भक्तपुरका अर्थसिंह बोहरा दोस्रो भए भने मुस्ताङका केसाङ गुरुङले तेस्रो भएका छन् ।

महिला अल्पाइन स्कीतर्फ काठमाडौँका आयुशी महर्जन दोस्रो हुँदा महिला जुनियर स्कीतर्फ महोत्तरीका मेन्काकुमारी आले दोस्रो भएकी छिन् । त्यस्तै काठमाडौँकी आशिया तामाङ तेस्रो भएकी हुन् । प्रतियोगिताको पुरुष र महिला सिनियर÷जुनियर च्याम्पियन बनेका स्की खेलाडीले स्वर्ण पदक पाएका छन् । पुरुष र महिलातर्फ दोस्रो स्थान हासिल गरेका स्की खेलाडीले रजत र तेस्रो स्थान हासिल गरेका खेलाडीले कास्य पदक प्राप्त गरेका छन् ।

प्रतियोगिताअन्तर्गत पुरुष र महिलातर्फको सिनियर र जुनिएर विजेता खेलाडीले नेपाल स्की सङ्घका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव विजय श्रेष्ठ र मुस्ताङ स्की सङ्घका अध्यक्ष सुरज गुरुङलगायत नेपाल स्की सङ्घका पदाधिकारी तथा सदस्यले पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो । पाँचौँ राष्ट्रिय स्की प्रतियोगितामा सहभागी खेलाडी तथा कोचलाई नेपाल स्की सङ्घले प्रमाणपत्र प्रदान गरेको थियो ।

नेपाल स्की सङ्घका अनुसार यहाँको वारागुङ मुक्तिक्षेत्र–४ मुक्तिनाथ क्षेत्रमा आयोजित पाँचाँै संस्करणमा जुनियर खेलाडी १५ र सिनियर खेलाडी १० जनाको सहभागिता थियो ।

दुई वर्षपछि आयोजना भएको प्रतियोगिता सञ्चालनका लागि काठमाडौँबाट खेलाडी र अफिसियल टोली गरी ५० भन्दा बढी बुधबार मुस्ताङ आइपुगेका थिए । पाँचौँ राष्ट्रिय स्की प्रतियोगिताका लागि सङ्घले दुई दिनसम्म यहाँ खेलाडीलाई अभ्यास प्रशिक्षण तालिम दिएको थियो ।

तालिम प्रशिक्षणका लागि मुख्य प्रशिक्षकका रूपमा स्वराज श्रेष्ठसहित प्रशिक्षक दिनेश बोहरा, समिप लामिछाने, लक्ष्मी राई, आयुसी महर्जन र शारीरिक प्रशिक्षकका रूपमा बिमन्थ अधिकारी खटिएका थिए । सङ्घले योसँगै मुस्ताङमा लगातार चौथो पटक स्की प्रतियोगिता आयोजना गरेको हो । सङ्घले पहिलो स्की प्रतियोगिता २०१६ मा रसुवाको क्यान्जेन भ्यालीमा सुरु गरेको थियो ।

मुक्तिनाथस्थित सेताम्मे भिरालो हिउँले भरिएको पाखोमा स्की प्रतियोगिता आयोजना भएको मुस्ताङ स्की सङ्घका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । हिउँले भरिएको करिब २०० मिटर दूरीमा दुईवटा मोड राखेर स्की प्रतियोगिता सञ्चालन गरिएको थियो ।

यसपटक स्की खेलको विकास र प्रवर्द्धन गर्दै नेपाली खेलाडीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्की प्रतियोगितामा भाग लिन सकून् भन्ने उद्देश्यले १८ वर्षमुनिका जुनियर खेलाडीलाई पनि सहभागी गराइएको नेपाल स्की सङ्घले जनाएको छ ।

प्रतियोगिताको समापनमा सङ्घका अध्यक्ष श्रेष्ठले सङ्घले यातायातको सहजताका कारण पछिल्लो चार संस्करण मुस्ताङमा स्की प्रतियोगिता आयोजना गरेको बताउनुभयो । स्की खेललाई राज्यले उपेक्षा गरेको उल्लेख गर्दै उहाँले अब यस प्रकारका हिउँमा खेलिने साहसिक खेलको प्रवर्द्धन गर्न स्थानीयस्तरको प्रयाससँगै राज्यका तीन तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

स्की सङ्घ मुस्ताङका अध्यक्ष गुरुङले हिउँमा खेलिने यस प्रकारको प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । यसले यहाँका व्यवसायलाई बेमोसमी घाटा कम गर्न सहयोग गर्ने उहाँले बताउनुभयो ।

सेताम्मे हिउँमा खुट्टामा लगाउने प्लेट बोर्ड जडान गरी चस्मा, लौरी, हेलिमेट लगायतका उपकरण लगाएर हिउँमा चिप्लेटी खेल्ने खेललाई स्की प्रतियोगिता भनिन्छ । मुस्ताङमा आयोजित स्की प्रतियोगितामा सहभागी खेलाडीहरु हिउँमा साहसिक खेल खेल्न पाउँदा गौरान्वित भएको बताएका छन् ।

Previous Post

काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँः सभापति थापा

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In