• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अर्घाखाँचीमा १५ उम्मेदवार चुनावी मैदानमा, एमाले–कांग्रेसबीच मुख्य प्रतिस्पर्धा

metakhabar by metakhabar
२१ माघ २०८२,
0
अर्घाखाँचीमा १५ उम्मेदवार चुनावी मैदानमा, एमाले–कांग्रेसबीच मुख्य प्रतिस्पर्धा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अर्घाखाँची । एकमात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एक महिलासहित १५ जना चुनावी प्रतिस्पर्धामा छन् । विभिन्न पार्टीका १२ जना र तीन जना स्वतन्त्र गरी १५ जना प्रतिनिधिसभाको निर्वाचनका लागि चुनावी प्रतिस्पर्धामा रहेका मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिए ।

अर्घाखाँची जिल्लाका नेकपा एमाले, नेपाली कांग्रेस, रास्वपा र नेपाली कम्युनिष्ट पार्टी, नेकपाका उम्मेदवार जिल्लामै बसेर सङ्गठन निर्माण तथा विकास निर्माणका काम गरेका उम्मेदवार छन् ।

दलहरु घरदैलो तथा निर्वाचन केन्द्रित अभियानमा लागेका छन् । जनतालाई भेटेर आफू र आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउन उनीहरु जिल्लाका गाउँ केन्द्रित अभियानमा छन् । यस क्षेत्रमा विगतदेखि नै नेकपा एमाले विजयी हुँदै आएकोले आफ्नो बर्चस्व कायम राख्ने दाउमा छ भने अरु पार्टीले पनि अहिले परिवर्तनको सन्देश दिने उद्देश्यका साथ लागेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपा र नेकपा पनि जित्ने दाबी गर्दै चुनावी अभियान अघि सारेका छन् । पहिला दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा अहिले एउटा मात्र छ । विसं २०४६ र २०५१ का निर्वाचनमा दुवै निर्वाचन क्षेत्रमा कांग्रेसले जित हासिल गरेको थियो ।

दुइपटक नै एकबाट रेवतीप्रसाद भुसाल र दुईबाट स्वर्गीय ढुण्डीराज शास्त्रीले जितेका थिए । २०५६ सालमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाबिच भएको तालमेलपछि एकमा राजमोका डिलाराम आचार्य र दुईमा नेकपा एमालेका डिल्लीराज खनालले विजय हासिल गरेका थिए ।

विसं २०६४ मा निर्वाचन क्षेत्र नं १ मा तत्कालीन माओवादीका टोपबहादुर रायमाझी र २ मा पुष्पा भुसालले जितेका थिए भने २०७० मा १ मा माओवादीका टोपबहादुर रायमाझी र २ मा नेकपा एमालेका स्व. दुमन सिंह थापाले । त्यसैगरी विसं २०७४ को निर्वाचनमा अर्घाखाँचीमा एउटा मात्र निर्वाचन क्षेत्र कायम भयो ।

उक्त निर्वाचनमा नेकपा माओवादी र एमालेको गठबन्धनबाट माओवादीका टोपबहादुर रायमाझी विजयी भएका थिए । विसं २०७९ को निर्वाचनमा एमालेका उम्मेदवार टोपबहादुर रायमाझी ४२ हजार ६७५ मत ल्याई विजयी भए । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल (गौतम)लाई एक हजार ७३० मतान्तरले पराजित गरेका थिए । भुसालले ४० हजार ९४५ मत प्राप्त गरेका थिए ।

विसं २०७९ को निर्वाचनको नतिजा हेर्दा अर्घाखाँचीमा नेकपा एमाले नेपाली कांग्रेसभन्दा १० हजारभन्दा बढी मतले अगाडि छ । उक्त निर्वाचनमा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ नेकपा एमालेले ३७ हजार ४५० मत प्राप्त गर्दै पहिलो भएको थियो ।

नेपाली कांग्रेसले २६ हजार ८६५ मत पाउँदै दोस्रो स्थानमा रहेको थियो । त्यस्तै आठ हजार ९५१ मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो भएको थियो भने नेकपा माओवादी केन्द्रले सात हजार ३४२ मत ल्याउँदै चौथो भएको थियो । राष्ट्रिय जनमोर्चाले पाँच हजार ३२७ मत र नेकपा (एकिकृत समाजवादी) ले एक हजार ६७ मत ल्याएको थियो ।

उक्त निर्वाचनमा एमाले एक्लै र नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धन गरी प्रतिस्पर्धा गरेका थिए । एकमात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा यस पटकअर्थात् यही फागुन २१ गतेको निर्वाचनका लागि नेपाली कांग्रेसबाट विष्णुप्रसाद खनाल र नेकपा एमालेबाट पीताम्बर भुसालको उम्मेदवारी परेको छ ।

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पाटीबाट हरिप्रसाद भुसाल, नेकपा माओवादीबाट खिमबहादुर घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झविन्द्र फुल्लेल, राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुस्करनाथ आचार्य र स्वतन्त्र उम्मेदवार रवि शाह उम्मेदवार रहेका छन् ।

त्यस्तै मङ्गल नेशनल अर्गनाइजेसन पार्टीबाट सूर्यबहादुर गुरुङ, जनता समाजबादी पार्टीबाट टुकबहादुर चेवाली, आम जनता पार्टीबाट दुर्गाबहादुर भाट क्षेत्री, नेशनल रिपब्लिक नेपालबाट विष्णुबहादुर गाहा तथा पम्फा श्रेष्ठ र हिमाल भुसाल स्वतन्त्र उम्मेदवार रहेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यस जिल्लामा कूल एक लाख ७१ हजार ६५२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका प्रमुख बुद्धप्रकाश पौडेलले जानकारी दिए । जसमा पुरुष ८७ हजार १५७ जना र महिला ८४ हजार ४९५ जना रहेका छन् । एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा १०२ मतदानस्थल र २०९ मतदान केन्द्र रहेका छन् ।

Previous Post

विश्व क्यान्सर दिवसः समयमै पहिचान र उपचार नै जीवन रक्षा

Next Post

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In