• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अनुशासित भएर राष्ट्रको सेवामा लाग्न युवालाई प्रधानमन्त्रीको आग्रह

metakhabar by metakhabar
२० माघ २०८२,
0
अनुशासित भएर राष्ट्रको सेवामा लाग्न युवालाई प्रधानमन्त्रीको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मध्यविन्दु (नवलपरासी), २० माघः प्रधानमन्त्री सुशीला कार्कीले आनुशासित भएर समाज र राष्ट्रको सेवामा लाग्न युवालाई आग्रह गर्नु भएको छ ।

नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दल मध्यतालिम शिक्षालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हात्तिखोरमा सञ्चालित २०औँ ब्याच सिनियर डिभिजन एनसीसी तालिमको अन्तिम दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले उन्नत समाज निर्माणका लागि युवाको सहभागिता र नेतृत्वदायी भूमिका समाजमा थप प्रभावकारी हुने बताउनुभयो ।

“युवालाई विशेषरूपमा आग्रह र अनुरोध गर्न चाहन्छु की अनुशासनलाई जीवन शैली बनाउनु होस, कर्तव्य पालना र मर्यादालाई जीवन, पढाइ तथा दैनिक सेवामा निरन्तर अभ्यास गरिदिनुहोस, राष्ट्र प्रेमलाई कर्ममा उतार्नुहोस”, प्रधानमन्त्री कार्कीले भन्नुभयो, “व्यवहारमै इमान्दार, कर्तव्य निष्ठ र जिम्मेवार नागरिकको रूपमा आफूलाई प्रस्तुत गर्नुहोस । राष्ट्रिय एकता सामाजिक सद्भाव मजबुत बनाउनुहोस । विविध भाषा संस्कृति, जात जातिसहितको विविधतालाई सम्मान गर्दै म नेपाली हुँ भन्ने भावनालाई आत्मसात् गर्नुहोस ।”

राष्ट्रिय सेवा दलमार्फत हरेक वर्ष प्रशिक्षित हुने विद्यार्थीको सङख्या आगामी वर्षदेखि वृद्धि गर्न प्राथमिकता दिइने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले युवालाई कर्तव्य पालना र अनुशासन सिकाउन तालिम फलदायी भएको बताउनुभयो ।

“एनसीसीले सिकाएको अनुशासन, समय पालन, नेतृत्व क्षमता र राष्ट्रप्रतिको भावना जीवनभर साथ दिने शिक्षा हो”, प्रधानमन्त्री कार्कीले भन्नुभयो ।

चालु आर्थिक वर्ष २०८२÷८३ मा कुल सात हजार ७१० छात्र÷छात्रा सहभागी भएका मध्य सिनियर डिभिजनमा एक हजार ८० र जुनियरतर्फ ६ हजार ६३० जना दीक्षित भएका राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी दिनेश चौलागाईँले बताउनुभयो । चार शिक्षालयमा ७७ जिल्लाका छात्र÷छात्रा सहभागी हुने एनसीसी तालिममा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ हात्तिखोरमा रहेको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा ५३० छात्र÷छात्रा दीक्षित भएका छन् ।

एनसीसी तालिमले युवामा राष्ट्र सेवा, विपद् व्यवस्थापन, सामाजिक नेतृत्व, टोलीमा काम गर्ने क्षमता तथा नागरिक सरोकारप्रतिको जिम्मेवारी विकास गर्ने उद्देश्य राखेको छ । मध्य तालिम शिक्षालयले प्रत्येक वर्ष विद्यालय तहका सयौँ विद्यार्थीलाई नियमित तालिम प्रदान गर्दै आएको छ ।

Previous Post

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Next Post

अमेरिका–भारत व्यापार सम्झौतामा खुसी र सतर्कता

metakhabar

metakhabar

सम्बन्धित खबर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु
आवाज

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

१६ चैत्र २०८२,
Load More
Next Post

अमेरिका–भारत व्यापार सम्झौतामा खुसी र सतर्कता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In