• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    महाभारतमा सात हजार कफीका बिरुवा वितरण

    महाभारतमा सात हजार कफीका बिरुवा वितरण

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    संविधान संशोधनको विषयमा कांग्रेसले आज जेन-जी अगुवासँग छलफल गर्दै

    भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

    भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

    चार दिनमा १६९ तीर्थालु भित्रिए

    चार दिनमा १६९ तीर्थालु भित्रिए

    आजदेखि मलमास सुरु, के गर्ने के नगर्ने ?

    आजदेखि मलमास सुरु, के गर्ने के नगर्ने ?

    आज ३३औँ मदन-आश्रित स्मृति दिवस, ओलीले यसरी सम्झिए

    आज ३३औँ मदन-आश्रित स्मृति दिवस, ओलीले यसरी सम्झिए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    महाभारतमा सात हजार कफीका बिरुवा वितरण

    महाभारतमा सात हजार कफीका बिरुवा वितरण

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    संविधान संशोधनको विषयमा कांग्रेसले आज जेन-जी अगुवासँग छलफल गर्दै

    भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

    भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

    चार दिनमा १६९ तीर्थालु भित्रिए

    चार दिनमा १६९ तीर्थालु भित्रिए

    आजदेखि मलमास सुरु, के गर्ने के नगर्ने ?

    आजदेखि मलमास सुरु, के गर्ने के नगर्ने ?

    आज ३३औँ मदन-आश्रित स्मृति दिवस, ओलीले यसरी सम्झिए

    आज ३३औँ मदन-आश्रित स्मृति दिवस, ओलीले यसरी सम्झिए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अमेरिकामा ट्रम्प प्रशासनको नयाँ नीतिः स्थानीय सहकार्य बिना सङ्घीय कारबाही हुँदैन

metakhabar by metakhabar
१९ माघ २०८२,
0
प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही शहरहरूमा भइरहेका प्रदर्शनका क्रममा स्थानीय निकायले अनुरोध नगरेसम्म सङ्घीय सरकारले हस्तक्षेप नगर्ने बताउनुभएको छ । शनिबार वासिङ्टनमा बोल्दै ट्रम्पले गृहमन्त्री क्रिस्टी नोएमलाई स्पष्ट निर्देशन दिइएको उल्लेख गर्दै सङ्घीय सहायता आवश्यक परेमा मात्र हस्तक्षेप गरिने बताउनुभयो । आप्रवासन नीतिमा कडाइ गरेपछि उहाँको प्रशासनको व्यापक आलोचना भइरहेका बेला ट्रम्पको उक्त अभिव्यक्ति आएको हो ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै ट्रम्पले कमजोर रूपमा सञ्चालित शहरहरूमा भइरहेका प्रदर्शन तथा दङ्गामा सङ्घीय निकायले सहभागी नहुने स्पष्ट पार्नुभयो । तर, सङ्घीय सरकारी भवनमाथि आक्रमण भएमा ती संरचनाको कडा सुरक्षा गरिने उहाँले बताउनुभयो । उहाँले सङ्घीय सम्पत्तिको सुरक्षाका लागि आप्रवासन तथा सीमा सुरक्षा निकायलाई पनि कडा रूपमा परिचालन गर्न निर्देशन दिएको जनाउनुभयो ।

यसअघि ट्रम्प प्रशासनले वासिङ्टन, लस एन्जलस, शिकागो र पोर्टल्यान्डजस्ता शहरहरूमा नेशनल गार्ड तथा सङ्घीय सुरक्षाकर्मी तैनाथ गरिसकेको थियो । तर पछिल्लो निर्णय त्यस्ता कदमविरुद्ध विरोध बढ्दै गएको सन्दर्भमा आएको हो ।
मिनेसोटाका महान्यायाधिवक्ता किथ एलिसन तथा मिनियापोलिस र सेन्ट पलका मेयरहरूले सङ्घीय आप्रवासन कारबाहीले संवैधानिक अधिकार उल्लङ्घन गरेको आरोप लगाउँदै कानुनी चुनौती दिनुभएको छ । यद्यपि सङ्घीय न्यायाधीशले मुद्दा विचाराधीन रहँदै आप्रवासन कारबाही तत्काल रोक्न अस्वीकार गर्नुभयो । न्याय विभागले उक्त मुद्दालाई कानुनी रूपमा कमजोर र निराधार भनेको छ ।

जनवरी महिनामा मिनियापोलिसमा संघीय अधिकारीद्वारा दुई व्यक्तिको गोली हानी मृत्यु भएपछि अवस्था झनै संवेदनशील बनेको छ । ती घटनापछि मिनेसोटासहित देशभर हजारौँ मानिस सडकमा उत्रिएर सङ्घीय कारबाहीविरुद्ध प्रदर्शन गरेका छन् । ट्रम्प प्रशासनका सीमा मामिला प्रमुख टम होमनले राज्य तथा स्थानीय सरकारले सहकार्य गरेमा मिनेसोटामा आप्रवासन सुरक्षाकर्मीको सङ्ख्या घटाउन सकिने सङ्केत पनि दिनुभएको छ, जसलाई त्यहाँको तनाव कम गर्ने प्रयासका रूपमा हेरिएको छ ।

Previous Post

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

Next Post

मूल्य पाइने आशामा बोटमै जुनार

metakhabar

metakhabar

सम्बन्धित खबर

महाभारतमा सात हजार कफीका बिरुवा वितरण
आर्थिक

महाभारतमा सात हजार कफीका बिरुवा वितरण

३ जेष्ठ २०८३,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
समाचार

संविधान संशोधनको विषयमा कांग्रेसले आज जेन-जी अगुवासँग छलफल गर्दै

३ जेष्ठ २०८३,
भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव
फिचर-ब्यानर

भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

३ जेष्ठ २०८३,
चार दिनमा १६९ तीर्थालु भित्रिए
आर्थिक

चार दिनमा १६९ तीर्थालु भित्रिए

३ जेष्ठ २०८३,
आजदेखि मलमास सुरु, के गर्ने के नगर्ने ?
समाचार

आजदेखि मलमास सुरु, के गर्ने के नगर्ने ?

३ जेष्ठ २०८३,
आज ३३औँ मदन-आश्रित स्मृति दिवस, ओलीले यसरी सम्झिए
समाचार

आज ३३औँ मदन-आश्रित स्मृति दिवस, ओलीले यसरी सम्झिए

३ जेष्ठ २०८३,
Load More
Next Post
मूल्य पाइने आशामा बोटमै जुनार

मूल्य पाइने आशामा बोटमै जुनार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In