• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

    क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

metakhabar by metakhabar
१८ माघ २०८२,
0
दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धरान (सुनसरी), १८ माघः धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र बन्दै गएको छ । इटहरी उपमहानगरपालिका–७ की रञ्जिता बस्नेतले हरेक वर्ष स्वस्थानी व्रत बस्दै आएको बताउनुभयो । स्वस्थानी व्रतको समयमा दुई पटक दन्तकाली मन्दिरमा पूजा गर्न आउने गरेकी उहाँको भनाइ छ ।

दन्तकाली मन्दिरमा शुद्ध मनले मागेका र चिताएका कुरा पूरा हुँने विश्वास रहीआएको छ । धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित पौराणिक महत्व बोकेको दन्तकाली मन्दिरमा हाल दैनिक रूपमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको मन्दिरका मूलपुजारी विश्वराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार पौष शुक्ल पूर्णिमादेखि सुरु भई एक महिनासम्म चल्ने स्वस्थानी व्रतका कारण यस अवधिमा भक्तजनको उल्लेख्य घुइँचो लाग्ने गर्दछ ।

दन्तकाली मन्दिर पुगेपछि वरपरका अन्य मन्दिरको पनि दर्शन गर्न पाइने भएकाले श्रद्धालुको आकर्षण बढ्दै गएको उहाँको भनाइ छ । स्वस्थानी सुरु भएपछि बिहानैदेखि पूजा गर्न आउने भक्तजनको सङ्ख्या बढेको पुजारी खनालले भन्नुभयो । धरान उपमहानगरपािलका–१५ की गोमा भट्टराईले फुर्सद हुँनासाथ दन्तकाली मन्दिर पुग्ने गरेको बताउनुभयो ।

विराटनगरबाट दन्तकाली मन्दिरमा पूजा गर्न आउनुभएका सुरेश खत्री र उहाँकी श्रीमती सुनिताले पनि स्वस्थानी व्रतको अवसरमा मन्दिरमा दर्शन गर्न आएको जानकारी दिनुभयो । स्वस्थानी व्रतकथाअनुसार दक्ष प्रजापतिकी छोरी सतीदेवीले पति महादेवको निन्दा सहन नसकी यज्ञकुण्डमा हामफालेर प्राण त्याग गरेपछि महादेव शोकाकुल भई सतीदेवीको शव काँधमा बोकेर भौँतारिँदा शरीरका अङ्ग जहाँ–जहाँ पतन भए, त्यहाँ शक्तिपीठ स्थापना भएको विश्वास छ । यही क्रममा विजयपुर पर्वतखण्डमा सतीदेवीको दाँत पतन भएकाले उक्त स्थान दन्तकालीका नामले प्रसिद्ध भएको व्रतकथामा उल्लेख छ ।

पौराणिक कथामा उल्लेखित शक्तिपीठ भएकाले दन्तकाली मन्दिरको धार्मिक महत्व विशेष रहेको स्थानीय बूढापाकाको भनाइ छ । यस मन्दिरप्रति आस्था राख्ने नेपाल र भारतलगायत टाढाटाढाबाट श्रद्धालु दर्शनका लागि आउने गरेका छन् । सामान्य दिनमा दैनिक सयौँ दर्शनार्थी मन्दिर आउने गरेका छन् भने शनिबार र मङ्गलबार पाँच सयभन्दा बढी भक्तजन यहाँ आउने गरेको पुजारी खनालले बताउनुभयो ।

दन्तकाली मन्दिरमा हरेक वर्ष असोज, माघ, चैत र असारमा चारवटा नवरात्रमा विधिवत् पूजाअर्चना गरिन्छ । विशेषगरी विजयादशमीको नवरात्रमा घटस्थापनादेखि अष्टमी, नवमी र दशमीसम्म भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । यस समयमा पूजा आराधना गर्दा मनोकामना पूरा हुने, रोगव्याधि नास हुने र दुःख हट्ने जनविश्वास रहिआएको छ ।

दन्तकाली मन्दिरको स्थापना कहिले भयो भन्ने एकिन नभए पनि स्वस्थानी व्रतकथा र पुराणमा उल्लेख भएकाले यसलाई अत्यन्तै पुरानो पौराणिक तथा धार्मिकस्थलका रूपमा लिइन्छ । दन्तकाली मन्दिरमा सयौँ वर्षदेखि खनाल थरका पुजारीले पूजा गर्दै आएका छन् । हालका मूलपुजारी विश्वराज खनाल आठौँ पुस्ताका पुजारी हुनुहुन्छ । मन्दिरसँग सम्बन्धित १८६८ सालमा राजा गीर्वाणयुद्धविक्रम शाहबाट प्राप्त ताम्रपत्र र लालमोहर पनि सुरक्षित छन् ।

धरान भ्रमणमा आउने पर्यटकले प्रायः धरानको मुख्य बजार भानुचोकबाट उकालो लागेपछि दन्तकाली, बुढासुब्बा र पिण्डेश्वर मन्दिरको दर्शनसँगै विजयपुर डाँडाको अवलोकन गर्ने गरेका छन् । दर्जनौँ मठमन्दिर रहेको विजयपुर डाँडा धार्मिक तथा ऐतिहासिकस्थलका रूपमा परिचित छ । विजयपुर सिङ्गो धरानको शिर हो, यहाँ धार्मिकस्थल र मठमन्दिर प्रशस्त छन् । यसलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न सके नेपाल र भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या अझ बढ्ने धरान उपमहानगरपालिका–१४ का वडाध्यक्ष कृष्ण भट्टराईले बताउनुभयो ।

इतिहासमा विजयपुरमा कुनै बेला सेन वंशको राज्य रहेको पाइन्छ । सेन र त्यसपछिका राजाहरूले पनि दन्तकालीलाई शक्तिपीठका रूपमा दर्शन गर्ने र मन्दिरमा घन्ट, त्रिशूल चढाउने गरेको पाइन्छ । पुराना स्थानीय बासिन्दाको भनाइअनुसार २०३५ सालभन्दा पहिला दन्तकाली मन्दिर अहिले जस्तो थिएन । पछि मात्र अहिलेको मन्दिर निर्माण भएको हो । हालको मन्दिरको छानामाथि धातुको गजुरसमेत राखिएको छ ।

Previous Post

आँखारोगीको खोजी गर्दै पौवादुङमा

Next Post

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

metakhabar

metakhabar

सम्बन्धित खबर

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
समाचार

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

१९ असार २०८३,
भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार
अन्तर्राष्ट्रिय

भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

१९ असार २०८३,
अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा
खेलमैदान

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१९ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

१९ असार २०८३,
क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा
खेलमैदान

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
Load More
Next Post
सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In