• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

    पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    आज कहाँ-कहाँ हुनेछ वर्षा ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

metakhabar by metakhabar
१६ माघ २०८२,
0
भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधारसम्बन्धी नयाँ कानूनमा हस्ताक्षर गर्नुभएको छ । यस कानूनले निजी कम्पनीहरूलाई तेल उत्पादन र बिक्रीमा ठूलो भूमिका दिने व्यवस्था गर्दै दुई दशकभन्दा बढी समयदेखि लागू समाजवादी नीतिलाई उल्ट्याएको छ ।

यो सुधार सरकारको सबैभन्दा महत्त्वपूर्ण नीतिगत कदम मानिएको छ । लामो समयदेखि सङ्कटमा परेको तेल उद्योगमा विदेशी लगानी आकर्षित गर्ने लक्ष्यसहित राज्यको कडा नियन्त्रण खुकुलो बनाइएको हो । राजधानी काराकसमा अमेरिकी सेनाको आक्रमणपछि पूर्वराष्ट्रपति निकोलस मदुरोको सत्ता गुमेको एक महिनाभित्रै यो कानून लागू गरिएको हो ।

राष्ट्रिय सभाबाट विधेयक पारित भएको दुई घण्टाभन्दा कम समयमा रोड्रिगेजले हस्ताक्षर गर्नुभएको थियो । सोही समयमा अमेरिकी अर्थ मन्त्रालयलले भेनेजुएलामाथि लगाइएका तेलसम्बन्धी केही आर्थिक प्रतिबन्धहरू खुकुलो पार्दै अमेरिकी ऊर्जा कम्पनीहरूको गतिविधि विस्तार गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।

रोड्रिगेजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोसँग पनि वार्ता गर्नुभएको थियो । अमेरिकी पक्षले भेनेजुएलाको तेल निर्यात नियमन गर्दै त्यसबाट आउने आम्दानीको निगरानी गर्ने योजना सार्वजनिक गरेको छ । विश्वमै सबैभन्दा ठूलो प्रमाणित कच्चा तेल भण्डार भेनेजुएलामै रहेको छ ।

नयाँ कानूनअनुसार निजी कम्पनीहरूले स्वीकृत व्यापार योजनाका आधारमा आफ्नै खर्च र जोखिममा तेल क्षेत्र सञ्चालन गर्न सक्नेछन् । यसले राज्यस्वामित्वको पिडिभिएसएको उत्पादन र मूल्य निर्धारणसम्बन्धी एकाधिकार अन्त्य गर्दछ । साथै, विदेशी लगानीकर्ताका लागि महत्त्वपूर्ण मानिने स्वतन्त्र अन्तर्राष्ट्रिय मध्यस्थताको व्यवस्था पनि समेटिएको छ ।

कानूनले रोयल्टी दर अधिकतम ३० प्रतिशतमा सीमित गर्ने र परियोजनाको प्रकृतिअनुसार कार्यकारी शाखाले कर संरचना निर्धारण गर्न सक्ने व्यवस्था गरेको छ । सत्ताधारी दलका सांसदहरूले यसले देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने दाबी गरेका छन् । विपक्षी सांसदहरूले भने पारदर्शिता र जवाफदेहिताका प्रावधान थप्न आग्रह गरेका छन् ।

तेल कामदार र सत्ताधारी दलका समर्थकहरूले संसद् भवनमा विधेयक पारित भएको खुसीयाली मनाएका थिए ।

यसअघि पूर्वराष्ट्रपति ह्युगो चाभेजले तेल उद्योगलाई कडा राज्य नियन्त्रणमा राख्दै सामाजिक कार्यक्रमहरूको आधार बनाउनुभएको थियो । तर तेल मूल्यको गिरावट, भ्रष्टाचार, खराब व्यवस्थापन र अमेरिकी प्रतिबन्धका कारण उद्योग कमजोर बन्दै गयो र गहिरो आर्थिक सङ्कट उत्पन्न भयो । नयाँ सुधारले त्यही सङ्कटबाट बाहिर निस्कन प्रयास गरेको सरकारको भनाइ छ ।

Previous Post

प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण

Next Post

यस्तो छ राष्ट्रपति पौडेलको जापान भ्रमणको तालिका

metakhabar

metakhabar

सम्बन्धित खबर

भिरमा अल्झिएको भे‌डागोठालाको जीवन
आर्थिक

भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
फिचर-ब्यानर

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
फिचर-ब्यानर

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

९ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
फिचर-ब्यानर

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

९ असार २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

आज कहाँ-कहाँ हुनेछ वर्षा ?

९ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

९ असार २०८३,
Load More
Next Post
यस्तो छ राष्ट्रपति पौडेलको जापान भ्रमणको तालिका

यस्तो छ राष्ट्रपति पौडेलको जापान भ्रमणको तालिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In