• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

    मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    अगस्टमा घट्यो विदेशी पर्यटक आगमन

    मनाङमै अड्किए पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भियतनाम–इयु रणनीतिक साझेदारी सुदृढ

metakhabar by metakhabar
१५ माघ २०८२,
0
भियतनाम–इयु रणनीतिक साझेदारी सुदृढ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भियतनाम र युरोपेली सङ्घ (इयु) ले बिहीबार कूटनीतिक सम्बन्धलाई औपचारिक रूपमा उन्नयन गर्दै व्यापार, प्रविधि र सुरक्षाका क्षेत्रमा थप गहिरो सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाको हनोई भ्रमणका क्रममा दुवै पक्षबीच भएको छलफलपछि सम्बन्धलाई व्यापक रणनीतिक साझेदारीको स्तरमा पुर्‍याइएको हो ।

प्रेस ब्रिफिङमा कोस्टाले भियतनाम र इयुबीचको सम्बन्धलाई अझ उच्च स्तरमा उकासिएको बताउँदै यसले दुवै पक्षको दीर्घकालीन हितलाई मजबुत बनाउने धारणा व्यक्त गर्नुभयो । उहाँले यो उन्नयनले इयु–भियतनाम सहयोगको गहिराइ र विस्तार दुवैलाई प्रतिबिम्बित गर्ने उल्लेख गर्दै व्यापार, हरित ऊर्जा, विकास अर्थतन्त्र, सुरक्षा र रक्षाका क्षेत्रमा अझ धेरै सम्भावना रहेको स्पष्ट पार्नुभयो ।

यो समझदारी भियतनामको कम्युनिष्ट पार्टीले टो लामलाई देशको शीर्ष नेताका रूपमा पुनः पुष्टि गरेको एक हप्ता नबित्दै भएको हो । यसले देशलाई व्यापक विकास उन्मुख परिवर्तनतर्फ लैजाने उहाँको दृष्टिकोणलाई अन्तर्राष्ट्रिय स्तरबाट समर्थन मिलेको सङ्केत दिएको छ ।

भियतनाम र इयुले सन् २०१९ मा स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेपछि द्विपक्षीय व्यापारिक आदानप्रदान झन्डै ४० प्रतिशतले वृद्धि भएको छ । यद्यपि इयुसँग भियतनामको बढ्दो व्यापार अधिशेषले केही युरोपेली नेताहरूलाई चासोमा पारेको छ, जसका कारण अटोमोबाइलजस्ता इयु उत्पादनमा रहेका गैर–कर अवरोध हटाउन आग्रह गरिएको छ ।

संयुक्त राज्य अमेरिकाले भियतनामी निर्यातमा नयाँ २० प्रतिशत भन्सार शुल्क लगाए पनि भियतनामले गत वर्ष आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्दै क्षेत्रीय अर्थतन्त्रको उज्यालो पक्षका रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ । गहिरिँदो व्यापारिक अनिश्चितताका बीच भियतनाम संयुक्त राज्य अमेरिका र चीनबाहेक अन्य नयाँ बजार खोज्ने प्रयासमा रहेको देखिन्छ ।

गत हप्ता लामो समयपछि आयोजना गरिएको नेतृत्वस्तरीय सम्मेलनमा पार्टीले राष्ट्रिय सुरक्षा, आन्तरिक स्थिरता र विदेश नीतिलाई प्राथमिकतामा राख्दै भावी रणनीति तय गरेको थियो । इयुसँगको सम्बन्ध स्तरोन्नति अमेरिकाबाहेकका बजारमा निर्यात विविधीकरण गर्ने भियतनामको रणनीतिक प्रयासको एक हिस्सा भएको भियतनाम विज्ञ तथा बोस्टन कलेजका अतिथि विद्वान खाङ वुले बताउनुभएको छ ।

उहाँका अनुसार भियतनाम खुला र स्थिर अन्तर्राष्ट्रिय व्यापार वातावरण कायम राख्न चाहन्छ र यसमा इयुले सहयोग पु¥याउन सक्नेछ । हाल भियतनामको चीन, रुस र संयुक्त राज्य अमेरिकासँग पनि व्यापक रणनीतिक साझेदारी कायम छ ।

सन् २०२२ यता भियतनामले करिब एक दर्जन देशहरूसँग समानस्तरका साझेदारीमा सहमति जनाएको छ । यसमार्फत देशले नयाँ बजार, ज्ञान र प्रविधि उपयोग गर्दै अन्तर्राष्ट्रिय भूमिकालाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ ।

विश्वका प्रमुख शक्तिहरूसँग सन्तुलित सम्बन्ध कायम राख्ने उद्देश्यले भियतनामले लामो समयदेखि आफ्ना नेताहरूले लचकदार सन्तुलन कूटनीति भनेर व्याख्या गर्ने व्यावहारिक विदेश नीति अभ्यासलाई निरन्तरता दिँदै आएको छ ।

Previous Post

आन्तरिक उडान सुचारू

Next Post

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

metakhabar

metakhabar

सम्बन्धित खबर

मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध
अन्तर्राष्ट्रिय

मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

१४ अशोज २०८३,
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
समाचार

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

१४ अशोज २०८३,
ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा
समाचार

ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

१४ अशोज २०८३,
अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति
समाचार

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

१४ अशोज २०८३,
बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट
आर्थिक

बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

१४ अशोज २०८३,
अगस्टमा घट्यो विदेशी पर्यटक आगमन
टुरिजम

मनाङमै अड्किए पर्यटक

१४ अशोज २०८३,
Load More
Next Post
७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In