• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो

metakhabar by metakhabar
१२ माघ २०८२,
0
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १२ माघः आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क्षेत्र पुगिसेका छन् ।

मुलुकमा विशेष परिस्थितिका कारण यसपटक हुन लागेको आमनिर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरू के–कस्ता ‘एजेन्डा’ लिएर आउँछन् र कसरी प्रस्तुत हुन्छन् भन्ने विषयमा आममतदाता विभिन्न अड्कलबाजी गरिरहेका छन् ।

अघिल्ला निर्वाचनको तुलनामा यसपटक पुराना दल र नयाँ दल, पुराना उम्मेदवार र नयाँ उम्मेदवारका विषयमा सहर र गाउँमा मात्रै होइन, चोक र चिया पसलमा समेत आ–आफ्नो कोणबाट चर्चापरिचर्चा गरिरहेको पाइन्छ । कसिलो बन्दै गएको निर्वाचन आचारसंहिता र प्रविधिको बढ्दो प्रयोगका कारण अहिले चुनाव प्रचारमा ‘डिजिटल शैली’ अपनाउन थालिएको छ ।

जसले गर्दा विगतमा आमसभामार्फत आफ्ना एजेन्डा प्रस्तुत गर्ने र उठेका विषयवस्तुबारे स्पष्ट पार्ने कार्य अहिले सामाजिक सञ्जाल दह्रिलो माध्यम बनेको छ । उम्मेदवारहरूले भौतिक रूपमा सम्भव नभएको अवस्थामा सामाजिक सञ्जाललाई नै चुनाव प्रचारको माध्यम बनाएका छन् ।

औपचारिक रूपमा आगमी फागुन ३ देखि १८ गतेसम्म मात्रै निर्वाचन प्रचारप्रसार गर्न पाइन्छ । उम्मेदवारी दर्ता भएका दिनदेखि नै उम्मेदवारहरू आ–आफ्नो ढङ्गले मतदातासँगको साक्षात्कारमा पुगेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका नेता एवं सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधव सापकोटा उम्मेदवारलाई मतदातालाई कसरी खुसी पार्ने भन्ने दबाबका बीच विधायिकाको भूमिका पनि बुझाउने प्रयासमा रहेको बताउनुहुन्छ ।

“सहरी क्षेत्रका मतदाता परिवर्तन, सुशासनलगायत मुद्दामा केन्द्रित हुनुन्छ भने ग्रामीण क्षेत्रमा त्यहाँको पूर्वाधार र विकास निर्माणमा जोड छ । कानुन निर्माणको विषयमा कम चासो व्यक्त भएको छ”, मतदातासँगको साक्षात्कारमा रहनुभएका नेता सापकोटाले भन्नुभयो ।

उहाँका अनुसार नवपुस्ताले विभिन्न समृद्ध मुलुकसँग तुलना गरेर उम्मेदवारसँग प्रश्न गर्ने गरेका छन् । नयाँ पुस्ताको तीव्र परिवर्तनको चाहनालाई सम्बोधन गर्नुपर्छ । सो क्षेत्रमा स्वतन्त्र र राजनीतिक दलका गरी १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

“अघिल्लो र अहिलेको निर्वाचन नितान्त नयाँ पृष्ठभूमिमा हुन लागेकाले यो निरन्रता मात्रै नभई विशेष प्रकृतिको निर्वाचन हो, अघिल्ला निर्वाचन निरन्ततामा नियमितता थियो । यो आकस्मिकता र विशेष परिस्थितिमा भएको हुन लागेको छ”, उहाँले भन्नुभयो ।

मतदाता परिवर्तन र सक्षम उम्मेदवार छनोटको ‘मुड’मा रहेको आफूले पाएको नेता सापकोटाले बताउनुभयो । “वर्षौंदेखि कुनै पार्टीमा आबद्धता भएका मतदाता पनि उम्मेदवारलाई हेरेर मतदान गर्छौं भन्ने विचारमा हुनुहुन्छ”, उहाँले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं मकवानपुर निर्वाचन क्षेत्र नं २ का उम्मेदवार महेश बर्तौलाले मतदातासँगको अन्तरक्रियामा पाँच वर्षका लागि निर्वाचित गरेर पठाएकामा ३२ महिना पुग्दा नपुग्दै पुनः निर्वाचनमा फर्कने स्थिति कसका कारण बन्यो भनेर जिज्ञासा राख्ने गर्नुभएको बताउनुभयो ।

उहाँका अनुसार विगतका तुलनामा पछिल्लो समय निर्वाचित जनप्रतिनिधिहरू बेलाबखत गाउँ फर्केर जनताका माझमा पुग्ने अवस्थालाई मतदाताले सकारात्मक रूपमा लिएका छन् । “सैद्धान्तिक हिसाबले जनप्रतिनिधि कानुन र विधि निर्माता हुन् । तर सांसदलाई नै विकास निर्माणको अगुवामा मानेर खेलमैदान, धारा, पानी, सिँचाइ, मन्दिर, गुम्बा, अस्पताल, बाटो, विद्यालयलगायतको माग सम्बोधन गर्नुपर्छ भन्ने कतिपय मतदाताको भावना रहेको छ”, नेता बर्तौलाले भन्नुभयो ।

मतदातासँगको अन्तरक्रियामा नवपुस्तालाई राष्ट्रिय मामिला, स्वाधीनता, भौगोलिक अखण्डताका विषयमा अझ बढी साक्षात्कार गर्नुपर्ने महसुस भएको जनाउँदै उहाँले शासकीय प्रबन्ध, संवैधानिक व्यवस्था, दलीय व्यवस्थाका विशेषता, कार्यप्रकृति, लोकतान्त्रिक मूल्य मान्यता, संसद्, संसदीय मामिला र सांसदको भूमिकाका बारेमा बुझाउन ठूलो मेनहत गर्नुपर्ने बताउनुभयो ।

नेता बर्तौलाले भन्नुभयो, “सहिष्णुता र हार्दिकताभन्दा कुनै दल विशेषको छाताभित्र रहेर नै पनि कतिपय दल र उम्मेदवारप्रति आलोचना, आवेग, उत्तेजना, भड्काउजस्ता दृष्टिकोण समाजमा प्रकट गर्न खोजिनु अव्यावहारिक छ । त्यसमा सुधारको खाँचो छ ।”

संसद्ले बजेट बनाउने हुँदा मतदाताले उठाएका विकास निर्माणसम्बन्धी माग सम्बोधन गर्ने कुरालाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँदै उहाँले संसद्मा रहँदा गुणस्तरीय कानुन निर्माणमा जनप्रतिनधिले कति ध्यान दियो भन्ने प्रश्न भने अत्यन्त कमजोर रहेको छ भन्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं धनुषा निर्वाचन क्षेत्र नं ३ उम्मेदवार मनिष झा निर्वाचनप्रतिको उत्साह र परिवर्तनको माहोल राम्रो देखिएको प्रतिक्रिया दिनुहुन्छ । “अधिकारको लडाईं लडिरहेको मधेसले कार्यकारी भूमिकामा मधेस पुत्र पुग्दै गर्दा त्यो अवसरलाई गुमाउन हुँदैन भन्ने आमबुझाइ छ”, उहाँले भन्नुभयो, “हामीले ‘डेलिभरी’ दिन तयार छौँ, त्यही कुरा मात्रै उनीहरूको माग छ ।”

मतदाताको ठूलो माग नभएकाले विमानस्थल होइन, सडकमा किन खाल्डो छ भन्ने कुरा सोधिरहेको उल्लेख गर्दै नेता झाले विकास निर्माणको लागतअनुसारको गुणस्तर कामय नहुनुले भ्रष्टाचार भइरहेको छ भन्ने जनताको बुझाइ गलत नभएको बताउनुभयो ।

भ्रष्टाचार न्यूनीकरण, सुशासनसँगै सार्वजनिक यातायात र सेवा प्रवाहमा सहजीकरण होस् भन्ने जनताको माग रहेको उल्लेख गर्दै उहाँले मुलुक सङ्घीयतामा गइसकेपछि केन्द्रीकृत रहेको सेवा प्रवाहलाई पनि विकेन्द्रीत गर्नुपर्छ भन्ने जनआवाज अझै आफूले पाइरहेको जानकारी दिनुभयो ।

सो निर्वाचन क्षेत्रमा पाँच पालिका र ३८ वटा वडा रहेको छ ।

नेपाली कांग्रेसका नेता एवं रौतहट निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार देवप्रसाद तिमिल्सिनाले आर्थिक अवस्था कमजोर रहेको देशमा खर्चिलो चुनाव पटकपटक हुँदा विकास निर्माणका लागि प्रयोग गर्नुपर्ने बजेट प्रभावित हुने विषयमा मतदाताबाट चासो र चिन्ता प्रकट भएको बताउनुभया । उहाँले भन्नुभयो, “त्यो रकम विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानीमा लगानी गर्न पाए हुन्थ्यो भन्ने जनभावना छ, पाँच वर्षका लागि चुनेर पठाएका थियौँ, बीचैमा फर्केर फेरि मत माग्न आउनुभयो । देश र जनताको पक्षमा समयमै जेजस्तो काम गर्नुपथ्र्यो, त्यो समयमै नहुँदा यो अवस्था आएको हो कि भन्ने मतदाताको जिज्ञासा छ ।”

निर्वाचनमा सफलता प्राप्त भएमा जनताको भावनालाई आगामी दिनमा पनि सदनमा उठाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै नेता तिमिल्सिनाले पछिल्लो समय उम्मेदवारभन्दा पनि मतदाता हरेक हिसाबले सजग र सचेत बन्दै गएको आफूले पाएको बताउनुभयो । “शिक्षा, स्वास्थ्य, खानेपानी, आवास जिल्लाको मुख्य प्राथमिकता हुन् । निर्वाचनमा जनतामा निर्णायक भएकाले उहाँहरू रोजाइका आधारमा निर्वाचित हुने हो । नयाँ नेतृत्वसहित नयाँ एजेन्डा लिएर कांग्रेस अघि बढेको छ । यसपटक जनताको अपेक्षा पूरा गर्न सक्छौँ भन्ने विश्वास छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्री एवं सल्यान निर्वाचन क्षेत्र नं १ का उम्मेदवार अनिशा नेपाली गाउँमा गएर मतदातासँग भेटघाटको क्रम चलिरहेको बताउनुभयो । “आफूहरूले उठाएका विकास पूर्वाधारका काम पूरा नभएको भन्ने जनगुनासो छ । भौतिक पूर्वाधार, जनजीविकाका सबाल सम्बोधन भएनन् भन्ने भागलाई आफू विजयी भएको खण्डमा पूरा गर्नेछु”, उहाँले भन्नुभयो ।

Previous Post

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

Next Post

स्वास्थ्यमन्त्री गौतमद्वारा जिपी कोइराला उपचार केन्द्रको निरीक्षण

metakhabar

metakhabar

सम्बन्धित खबर

भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
Load More
Next Post
स्वास्थ्यमन्त्री गौतमद्वारा जिपी कोइराला उपचार केन्द्रको निरीक्षण

स्वास्थ्यमन्त्री गौतमद्वारा जिपी कोइराला उपचार केन्द्रको निरीक्षण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In