• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    दुखुखोला सडक पुल जोखिममा

    दुखुखोला सडक पुल जोखिममा

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भेलागुढी सिमसार नयाँ पर्यटकीय गन्तव्य

metakhabar by metakhabar
११ माघ २०८२,
0
भेलागुढी सिमसार नयाँ पर्यटकीय गन्तव्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर (झापा), ११ माघः पूर्वी झापामा लुकेको हरियो संसार अहिले घुमफिरको नक्सामा देखिन थालेको छ । हल्दिबारी गाउँपालिका–२ मा अवस्थित भेलागुढी सिमसार तथा सहिद स्मारक उद्यान (पार्क) अहिले आन्तरिक पर्यटकका लागि नयाँ मात्र होइन, आकर्षक गन्तव्य बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता र ऐतिहासिक स्मृतिको सङ्गम बनेको यो सिमसार क्षेत्रलाई स्थानीयले गर्वका साथ ‘झापाको हरित मुटु’ भन्न थालेका छन् ।

हल्दिबारी, भद्रपुर र बिर्तामोड तीनवटै पालिकाको सङ्गमस्थलमा करिब ९६ हेक्टर क्षेत्रमा फैलिएको यो सिमसार वनभोज, पारिवारिक घुमफिर, विद्यार्थी अध्ययन भ्रमण र प्रकृति अवलोकनका लागि उपयुक्त स्थलका रूपमा विकास हुँदैछ । विशेषगरी हिउँद र वसन्तयाममा यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ ।

केही वर्षअघिसम्म झाडी र जङ्गलले ढाकिएको यो क्षेत्र आज व्यवस्थित पर्यटकीयस्थलको पहिचान बनाउँदैछ । भेलागुढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुण्यप्रसाद लम्साल भन्नुहुन्छ, “पहिले यहाँ खासै मान्छे आउँदैनथे, स्थानीय सरकारले गुरुयोजना बनाएर काम थालेपछि भेलागुढी चिनिन थाल्यो ।”

यहाँ हाल २८ टहराघर, खानेपानीको व्यवस्था र प्रत्येक टहरामा विद्युतीकरण गरिएको छ । विद्युतीय सुविधाले वनभोजका समूहलाई आवश्यक उपकरण प्रयोग गर्न सहज बनाएको अध्यक्ष लम्साल बताउनुहुन्छ । उहाँका अनुसार हाल बिदाको दिन २० देखि २५ समूह पिकनिक मनाउन यो ठाउँमा आउने गरेका छन्भने अन्य दिनमा समेत यहाँ आएकै हुन्छन् ।

झापाकै दमकबाट महिला समूहसहित पिकनिक खान आउनुभएकी प्रमिला राजवंशीले भेलागुढीबारे ‘टिकटक’बाट थाहा पाएको बताउनुभयो । “हाम्रो सहकारीको अर्को समूह पहिले नै आएर गइसकेको रहेछ, त्यसैले हामी पनि आयौँ”, उहाँ भन्नुहुन्छ, “यति राम्रो ठाउँ हाम्रो जिल्लामै रहेछ भन्ने थाहा पाएर खुसी लाग्यो ।”

अर्जुनधाराबाट विद्यालय आउनुभएका कक्षा ११ का विद्यार्थी विराज हुमागाईँ पनि उत्साहित देखिनुहुन्थ्यो । “झापामै यस्तो रमाइलो र शान्त वातावरण पाउँदा निकै खुसी लाग्यो”, उहाँ भन्नुहुनछ, “टाढा जानु नपरी आफ्नै नजिक यस्तो गन्तव्य हुनु राम्रो कुरा हो ।”

भेलागुढी सिमसारलाई पर्यटकीय गन्तव्य बनाउने सपना भने नयाँ होइन । भेलागुढी सिमसार क्षेत्र विकास उपभोक्ता समितिका पूर्वअध्यक्ष नारायणप्रसाद लुइँटेल २०६४ सालमै यसको सम्भावना देखेर काम सुरु गरिएको स्मरण गर्नुहुन्छ । “त्यतिबेला भूमिसुधार कार्यालयबाट रु एक लाख बजेट ल्याएर संरक्षण र विकासको सुरुआत गरेका थियौँ, तर बजेट अभावले काम निरन्तर हुन सकेन”, उहाँ भन्नुहुन्छ ।

संविधान जारी भएसँगै भने स्थानीय सरकारको प्राथमिकतामा सिमसार परेको छ । हल्दिबारी गाउँपालिकाले २०७६ सालदेखि गुरुयोजना बनाएर चरणबद्ध रूपमा पूर्वाधार निर्माण सुरु गरेको पूर्वअध्यक्ष लुइँटेल बताउनुहुन्छ ।

सङ्घीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा भेलागुढी सिमसारमा हालसम्म उल्लेख्य लगानी भइसकेको छ । सङ्घीय सरकारअन्तर्गत पर्यटन प्रवर्द्धन साझेदारी कार्यक्रमबाट रु एक करोड ३० लाख, प्रदेश सरकारबाट ५० लाख र पालिकाबाट थप बजेट लगानी गरिएको अध्यक्ष लम्साल बताउनुहुन्छ ।

हालसम्म रु आठ करोड ३९ लाखको ‘इस्टिमेट’ अनुसार सामुदायिक सङ्ग्रहालय, झाडी सफाइ, तारबार, बाटो विस्तार, देउनियाँ खोलामा तटबन्ध, काठेपुल, पोखरी तटबन्ध, रिङरोड, सामुदायिक भवन र शौचालय निर्माणजस्ता काम सम्पन्न भएको उहाँले बताउनुभयो । तर आर्थिक वर्ष २०७६÷७७ मा विनियोजित रु पाँच करोडको योजना अधुरै रहेको अध्यक्ष लम्सालले जानकारी दिनुभयो । “ठेक्का पाएको कम्पनीले जिपलाइन, फोहोरा, तटबन्धलगायत संरचना पूरा गरेको छैन”, उहाँले भन्नुभयो, “यी काम पूरा भए भेलागुढी अझ आकर्षक बन्ने थियो ।”

सिमसार व्यवस्थित बन्दै जाँदा स्थानीयका लागि रोजगारीको अवसर पनि खुलेका छन् । जोसना गिरी भन्नुहुन्छ, “पर्यटक बढेपछि चिया, खाजा र साना व्यापारको सम्भावना देखिएको छ । अधुरा योजनाका काम पूरा भए युवाले गाउँमै केही गर्ने अवसर पाउन सक्छन् ।”

भेलागुढी केवल घुम्ने ठाउँमात्र होइन, जैविक विविधताको दृष्टिले पनि महत्त्वपूर्ण छ । यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी, जलचर र वनस्पति पाइन्छन् । सहिद स्मारक पार्कले यस क्षेत्रलाई ऐतिहासिक र भावनात्मक महत्व पनि दिएको छ । स्थानीय कुमार क्षेत्रीका अनुसार उचित पूर्वाधार, पहुँच र प्रचारप्रसार भए भेलागुढी सिमसार झापाकै प्रमुख आन्तरिक पर्यटन केन्द्र बन्न सक्छ । बिर्तामोड र भद्रपुरजस्ता सहर नजिक हुनु यसको ठूलो फाइदा रहेको उहाँको भनाइ थियो ।

प्राकृतिक सौन्दर्य, ऐतिहासिक स्मृति र स्थानीयको मेहेनत मिसिएको भेलागुढी सिमसार आज सम्भावनाको ढोकामा उभिएको छ । बाँकी संरचना पूरा भई दिगो व्यवस्थापन हुनसके यो सिमसार साँच्चै झापाको हरित मुटुका रूपमा स्थापित हुनेमा स्थानीय विश्वस्त देखिन्छन् ।

Previous Post

स्वास्थ्य शिविरः नागरिकलाई घरआँगनमै उपचार

Next Post

रौतहटको जयनगरमा फर्निचर मेला : उपभोक्ता र व्यवसायी आकर्षित

metakhabar

metakhabar

सम्बन्धित खबर

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
आर्थिक

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

८ भदौ २०८३,
दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि
आर्थिक

दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

८ भदौ २०८३,
दुखुखोला सडक पुल जोखिममा
आर्थिक

दुखुखोला सडक पुल जोखिममा

८ भदौ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

८ भदौ २०८३,
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी
आवाज

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

८ भदौ २०८३,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
समाचार

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

८ भदौ २०८३,
Load More
Next Post
रौतहटको जयनगरमा फर्निचर मेला : उपभोक्ता र व्यवसायी आकर्षित

रौतहटको जयनगरमा फर्निचर मेला : उपभोक्ता र व्यवसायी आकर्षित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In