• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ: जापानी राजदूत माएदा

metakhabar by metakhabar
११ माघ २०८२,
0
नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ: जापानी राजदूत माएदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपालको विकास प्रयासमा जापानको सहयोग निरन्तर रहने बताउनुभएको छ । नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ तथा जाइका अलमनाई एसोसिएसन नेपाल (जान)को ५२औँ वार्षिक समारोहमा आज उहाँले नेपाललाई प्राविधिक, मानव संसाधन विकास, शिक्षा, सञ्चार, सडक तथा कृषि क्षेत्रमा नेपालीकै चाहनाबमोजिम जापानले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

द्विपक्षीयसम्बन्ध सुदृढ गर्न जानले पु¥याएको योगदानप्रति आभार प्रकट गर्दै राजदूत माएदाले भविष्यमा यस सम्बन्धलाई अझ सुदृढ र दिगो बनाउन आवश्यक रहेको बताउनुभयो । “आपसी संस्कार र संस्कृतिलाई प्रवर्द्धन गर्न जानले पुर्याएको योगदान प्रशंसनीय छ । नेपाल–जापान सम्बन्ध थप विस्तार गर्न आगामी दिनमा थप योगदान हुने अपेक्षा छ”, उहाँले भन्नुभयो ।

राजदूत माएदाले वर्तमान अवस्थामा जानको सदस्यता विस्तारमा नवयुवाहरूलाई प्रोत्साहन गर्नसमेत आग्रह गर्नुभयो ।

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)नेपालका प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले नेपाल–जापानसम्बन्ध सुदृढ गर्न जानले पु¥याएको योगदानको प्रशंसा गर्दै निरन्तर सहकार्यको खाँचो औँल्याउनुभयो । उहाँले नेपालको आर्थिक विकास, शान्ति, समृद्धि र दिगो विकासका लागि जाइकाले चार दशकदेखि शिक्षा, स्वास्थ्य, ऊर्जा, सुशासन, यातायात, कृषि, जनशक्ति विकास, एवं पूर्वाधारलगायत २१ वटा क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउनुभयो ।

प्रमुख प्रतिनिधि मात्सुजाकीले दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुद बनाउनुपर्नेमा जोड दिँदै आगामी दिनमा जापानी सहयोग निरन्तर जारी रहने वचनबद्धता गर्नुभयो ।

जानका अध्यक्ष डा रामचन्द्र भुसालले जापान नेपालका लागि निःस्वार्थ, भरपर्दो र दिगो रूपमा सहयोग गर्ने असल मित्रका रूपमा रहेको बताउनुभयो । उहाँले नेपाल–जापान सम्बन्धलाई सुदृढ गर्न जानका कार्यक्रम परिलक्षित रहेका बताउनुभयो ।

अध्यक्ष भुसालले नेपालको सामुदायिक विकास, भूकम्पलगायत प्राकृतिक विपत्तिमा सहयोग र आर्थिक सामाजिक तथा सांस्कृतिक विकासमा जापानले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभयो ।

जानका उपाध्यक्ष किरण रुपाखेतीले जापानको ज्ञान, अनुशासन, कार्यसंस्कृति तथा विकास दर्शनबाट प्रशिक्षित विज्ञहरूको सशक्त सञ्जालका रूपमा जानले विगत पाँच दशकभन्दा बढी समयदेखि काम गरिरहेको बताउनुभयो । उहाँले जानले नेपाल र जापानबीचको जीवन्त, दिगो र भरोसायोग्य सेतुको भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा जाइका नेपालका प्रमुख मात्सुजाकी र जानका अध्यक्ष भुसालले नेपाल–जापान मैत्रीसम्बन्ध स्थापना भएको ७० औँ वर्षगाठँको सन्दर्भ पारेर नेपालले जापानबाट सिक्न सक्ने विषयवस्तुबारे बेग्लाबेग्लै प्रस्तुति दिनुभएको थियो ।

त्यस अवसरमा जानका आजीवन सदस्य एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा जानका महासचिव शान्तिलक्ष्मी शाक्यले एक वर्षमा भए÷गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो ।

समारोहमा राजदूत माएदाले जानले प्रकाशन गरेको स्मारिका ‘मिलन’को विमोचन गर्नुभएको थियो भने स्मारिकामा प्रकाशित आलेखका लेखकलाई प्रसंशापत्र प्रदान गरिएको थियो ।

जान जापान र नेपालबीच मित्रता एवं पारस्परिक समझदारी प्रवर्द्धन गर्ने उद्देश्यका साथ पाँच दशकअघि स्थापना गरिएको थियो ।

Previous Post

अण्डाको माग र मूल्य बढ्यो

Next Post

कभर्डहल सञ्चालनको जिम्मा खेलकुद विकास समितिलाई

metakhabar

metakhabar

सम्बन्धित खबर

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
आवाज

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

२३ असार २०८३,
रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग
आवाज

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

२३ असार २०८३,
पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
आवाज

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

२३ असार २०८३,
सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा
आवाज

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

२३ असार २०८३,
विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान
आर्थिक

विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

२३ असार २०८३,
फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान
कृषि

फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

२३ असार २०८३,
Load More
Next Post
कभर्डहल सञ्चालनको जिम्मा खेलकुद विकास समितिलाई

कभर्डहल सञ्चालनको जिम्मा खेलकुद विकास समितिलाई

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In