• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

    एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

    धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

    धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

    प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

    प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

    एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?

    चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

    स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

metakhabar by metakhabar
८ माघ २०८२,
0
सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तुलसीपुर (दाङ), ८ माघः दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका रूखहरु सुकेका जस्ता देखिन्छन् । पालुवा पलाउने बेलामा सालका रूखहरू डढेला लागेका जस्ता देखिने गरेका छन् । दुई सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनका करिब १० प्रतिशत सालहरू पातविनाका छन् ।

यस्तै, बबई गाउँपालिकाको पुरन्धारा, दङ्गीशरण गाउँपालिकाका केही सामुदायिक वनमा पनि सालका रूखमा यस्तै समस्या छ । यहाँका सामुदायिक वनमा सालका रूख यसरी सुकेको जस्तो देखिँदा स्थानीयहरू चिन्तित छन् । “विगतका वर्षहरूमा यस्तो समस्या थिएन, यस वर्ष सालका रूख सुकेका जस्ता छन्”, तुलसीपुर–३ का वडाध्यक्ष वीरबहादुर विकले भन्नुभयो, “यसले हामीलाई चिन्तित बनाएको छ । किन यस्तो भयो होला भनेर बुझ्दै छौँ ।”

डिभिजन वन कार्यालय दाङका वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले यस वर्ष रूखमा यस्तो महामारी देखिएको बताउनुभयो । “दाङका वनमा सालका रूखमा यस्तो महामारी देखिएको छ । रूखहरु डढेलो लागेको जस्तो देखिएका छन्, यसलाई नियन्त्रण गर्न निकै कठिन पनि छ”, उहाँले भन्नुभयो ।

वरिष्ठ वन अधिकृत चौधरीका अनुसार ‘मथ’ पुतलीले पात खाइदिँदा समस्या आएको हो । यसले रूखलाई पनि असर गर्ने उहाँको भनाइ छ । “यहाँका रूखमा चैत–वैशाखमा झँै पात झरेको जस्तो देखिएका छन्, पानी प¥यो भने त पलाउँछ”, उहाँले भन्नुभयो, “पटक–पटक यस्तै भइरह्यो भने साना रूखहरू सुक्छन्, ठूला रूखमा पनि वृद्धिमा ह्रास आउँछ ।”

महामारीका रूपमा समस्या देखिएपछि समाधानका लागि विभागमा चिट्ठी पठाइएको चौधरीले बताउनुभयो । “जिल्लाले नियन्त्रण गर्न सक्ने अवस्था छैन । हामीसँग त्यस्तो विज्ञता, क्षमता, साधनस्रोत पनि छैन”, उहाँले भन्नुभयो, “विभागमा चिट्ठी लेखेर पठाएका छौँ, त्यहाँबाट पनि केही प्रतिक्रिया आएको छैन ।”

एउटा पुतलीले एकै दिनमा ३०० जति फुल पार्ने र त्यसबाटै दिनानुदिन बढ्दै जाने भएकाले पनि नियन्त्रणभन्दा बाहिर रहेको चौधरीले बताउनुभयो । उहाँले ड्रोन वा हेलिकप्टरबाट औषधि छर्किए पनि त्यसले अन्य पशुपक्षी तथा जनावर र वरिपरिको मानव बस्तीमा पनि असर गर्ने भएकाले नियन्त्रणमा समस्या रहेको उहाँको भनाइ छ । जलवायु परिवर्तनको एउटा असरका रूपमा यसलाई लिन सक्ने वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले बताउनुभयो ।

यसअघि नारायणपुर क्षेत्रको वनमा पनि यस्तै समस्या देखिएकामा पछि बिस्तारै हराउँदै गएकाले यो समस्या पनि हराउन सक्ने उहाँको विश्वास छ । जिल्लामा दुई लाख हेक्टरमा वन रहेको छ । तीमध्ये सघन वन क्षेत्र एक लाख ९२ हजार ६८२ रहेको छभने बुट्यान क्षेत्र आठ हजार ४३ रहेको छ । जिल्लामा ३६९ सामुदायिक वन रहेका छन्, जसबाट ८० हजारको हाराहारी घरपरिवार लाभान्वित छन् । यहाँ १५३ हेक्टर क्षेत्रफलमा फैलिएका छ वटा धार्मिक वन हेका छन् । यस्तै ११२ हेक्टर क्षेत्रफलमा फैलिएका २४० वटा निजी वन छन् । हाल यहाँका १५÷२० वटा सामुदायिक वनमा यस्तो समस्या देखिएको छ ।

Previous Post

जेन–जी आन्दोलन छानबिन आयोगको म्याद आज सकिँदै, प्रतिवेदन अझै अपूरो

Next Post

मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

metakhabar

metakhabar

सम्बन्धित खबर

एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
खेलमैदान

एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

२९ साउन २०८३,
धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड
आर्थिक

धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

२९ साउन २०८३,
प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा
समाचार

प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

२९ साउन २०८३,
एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?
समाचार

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

२९ साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

२९ साउन २०८३,
स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै
फिचर-ब्यानर

स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

२९ साउन २०८३,
Load More
Next Post
मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In