• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

रास्वपा सभापति लामिछानेको उम्मेदवारी वारेसनामामार्फत दर्ता

metakhabar by metakhabar
६ माघ २०८२,
0
रवि छुट्ने भएपछि निकिता भन्छिन्– बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन, ६ माघः यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उहाँले रास्वापा भरतपुर महानगर सभापति सीता ज्ञवालीको वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत देवीराम भण्डारीले वारेसनामामार्फत उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो । लामिछानेको प्रस्तावकमा विक्रम श्रेष्ठ र समर्थकमा रामजी ठकुरी रहनुभएको छ । लामिछानेको सहकारी ठगी मुद्दामा जिल्ला अदालत पर्सा रहेका कारण आउन ढिला भएपछि वारेसनामामार्फत उम्मेदवारी दर्ता गरिएको हो । यससँगै चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट मीना खरेल, नेकपा एमालेबाट अश्विन घिमिरे र नेपाली कम्युनिष्ट पार्टीबाट प्रताप गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै चितवन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटी, एमालेका दावा दोर्जे लामा, नेपाली कम्युनिष्ट पार्टीबाट डा कृष्णराज पन्तले र राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले उम्मेदवारी दर्ता गराउनुभएको छ । ढकाल रास्वपाबाट यसअघि प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो । यस्तै क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ, नेकपा एमालेका शङ्करराज थपलिया, नेपाली कम्युनिष्ट पार्टीबाट रेनु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतमले उम्मेदवारी दर्ता गराउनुभएको छ । भरतपुर महानगर प्रमुख पदबाट राजीनामा दिएर दाहालले उम्मेदवारी दिनुभएको हो ।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । जसमा दुई लाख १७ हजार ३१४ जना पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवं दुई जना तेस्रो लिङ्गी रहेका छन् ।

जिल्लाका १६२ वटास्थल र ४९४ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन् । निर्वाचन कार्यालय चितवनका प्रमुख भीमशेन कार्कीले प्रतिनिधिसभा निर्वाचन २०७९ को निर्वाचनको तुलनामा यस वर्ष हुने प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ७४० जना नयाँ मतदाता थपिएका छन् भने ३४ वटा मतदान केन्द्र थप भएको बताउनुभयो ।

क्षेत्र नम्बर १ मा एक लाख ४९ हजार ६२१ जना मतदाता रहेका छन् । जसमा ७६ हजार ७६१ जना पुरुष र ७५ हजार ८६० जना महिला रहेका छन् । यस क्षेत्रमा ५६ वटा मतदानस्थल र १६८ वटा मतदान केन्द्र रहेका छन् ।

यस्तै क्षेत्र नम्बर २ मा एक लाख ३७ हजार १५२ जना मतदाता रहेका छन् । तीमध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । यहाँ ४८ वटास्थल र १५२ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन् ।

क्षेत्र नम्बर ३ मा एक लाख ५५ हजार ३०९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । तीमध्ये ७५ हजार ६९६ जना पुरुष र ७९ हजार ६१२ जना महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । उनीहरूले ६३ वटास्थल र १७४ वटा केन्द्रबाट मतदान गर्ने छन् । प्रतिनिधिसभा २०७९ मा जिल्लामा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए ।

Previous Post

नेकपाका संयोजक दाहालद्वारा उम्मेदवारी दर्ता

Next Post

जोमसोमका पानीघट्ट स्तरोन्नति

metakhabar

metakhabar

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
जोमसोमका पानीघट्ट स्तरोन्नति

जोमसोमका पानीघट्ट स्तरोन्नति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In