• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इरानको सरकारी टिभी ह्याक, निर्वासित युवराजको सन्देश प्रसारण

metakhabar by metakhabar
६ माघ २०८२,
0
इरानको सरकारी टिभी ह्याक, निर्वासित युवराजको सन्देश प्रसारण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ह्याकरहरूले इरानको सरकारी टेलिभिजनको स्याटेलाइट प्रसारण अवरुद्ध गर्दै देशका निर्वासित युवराज रेजा पहलवीलाई समर्थन गर्ने तथा सुरक्षा फौजलाई ‘जनतामाथि हतियार नउठाउन’ आग्रह गर्ने सन्देश प्रसारण गरेका छन् । सोमबार बिहान अनलाइनमा देखिएको यो अवरोध राष्ट्रव्यापी विरोध प्रदर्शनपछि भएको पछिल्लो ठूलो साइबर आक्रमण हो ।

कार्यकर्ताहरूका अनुसार प्रदर्शन दबाउन सुरक्षा निकायले गरेको कारबाहीमा हालसम्म कम्तीमा तीन हजार ९१९ जनाको मृत्यु भइसकेको छ । सरकारले इन्टरनेट बन्द गरे पनि देशभित्रबाट सूचना बाहिर आइरहेकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

यसैबीच, शान्तिपूर्ण प्रदर्शनकारीको हत्या र प्रदर्शनको बहानामा सामूहिक मृत्युदण्ड लागू गर्नु अस्वीकार्य भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईवटा ननाघ्नुपर्ने सीमा (लक्ष्मण रेखा) तोकेपछि अमेरिका–इरानबीचको तनाव थप चर्किएको छ । केही दिनअघि दक्षिण चीन सागरमा रहेको एक अमेरिकी विमान वाहक सिङ्गापुरको मलक्का जलडमरूमध्य प्रवेश गरेको छ, जसले त्यसलाई मध्यपूर्वतर्फ लैजान सक्ने मार्गमा राखेको देखिन्छ ।

आइतबार राति इरानको सरकारी प्रसारक इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी) का स्याटेलाइट च्यानलहरूमा अचानक ह्याक गरिएको फुटेज देखिएको थियो । भिडियोमा युवराज पहलवीका दुई क्लिप प्रसारण भए, जसपछि सुरक्षा फौज र प्रहरीको वर्दीमा देखिएका व्यक्तिहरू ‘हतियार राखेर जनताप्रति निष्ठा जनाएको’ दाबी गरियो । एक ग्राफिकमा ‘यो सेना र सुरक्षा बलहरूका लागि सन्देश हो, आफ्ना हतियारहरू जनतामाथि नउठाउनुहोस्’ भन्ने आह्वान गरिएको थियो ।

रिभोलुसनरी गार्डसँग नजिक मानिने फार्स समाचार एजेन्सीले आइआरआइबीको वक्तव्य उद्धृत गर्दै ‘देशका केही क्षेत्रहरूमा अज्ञात स्रोतबाट क्षणिक अवरोध’ भएको स्वीकार गरेको छ तर के प्रसारण भयो भन्नेबारे स्पष्ट गरिएको छैन । युवराज पहलवीको कार्यालयले अवरोध भएको स्वीकार गरे पनि ह्याकसम्बन्धी प्रश्नमा प्रतिक्रिया दिएको छैन ।

ह्याक गरिएको प्रसारणमा युवराज पहलवीले सुरक्षा फौजलाई सम्बोधन गर्दै ‘तपाईंहरू इरानको राष्ट्रिय सेना हुनुहुन्छ, इस्लामिक गणतन्त्रको होइन’ भन्दै सकेसम्म चाँडो जनतामा सामेल हुन आग्रह गर्नुभएको थियो । इन्टरनेट बन्दका कारण विदेशमा रहेका इरानीहरूले स्टारलिङ्कजस्ता माध्यम प्रयोग गरी सामाजिक सञ्जालमा फुटेज साझा गरेको देखिन्छ ।

इरानमा प्रसारण अवरुद्ध हुने यो पहिलो घटना होइन । सन् १९८६ मा सिआइएले पहलवीका समर्थकलाई सानो ट्रान्समिटर उपलब्ध गराई छोटो समयका लागि सरकारी च्यानल ह्याक गराएको वासिङ्टन पोस्टले उल्लेख गरेको थियो । सन् २०२२ मा पनि विपक्षी समूह र सर्वोच्च नेता अयातुल्ला अली खामेनीविरुद्धका सन्देशहरू प्रसारण भएका थिए ।

यसैबीच, जहाज ट्र्याकिङ डाटाले युएसएस अब्राहम लिङ्कन विमान वाहक र त्यससँगै रहेका अमेरिकी युद्धपोतहरू मलक्का जलडमरूमध्य हुँदै अघि बढेको देखाएको छ । यद्यपि ती जहाजहरू मध्यपूर्व पुग्न अझै केही दिन लाग्ने अनुमान गरिएको छ ।

मानव अधिकार समूहहरूका अनुसार हालको दमन दशकौँयताकै सबैभन्दा घातक भएको छ । अमेरिका–आधारित एक मानव अधिकार समाचार एजेन्सीले मृत्यु सङ्ख्या तीन हजार ९१९ पुगेको बताएको छ, यद्यपि एपीले यसलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । इरानी अधिकारीहरूले आधिकारिक तथ्याङ्क नदिए पनि सर्वोच्च नेता खामेनीले शनिबार ‘धेरै हजार’ मानिस मारिएको दाबी गर्दै त्यसको दोष संयुक्त राज्य अमेरिकालाई दिनुभएको थियो ।

Previous Post

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

Next Post

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण
फिचर-ब्यानर

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

६ भदौ २०८३,
Load More
Next Post
नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In